jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

अहिलेको राजनैतिक मुद्दा माओबादीको एजेन्डा हो : पाख्रीन

FB_IMG_1718033354826-1718033389.jpg

हेटौंडा,२८ जेष्ठ/मुलुकमा भएका परिवर्तन र अहिलेको राजनैतिक मुद्दा नेकपा माओबादी केन्द्रको एजेन्डा भएको नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका संयोजक भीम पाख्रीनले बताएकाछन् ।


पाख्रीनले हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ को वडा सम्मेलनको क्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता सहितको गणतान्त्रिक संविधान निर्माण नेकपा माओबादीकै कारण सम्भब भएको बताए ।


युवापुस्ताहरुले निरंकुश राजतन्त्रको अन्त्यका लागि  माओबादी अन्दोलनको भूमिका अध्ययन गर्नुपर्ने बताए ।

उनले गणतन्त्र स्थापनापछि मुलुकमा निकै सकारात्मक परिवर्तन भएको पनि बताए ।


सोमबार सम्पन्न सम्मेलनले ठाकुर दत्त खतिवडाको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा गोपाल घिमिरे, सचिबमा राजनप्रसाद दाहाल, कोषाध्यक्षमा सबिता हुमागाई, सहसचिबमा बिजय ढकाल चयन भएका छन्  ।

त्यस्तै सदस्यहरुमा दिपा पाख्रीन, शन्तबहादुर राई, रामलाल थिङ, चन्द्रबहादुर गोले लगायत चयन भएकाछन् ।


सम्मेलनले टेकमान थिङ, गुणबहादुर कार्की, श्रीकृष्ण आचार्य, डिलबहादुर गोले, चन्द्रबहादुर खड्कालाई वडा कमिटीको सल्लाहकारमा चयन गरेको छ ।


सम्मेलनमा नेकपा माओबादी केन्द्र हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तिर्थबहादुर थापा मगर, नेकपा माओबादी केन्द्र मकवानपुर सल्लाहकार राधेश्याम गजुरेल,  १७ नम्बर वडा कमिटी अध्यक्ष रङनाथ अधिकारी, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढकाल, अखिल क्रान्तिकारी मकवानपुर कोषाध्यक्ष बुद्धराज अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

वडा कमिटी अध्यक्ष टेकमान थिङको  अध्यक्षतामा भएको सम्मेलनको संचालन वडा कमिटी इन्चार्ज राजन दाहालले गरेका थिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...