pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

एमालेका प्रदेश कमिटी सदस्य राजु धामी सहित २५० जना माओवादी केन्द्रमा प्रवेश

rautahad-1694442637.jpg

रौतहट ÷नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य राजु धामी दलवल सहित नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । आईतबार चन्द्रनिगाहपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा धामी सहित जिल्ला कमिटी सदस्य सरस्वती खुलाल, नगर कमिटी सदस्य भुवनेश्वर गुरो,पार्वती कार्की र नेपाली कांग्रेसबाट चन्द्रपुर वडा नं. ३ का वडा अध्यक्ष प्रत्यासी एवम क्षेत्रिय प्रतिनिधी सन्तलाल पाख्रिन लगायत २५० जना भन्दा बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले,जसपा लगायत विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र चन्द्रपुर नगर कमिटीका उपाध्यक्ष चेत बोलखेले जानकारी दिनुभएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेलले पार्टी प्रवेश गराउनुभएको हो । सो कार्यक्रममा बोल्दै सचिव पोखरेलले २०८४ मा मधेसमा ने.क.पा. (माओवादी केन्द्र) पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ । जनतासंग माओवादी –विशेष रुपान्तरण अभियान संञ्चालनमा रहेको उल्लेख गर्दै मधेश प्रदेशमा पाटी प्रवेश गर्नेको संख्या बढेको उहाले बताउनुभयो । पछिल्लो समयमा विभिन्न पाटीमा रहेका नेता तथा कार्यर्तामा असन्तुष्टी बढ्दै गएको र माओवादी केन्द्र प्रति आर्कषित भएको उहाको भनाई छ । सरकारले गरेका सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा माओवादीले यतिखेर घरदैलो अभियान गरेको उहाले जानकारी दिनुभयो । माओवादी जनताकै बीचमा रहेको भन्दे नागरिकका गुनासा, आलोचना सुन्ने र शहिद तथा बेपत्ता परिवार भेट्न उहाले नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । पार्टीलाई “जवान” बनाउने उद्देश्य सहित पालिकादेखि वडातहै सम्म माओवादी “गाउ“ फर्क अभियान” मा केन्द्रीत रहेको नेता पोखरेलले बताउनुभयो । कार्यक्रममा पार्टीको ३ महिने अभियानका रौतहट इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ(अनिल)ले पार्टीका नेता र कार्यकर्ता तथा जनतासंगको दुरी लम्बिएका कारण यसलाई छोट्याउने तथा जनतासंगै रहने अवस्था श्रृजना गर्नका लागि पार्टीले अभियानको थालनी गरेको बताउनुभयो । पार्टी प्रवेश गरेका युवा नेता राजु धामीले विगतका भएका कमी कमजोरीलाई सच्याउदै पार्टीलाई जिल्लामै पहिलो पार्टी बनाउने काममा सवै मिलेर लाग्नुपर्ने बताउनुभयो । उहाले अव पार्टी सृदृढिकरण गर्न तथा जनतासंग प्रत्यक्षरुपमा जोडिनका लागि सवै नेतृत्वसंग आग्रह गर्नुभयो । सो कार्यक्रममा नेकपा माओवादी केन्द्रको तिने महिने अभियान रौतहटका संयोजक क्षेत्र वहादुर श्रेष्ठ, पार्टीका नेता देवेन्द्र पटेल, देवकी नेपाल,धिरज पटेल,विन्देश्वर यादव, टिका आचार्य, चेत प्रसाद बोलखे,गणेश राउत,गौतम खड्का, वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध), वडा नं. ३ का वडा अध्यक्ष बोधनाथ देवकोटा(रवि), वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसी लगायतको उपस्थिती रहेको थियो । भदौ १६ गतेदेखि माओवादीले थालेको तीन महिने अभियान अन्तर्गत पार्टी प्रवेश, मतदातासंग भेटघाट, भेला,सरसफाई, जनचेतनामूलक सन्देश प्रवाह लगायतका काम भईरहेको नेकपा माओवादी केन्द्र रौतहटले जनाएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...