jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमाले थाहा नगरको वडा अधिवेशन शुक्रबार देखि,नगर अधिवेशन फागुन २८ मा,

8a29279db74b9e33284197b63-1707999623.jpg

नेकपा एमाले थाहा नगर कमिटीको अधिवेशन तयारी तिव्र पारिएको छ । बिहीबार होटल गङ्गामा नगर कमिटीको बैठकमा हालसम्म सम्पन्न गरेका कार्यहरुको रिपोर्टिङ गर्दै भावी कार्यक्रमहरु तय गरिएको छ ।

नगर अधिवेशन आयोजक कमिटी संयोजक अच्युतम प्रसाद ढकालको अध्यक्षता एवम् निर्वाचन क्षेत्र नम्बर २ का इञ्चार्ज बलराम बलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले फागुन २८ गते हुने अधिवेशनलाई भव्य बनाउन आवश्यक योजना बनाएको एमाले जिल्ला कमिटी सदस्य एवम् थाहा नगर सहइञ्चार्ज सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो ।

बैठकमा प्रदेश कमिटी सदस्य एवम् थाहानगर इञ्चार्ज इन्द्रमान स्याङ्तान, सहइञ्चार्ज नारायण रिजाल, जिल्ला कमिटी सदस्यहरु , शशीधर सुवेदी, शिवराम थापा, सुनिता दोङ, पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठलगायतको उपस्थिति थियो ।

यसैबीच, फागुन ४ गते शुक्रबारदेखि थाहानगरका वडाहरुको अधिवेशन सुरु हुँदैछ । वडा अधिवेशनहरुले म्याद पुगेका कमिटीहरुको नेतृत्व परिवर्तनका साथै अधिवेशन प्रतिनिधि छनौट गर्नेछ । अधिवेशनका लागि प्रत्येक वडाबाट ७ सदस्य बराबर एक, थप ५१ प्रतिशत बढी सदस्य बराबर १, ३ महिला बराबर १, थप ५१ प्रतिशत सदस्य बराबर १ र दलितका हकमा भने सबै संगठित सदस्यहरु प्रतिनिधि हुने व्यवस्था गरेको छ । जनवर्गीय संगठनहरुबाट ३/३ जना प्रतिनिधि तोकिएको छ । 

यसैबीच, थाहा वडा नम्बर ११ को अधिवेशन शुक्रबार हुँदैछ भने शनिबार वडा नम्बर २, ६ र १२ को वडा अधिवेधन हुनेछ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...