pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

अव्यवस्थित सडक र पार्किङ्गले थाहा नगरको सुन्दरता हरायो
विपना गोपाली/सपना गोपाली

त्रिभुवन राजपथको थाहानगर क्षेत्रको सडक पेटीमा अव्यवस्थित पार्कि· गर्दार् आवगमनमा समस्या भईरहदा पनि सरोकारवाला निकाय मौन देखिएका छन् । त्रिभुवन राजपथको यस खण्डमा गरिने पार्किङ्गका   कारण नगरको सुन्दरता सुन्दरता समेत घटाएको छ । सिंगललेनको त्रिभुवन राजपथ सडक पेटीमा गरिएका अव्वस्थित पार्की·का कारण बजार क्षेत्रमा सवारी आवत जावतमा समेत समस्या आएको छ । थाहा नगरको शिखरकोट देखि ओखरबजार क्षेत्रमा  सवारी पार्किङ्ग गर्नाले सडक जाम भई अधिकांश स्थानमा सडक भासिएको छ । शिखरकोट बजार क्षेत्रमा हुने जथाभावी पार्किङ्गले बजार क्षेत्रको सुन्दरता घटाएको छ । अव्वस्थित पार्कि·का कारण सडक जाम हुने गरेको छ । काठमाडौ तथा हेटौंडा आवत जावतका लागि नारायाणी यातायात व्यावासायी संघको माईक्रो तथा वस र थाहा यातायात प्रा.लि. को सुमो शिखरकोटबाट छुट्ने भएकाले सो समयमा त झन भएका अव्वस्थित पार्किङ्गका कारण गाडी छुटाउन गाह्रो हुने यातायात चालकको गुनासो छ । यस क्षेत्रमा पार्किङ्ग गरिएका साधन मध्ये टूक तथा टि्रफर धेरै देखिन्छन् । 
    पछिल्लो समय व्यस्त बन्दै भएको थाहानगरको बजार क्षेत्रमा भएका अव्यवस्थित पार्किङ्ग नियन्त्रण गरि बजार सुन्दर र आवगमनमा सहज बनाउने कुरा उठेको त धेरै भयो तर कार्यान्वयन नहुँदा समस्या जिउँका तिउ छ । थाहानगरपालिकाको थानाबजार क्षेत्रमा बसपार्क बनाउन स्थान छनोट गरिएको लामो समय भयो तर वसपार्क अझ सम्म बन्न सकेको छैन । साथै बजारमा गरिने अव्यवस्थित पार्किङले नगरको सुन्दरता मात्र घटाएको हैन की व्यवसायमा पनि प्रत्यक्ष असर परेको थाहा नगरपालिकाका स्थानिय व्यापारिहरु बताउछन् । सानो सडक सडकमा पनि त्रि्र गतिमा सवारीको चाप अनी अव्यवस्थित मोटर साइकल तथा    सवारी साधनहरु पार्कीङको कारण एक त पैदलयात्रीलाई गन्तव्यमा पुग्न कठिनाई हुनुको एक असर त छदै छ झन वजारको सुन्दरता अनी व्यवसायमा समेत असर पुगेको छ । साथै नगरको सिमभञ्ज्याङ क्षेत्र देखि ओखरबजार सम्मको क्षेत्रमा अव्यवस्थित घर          टहराहरु पनि बनेको उक्त निर्माण कार्यमा सरोकारवाला नगरपालिका मौन रहेको छ । साँघुरो सडक किनारामा गरिने पार्किङ त एउटा समस्या छ नै, सडक पेटीमा ठेला तथा फुटपाथ बजार राख्नाले अर्को समस्या थपेको छ । फुटपाथ बजार र ठेला राख्ने विषयमा नगरले चासो राखे ता पनि नगरपालिकाले निरन्तरता नदिदा यो समस्या आएको स्थानिय व्यापारि तथा जन गुनासो रहेको छ ।

    थाहा नगरपालिका त्रिभुवन राजपथ क्षेत्रमा अव्यवस्थित पार्किङ, बजारमा घर टहरा थप्ने, पालि गास्ने अनि निर्माण सामाग्रीहरु सडकमा नै छोडने कारण बजारको सुन्दरता ह्रास हुने त छदैंछ त्यसको कारण दर्ुधटना पनि बढने गरेको छ । 

    वसपार्कको व्यवस्था नभएका कारण र्सार्वजनिक यातायातले यात्रु सडकमै चढाउने र आराल्ने गर्नु परेको र ट्रकहरु सडक किनारमै पार्कि· बढेको स्वीकार गर्दै सरोकारवाला निकाय सँग समन्वय गरि समस्या समाधान गर्नेर् इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरिक्षक विरेन्द्र कुमार पासवानले बताउनु भयो ।  
    थाहा नगरपालिकाका उप-प्रमूख खड्ग गोपालीले बस पार्क राख्ने स्थान खोजी     भईरहेको र नगरपालिकाले तदारुकताका साथ स्थान पहिचान गरि बसपार्क निर्माण गरे पश्चात यी सबै समस्याको समाधान हुने बताए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...