pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

आन्दोलनबाट प्राप्त अधिकार रक्षाको लागि वाइसिएल जाग्नुपर्छ : मोक्तान

 

मकवानपुर । नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले विभिन्न आन्दोलनबाट प्राप्त जनताको अधिकार रक्षाकालागि अब वाइसीएल सकृय रुपमा जाग्नुपर्ने बताउनुभएको छ।

आज (शुक्रबार) पार्टी सम्वद्ध सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) को हेटौंडा उपमहानगर कमिटिको भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएको हो । 

हाल जनताको आन्दोलनबाट प्राप्त जनअधिकारलाई अनेकन बाहानामा कमजोर बनाउने षडयन्त्र भइरहेको भन्दै यसकालागि वाइसीएल जाग्नुपर्ने उनले बताइन् । यस्तै, परिवर्तनको वाहक शक्ति युवाहरु भएकाले छरिएर रहेका युवाहरुलाई संगठित गराउनुपर्ने, विभिन्न सामाजिक जनसेवाका कामहरुमा वाइसीएल टिम लाग्नुपर्ने उनले उल्लेख गर्नुभयो।

भेलाले विरबहादुर गोले (सानो) को संयोजकत्वमा १०१ सदस्यीय वाइसीएल हेटौंडा उपमहानगर सम्मेलन आयोजक कमिटि गठन गरिएको नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिनुभयो । 

कमिटिको सदस्यहरुमा ओम पुडासैनी, राजकुमार घिमिरे, संगम राई, भोजराज पराजुली, शम्भु लामा, सरोज गुरुङ लगायतका रहेका छन् ।

साथै भेलाले आगामी कात्तिक १३ गते नगर सम्मेलन गर्ने घोषणा गरिएको पाख्रिनले बताउनुभयो ।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...