pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

तीजमा मन्दिर नजान थाहा नगरपालिकाको आग्रह

teejjjj-1597925738.jpg

यस वर्षको हरितालिका तीजमा मन्दिर नजान थाहानगरका भक्तालु महिलाहरुलाई थाहा नगरपालिकाले आग्रह गरेको छ । अहिले निषेधाज्ञा जारी रहेकोले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन नगरपालिकाले आग्रह गरेको हो । 

चाडबाडको नाउँमा भीडभाड गर्न, सामुहिक नाचगान गर्न, मठमन्दिर जान र अनावश्यक रुपमा बाहिर हिँडडुल गर्न बन्देज गरिएको नगरपालिकाले जनाएको छ । 

नेपाली महिलाहरुको महान चाड हरितालिका तीज–२०७७ को अवसरमा शुभकामना दिँदै नगरपालिकाले परिवारका सदस्यहरुमाझ रचनात्मक र सिर्जनात्मक तरिकाले तीज बनाउन आग्रह गरेको छ । 

अघिल्ला वर्षहरुमा जस्तो साथीभाइ, आफन्त र इष्टमित्र भेला भएर महिलाहरुको महान चाड मनाउन सकिने अवस्था नरहेको नगरपालिकाले स्मरण पनि गराएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालयका उपसंयोजक मेघराज बलामीको हस्ताक्षरमा नगरपालिकाले अत्यन्त ‘जरुरी सूचना’ भन्दै सार्वजनिक गरेको सूचनामा जनस्वास्थ्यका मापदण्ड पालना गरेर घरमै तीज मनाउन भनिएको छ । 

यसैबीच, जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम बढीरहेको अवस्थामा आफ्नै घरभित्र बसेर चाडपर्व मनाउन निर्देशन दिएको छ । कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै आम मकवानपुरबासीहरुलाई जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर र आफ्ना परिवारका सदस्यहरु मात्रै संलग्न हुनेगरी चाडपर्व मनाउन निर्देशन दिएको हो ।

यदि प्रशासनको निर्देशन विपरितको कार्य भएको फेला परेमा कानून बमोजिम कारबाही गरिने समेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले चेतावनी दिएको छ । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...