jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

हेटौंडामा टिभिएसप्रति बढ्दो आकर्षण, विशेष एक्सचेञ्ज म्यानिया शुक्रबारसम्म

1756397748647-1756397843.jpg

मकवानपुर । हेटौंडामा टिभिएसको मोटरसाईकल र स्कुटरप्रति ग्राहकहरुको आकर्षण बढेको छ । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा।लि।ले हेटौंडा अटोमार्टसंगको समन्वयमा हेटौंडामा सञ्चालन भईरहेको विशेष एक्सचेञ्ज म्यानियामा ग्राहकको आकर्षण बढेको हो ।

आईतबारदेखि हेटौंडाको कफिबार अगाडि सञ्चालन भईरहेको विशेष एक्सचेञ्ज म्यानियामा लक्ष्य अनुसार सवारीसाधनको खरिद बिक्री भईरहेको हेटौंडा अटोमार्टका सञ्चालक प्रवेशराज बरुवालले बताए । उनले बिशेष एक्सचेञ्ज म्यानिया असोज १३ गते शुक्रबारसम्म सञ्चालन हुने बताए । एक्सचेन्ज म्यानियामा सबैभन्दा बढी एन्ट्रक स्कुटरको बिक्री भएको त्यसपछि अपाचे (१६०), सिसि र रोनिन (२२५ सिसि) प्रति ग्राहकको आकर्षण रहेको बरुवालले बताए ।

एक्सचेन्ज म्यानियामा जुनसुकै कम्पनीको पुरानो मोटरसाइकलसंग टिभिएसको मोटरसाईकल र स्कुटर एक्सचेञ्ज गर्न सकिने जगदम्बाले जनाएको छ ।

एक्सचेञ्ज म्यानियामा जुनसुकै पुरानो मोटरसाइकलको कम्तिमा ३० हजार मुल्यांकन र १० हजार थप मुल्यांकनसहित मोटरसाइकल तथा स्कुटर खरिदमा कम्तीमा ८ हजार छुटका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुबिधा रहेको समेत हेटौंडा अटो मार्टले जनाएको छ ।

विशेष एक्सचेञ्ज म्यानिया कार्यक्रम अन्तरगत मोटरसाईकल वा स्कुटर खरिद गर्नेलाई हेलमेट, बाईक कभर, ल्यापटप ब्याग निशुल्क उपलब्ध गराईनुका साथै सवारी साधनको लाईफटाईम वारेन्टीको ब्यवस्था रहेका हेटौंडा अटोमार्टका अर्का सञ्चालक कञ्चन बुढाथोकीले बताए ।

टिभिएसका नयाँ मोडल उपलब्ध
टिभिएसको विशेष एक्सचेञ्ज म्यानिया कार्यक्रममा केही नयाँ मोडलहरु समेत सार्वजनिक हुदैंछन् । जस अन्तरगत रोनिन अनलिमिटेड मोर्डन, मिडनाईट ब्लु रंगको मोटरसाईकलको बुकिङ खुल्ला गरेको छ । जसको मूल्य ४ लाख ५९ हजार ९०० रहेको हेटौंडा अटोमार्टले जनाएको छ ।

यसैगरी एन्ट्रक स्कुटर दुई नयाँ रंगमा उपलब्ध रहेको अटोमार्टले जनाएको छ । फिरोजी निलो (समुन्द्री निलो) र नार्डो खैरो रंगमा उपलब्ध स्कुटरको मूल्य २ लाख ८२ हजार ९०० रहेको छ ।

त्यस्तै ६० किलोमिछर माईलेज भएको जुपिटर ११० सिसिको स्कुटर पनि एक्सचेन्ज क्याम्पमै उपलब्ध हुने अटो मार्टले जनाएको छ । जसको मूल्य २ लाख ५७ हजार ९०० रुपैया रहेको टिभिएसले जनाएको छ ।

टिभिएसले ग्राहकहरूको सहजताको लागि नागरिकताको प्रमाणपत्र र लाइसेन्सको आधारमा सरल किस्ताबन्दी सुविधा समेत उपलब्ध गराएको छ।

1756397748647-1756397850.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...