pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा

FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा नगरपालिकाबाटै उपलब्ध हुने भएका छन्। “आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुने करसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाट प्रवाह गर्ने सम्बन्धी कार्यविधि, २०८२” बमोजिम थाहा नगरपालिकाले बिहीबारदेखि औपचारिक रूपमा सेवा शुभारम्भ गरेको हो।
नगरपालिकामा आयोजित कार्यक्रममा सेवाग्राहीलाई प्यान प्रमाणपत्र वितरण गर्दै सेवाको उद्घाटन गरिएको थियो। अब नयाँ प्यान नम्बर जारी, बायोमेट्रिक दर्ता, राजस्व भुक्तानी, कर चुक्ता लगायतका आधारभूत करसम्बन्धी सेवाहरू थाहा नगरपालिकाबाटै प्राप्त गर्न सकिने भएको छ।
सेवा शुभारम्भ कार्यक्रममा आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदी, थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्ट, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल तथा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा थाहा नगरपालिका–३ निवासी राधिका रायमाझीलाई व्यक्तिगत प्यान कार्ड तथा बीएम एकीकृत कृषि तथा पशुपन्छी फार्म र फुर्सोमाटा कृषि तथा पशुपन्छी फार्मलाई व्यावसायिक प्यान नम्बर प्रदान गरिएको थियो।
थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्टले स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीले हेटौंडासम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताउँदै भने, “नगरवासीलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो। करसम्बन्धी आधारभूत सेवा नगरपालिकाबाटै उपलब्ध हुनु संघीयताको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण उदाहरण हो। यसले समय, श्रम र खर्चको बचत गर्नुका साथै करदाताको पहुँचलाई अझ सरल बनाउनेछ।”
त्यसैगरी आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले कर प्रशासनलाई नागरिकको घरदैलोमा पुर्‍याउने उद्देश्यअनुसार स्थानीय तहसँगको सहकार्यमा सेवा विस्तार गरिएको जानकारी दिए। उनले भने, “करदाताले सामान्य सेवाका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न यो व्यवस्था गरिएको हो। स्थानीय तहबाट सेवा प्रवाह हुँदा करदाताको सहभागिता बढ्नुका साथै कर प्रणालीप्रति विश्वास र पहुँच पनि विस्तार हुनेछ।”
नगरपालिकाले सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरेको जनाएको छ। स्थानीय स्तरमै सेवा उपलब्ध हुन थालेपछि थाहा नगरपालिकासहित आसपासका क्षेत्रका नागरिक तथा व्यवसायीहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

FB_IMG_1781779142632-1781779159.jpg
FB_IMG_1781779145245-1781779176.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...