jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

होम इन्टरप्राइज नेपालद्वारा संचालित इको क्राफ्ट प्ल्याटफर्म संचालन

1743385088358-1743385151.jpg

काठमाडौं । होम इन्टरप्राइज नेपालद्वारा संचालित इको क्राफ्ट प्ल्याटफर्म संचालनमा आएको छ । काठमाडौंमा आइतवार आयोजित एक कार्यक्रमका बीच इकमर्श प्ल्याटफर्म शुभारम्भ गरिएको हो । घर उद्यम मञ्च र होमनेट नेपालको अगुवाइमा यसका साझेदारसंस्थाहरु समेतको प्रयासबाट घरदेखि घरसम्म नाराका साथ घरघरमा उत्पादित रैथाने पर्यावरणमैत्री उत्पादनहरु सिधै उपभोक्ताको घरसम्म पुर्याउनका लागि होम इन्टरप्राइजनेपाल डटकम प्ल्याटफर्म संचालनमा ल्याईएको हो । इकमर्श प्ल्याटफर्मको शुभारम्भ गर्दै काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले राज्यले नै गर्नुपर्ने काम घर उद्यम मञ्च र होमनेट नेपाल लगायतका संस्थाहरुले थालनी गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा महानगरपालिकाले यस अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो । इको क्राफ्टमा अहिलेसम्म झण्डै १२५ जना घर उद्यमीहरु जोडिएका छन् भने आगामी २ वर्षभित्रमा त्यस्ता ५०० परिवार घर उद्यमीहरुका उत्पादनहरु संस्थाको थापाथली स्थित आउटलेट र इकमर्श प्ल्याटफर्मबाट नेपालभर र विदेशमा समेत डेलिभरी गर्ने उद्धेश्य रहेको यस अभियानका प्रबद्र्धक तथा होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले जानकारी दिनुभयो । सो अवसरमा उहाँले  नवजात शिशुदेखि ज्येष्ठ नागरिकसम्मलाई आवश्यक आफूलाई चाहिएको पर्यावरणमैत्री लुगा, कपडा, हस्तकलाका सामान एवम् हिमालको फेदिमा फलेका प्रांगारिक खानेकुरा इकमर्श प्ल्याटफर्ममार्फत खरिद गर्न पाइने बताउनु भयो । विभिन्न जातजातिमा निहित रैथाने परम्परागत ज्ञान, सीप, प्रविधि र कलामा आधारित विविध प्रकारका पर्यावरणमैत्री स्वदेशी वस्तु उत्पादनहरुको जगेर्ना गर्ने र सो मार्फत ग्रामीण तथा शहरी भेकमा रही जोखिमपूर्ण जीवनयापन गर्न बाध्य महिला तथा पुरुषहरुको लागि दीगो तथा मर्यादित स्वरोजगारी श्रीजना गर्ने र हातैले बनेका त्यस्ता पर्यावरणमैत्री हस्ताकलाका उत्पादन एवम् प्रंगारिक कृषि उपजहरु उपभोक्तासम्म पुर्याउने र व्यक्ति, परिवार र समाजलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन मद्धत गर्ने होमेनेट नेपालको लक्ष्य रहेको छ । कार्यक्रममा सहभागि विभिन्न क्षेत्रका प्रतिनिधिहरुले घर उद्यम मञ्च र होमनेट नेपाल लगायतका संस्थाहरुले थालनी गरेको यो अभियानमा साथ दिने प्रतिबद्धता जनाएका थिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...