jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

उपनिर्वाचन बाट उत्साहित माओवादी, निराशामा कांग्रेस, एमाले र रास्वपा

FB_IMG_1733121882303-1733144289.jpg

मतपरिणामबाट माओवादी केन्द्रबाहेक अरु दलहरू सन्तुष्ट छैनन् । माओवादीले  सम्मानजनक मत लिएर आएको छ । ४४ स्थानमा भएको उपनिर्वाचनमा माओवादीले एक अध्यक्ष, एम उपमेयर र एक उपाध्यक्षसहित ९ स्थानमा जित हालिल गरेको छ ।

यसलाई माओवादी केन्द्रका नेताहरूले 'माओवादी केन्द्र एक्लै पनि लड्न सक्छ' भन्ने अर्थका रूपमा बुझेका छन् । माओवादी केन्द्रका नेता सरल सहयात्रीले भने, 'उपनिर्वाचनको मतपरिणामले माओवादी केन्द्र एक्लै पनि लड्न सक्छ' भन्ने सन्देश दिएको छ । मत सधैँ एक ठाउँ मात्रै बसिरहँदैन रहेछ ।'

माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटा पार्टीले उकालो गति लिएको बताउँछन् । 'माओवादी केन्द्र उकालो लागेको छ भन्ने कुरा मतपरिणाममा देखियो । हामी उत्साहित छौँ,' प्रवक्ता सापकोटाले भने ।

त्यसो त रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रले नै जित्यो, जहाँ दुई ठूला दलहरू कांग्रेस-एमालेले गठबन्धन गरेका थिए तर, जित भने माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाको भयो ।

सत्तारूढ दलहरू कांग्रेस र एमाले भने मतपरिणामबाट उत्साहित हुन सकेनन् । कांग्रेसले त पहिले जितेको पालिका नै गुमायो । उसले एउटा पालिकासमेत जितेको छैन । कांग्रेसले जम्माजम्मी १६ वटा वडा मात्रै जितेको छ ।

त्यो नतिजा कांग्रेसका लागि अपेक्षित नभएको नेता मीन विश्वकर्मा बताउँछन् । 'हाम्रो लागि यो अपेक्षित भएन,' नेता विश्वकर्माले भने, 'पहिला जस्तो मतदाताहरू मत हाल्नकै लागि पनि नफर्किने रहेछन् । तर, समग्रतामा भन्दाखेरि पहिले हामीले जितेको स्थानमा अरु दलहरूले जिते, पहिले अरु दलहरूले जितेको ठाउँमा हामीले जित्यौँ । तर, परिणाम अपेक्षित होइन ।'

एमालेले पनि अपेक्षित नतिजा ल्याउन सकेन । समानुपातिक समर्थनका हिसाबले पहिलो दल एमाले तेस्रो माओवादी केन्द्रभन्दा पनि पछि पर्दा नेताहरूले यसको गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । एमाले नेता महेशकुमार बर्तौला जनताले गरेको निर्णयको सम्मान गर्ने बताउँछन् ।

'जनताले गरेको निर्णयलाई ठीक वा बेठीक भनेर भन्दैनौँ हामी,' नेता बर्तौला भन्छन्, 'हारिएको ठाउँमा तयारी पुगेन होला । जनताले अर्कोपटकलाई प्रतीक्षा गरे होलान् । तर, समीक्षा गरेर अगाडि बढ्छौँ ।'

यद्यपि, एमालेभन्दा कांग्रेसको नतिजा सम्मानजनक देखिन्छ । कीर्तिपुर नगरपालिकाको मेयर कांग्रेसले जित्ने सम्भावना छ । अहिलेसम्मको नतिजाअनुसार एमालेका उम्मेदवार सुरेन्द्र मानन्धनभन्दा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल झन्डै पाँचसय मतान्तरले अघि छन् ।

उपनिर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि झड्का दिएको छ । ऊ अहिलेसम्म काठमाडौं महानगरपालिका १६ मा सीमित छ । २७ स्थानमा उम्मेदवारी दिएको रास्वपाको दर्जनभन्दा बढी स्थानमा त जमानत नै जफत भएको छ ।

अघिल्लो स्थानीय तह निर्वाचन हुँदा 'गर्भमै रहेको' रास्वपालाई संसदीय उपनिर्वाचन फापे पनि स्थानीय तह उपनिर्वाचन भने फापेन, रास्वपा नमज्जाले पछारियो । रास्वपाका लागि पनि चुनावी नतिजा अपेक्षित नभएको नेताहरूको भनाइ छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...