jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

अन्तिम समयमा थापाको साथ छाडेका दुई नेता “लिङ्देन क्याम्प”मा सफल,

lingdel-1673711523.jpg

थाहानगर । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग अलग भएर २०६४ सालमा राप्रपा नेपाल स्थापना गर्दाको समयबाट कमल थापाको निकट रहेर काम गरेका दुईजना नेताहरु अन्तिम समयमा थापालाई छाडेर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ‘क्याम्प’मा आएसँगै संसदीय राजनीतिमा सफलता हाँसिल गरेका छन् ।  थापालेका राप्रपा नेपालको स्थापना गरेर २०७० को संविधानसभामा २५ सिट प्राप्त गर्दा समेत उनको सबैभन्दा निकट रहेका मकवानपुरका दिपकबहादुर सिंह र काठमाण्डौँका भुवन पाठकले अवसर पाएका थिएनन् । तर अवसर नपाएपनि पाठक र सिंहले थापाको हरेक कदममा साथ दिए ।
थापा पटक–पटक मन्त्री हुँदा पनि कुनै राजनीतिक नियुक्ती नलिएका पाठक र सिंहले २०७८ बाट भने थापा क्याम्प छाडे । अर्थात राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएका थापाले पुनः राप्रपा नेपाललाई विउँझाए पनि उनकै प्यानलबाट महामन्त्री जितेका पाठक र सदस्य भएका सिंह भने मुल पार्टी अर्थात लिङेदेन नेतृत्वको राप्रपामानै रहे ।  यो पटक थापा छाडेका उनका निकट दुबै जना संसदीय राजनीतिमा प्रवेश गर्ने पहिलो अवसर प्राप्त गर्न सफल भएका छन् । संयोग के छ भने थापाको नेतृत्वमा रहेको समयमा दुबै नेता संसदीय राजनीतिमा सफल भएका थिएनन् तर लिङ्देन क्याम्पमा उनिहरुले सफलता प्राप्त गरे ।

पाठक सभामुख भए, सिंह मन्त्री या सचेतक बन्ने संभावना  थापा क्याम्प छाडेर लिङ्देनलाई साथ दिएका पाठक शुक्रबार बागमी प्रदेशको सभामुख निर्वाचित भएका छन् । संसदीय राजनीतिमा बागमती प्रदेशमा राप्रपाले पाएको सबैभन्दा उच्च तहको पद पाठकले प्राप्त गरे । अबको पाँच वर्ष बागमतीको सांसदको घरको चाबी पाठकको हातमा हुनेछ ।
थापाका अर्का निकट मकवानपुरका दिपकबहादुर सिंह पनि थापा छाडेपछि पहिलो पटक जननिर्वाचित प्रतिनिधि बने । मकवानपुर क्षेत्र नंबर १ बाट उनै थापा लाई पराजित गर्दै सांसद बनेका उनी केन्द्रीय मन्त्री या राप्रपाको प्रमुख सचेतक बन्ने संभावना रहेको बताईएको छ । थाहापाटी,

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...