pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

हेटौंडा नजिकैको नयाँ पदयात्राकाे खाेजिमा हुनुहुन्छ ? अब याे बन्न सक्छ तपाईंको गन्तव्य।

FB_IMG_1689001787517-1689001796.jpg

 

 

 

facebook sharing button

twitter sharing button

messenger sharing button

राज कुमार के.सी. 

फोटो:-गणेश बिष्ट 

हेटौंडा / केही हप्ता अगाडि हेटौंडामा गर्मी निकै बढ्यो । गर्मीका कारण हेटौंडाका बिद्यालयहरु एक हप्ताको लागि सार्वजनिक बिदा नै दिईयो । गर्मीका कारण हेटौंडाका जनजीवन अस्तब्यस्त बन्न पुग्यो । अहिले पनि हेटौंडाको गर्मी केही कम भएको मात्रै हो । गर्मीले सताउन छोडेको छैन ।

गर्मी छल्न हेटौंडा र हेटौंडा आसपासमा ब्यक्तिहरु यताउता भौतारिएको देखिन्छ । कोही स्वीमिङ पुल तिर भने कोही भैंसै त्रिखण्डी मन्दिर आसपास खोला तिर । ‘पानीमा डुबुनजेल त ठिकैछ, पानीबाट निस्केपछि उस्तै , हेटौंडाका राजेश थापा बताउनुहुन्छ । गर्मीबाट एकदिन भएपनि छुटकारा लिन र पर्यटकीय क्षेत्रको आनन्द लिन नयाँ पदयात्राको गन्तब्य हुनसक्छ ‘पालुङ–आग्रा पदमार्ग’ ।

बागमती प्रदेशको राजधानी हेटौंडाबाट बाईरोडको बाटो भैंसे, सिमभञ्ज्याङ, दामन हुँदै करिव ६५ किलोमिटरको दुरीमा थाहानगरको मुख्य व्यापारिक केन्द्र शिखरकोट आइपुग्न सकिन्छ । करिव २ घण्टा ३० मिनेटमा हेटौंडको बुद्धचोकबाट सवारीसाधन मार्फत शिखरकोट पुग्न सकिन्छ । शिखरकोट ओर्लेपछि सुरु हुन्छ ‘पालुङ–आग्रा पदमार्ग’ ।

यस पदयात्राकोे शुरुवात साविक दामन गाउँ विकास समितिको शिखरकोटमा रहेको थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको शालिक भएको स्थानबाट हुने भएपनि अधिकांश भू–भाग पालुङ र आग्रा क्षेत्रमा पर्ने भएकोले यो रुटको नामै ‘पालुङ–आग्रा पदमार्ग (ट्रेकिङ रुट)’ भनिएको हो ।

पदयात्रा ऐतिहाँसिक गोपाली गाउँ, डाँडागाउँको गोरखनाथ धाम, बिष्वको तीन शंखमुल मध्येको एक शंखमुल, थाहा २ मा रहेको पाण्डुकेश्वर मन्दिर, फाँटबजारको पाथीभरा मन्दिर, डाँडामुखको पालुङगढी, भकारीढुँगा र यो पदमार्गको सबैभन्दा अग्लो स्थान केशरी भञ्ज्याङ, मान्द्रो गुफा हँुदै उनिउ चौरमा पुगिन्छ । ठुलो हरियो फाँट झै देखिने यो चौर, कहिले हुस्सुले ढाक्ने कहिले खुल्ला हुने मौसम, मौसम खुल्ला हुँदा चौरबाट दन्तलहर जस्तै मिलेका बिभिन्न हिमश्रृङ्खलाहरु छर्लङ्गै देखिने उनिउचौरको बिशेषता हो ।

यो यात्रामा ऐतिहाँसिक क्षेत्रहरुको अध्ययन अवलोकन, धार्मिक क्षेत्रहरुको दर्शन, परम्परागत बस्तीहरुको अवलोकन, होम स्टेको टिपिकल खाना, स्थानीयहरुको न्यानो आतिथ्यसत्कार, प्राकृतिक सौन्दर्यको अवलोकन, स्थानीयहरुको सांस्कृतिक जीवनको अध्ययन, करिव २४५० मिटर उचाईसम्मको सहासिक यात्रा गरी करिब १६ किलो मिटरको यात्रा हुने भएकोले अन्य पदयात्रामा भन्दा यहाँ फरक अनुभब र आनन्द प्राप्त हुन्छ । र यात्राको क्रममा हुने परिवर्तित मौसम यहाँको अर्को विशेषता हो ।

करिब ४ घण्टामा पुराहुने यो पैदल यात्रामा मृग, स्याल, कालिज, काँडेभ्याकुर लगायत जनावर र चराचुरुङ्गीहरुलाई नजिकैबाट अवलोकन समेत गर्न सकिन्छ ।पर्यटकीय दृष्टिकोणले थाहानगर अत्यन्तै सम्भावना भएको क्षेत्र हो ।
थाहा नगर बिशेषतः कृषि, पर्यटन र धार्मिक दृष्टिले अत्यन्तै सम्भावना भएको स्थान हो । जताततै गर्मीले सताएको बेलामा पनि थाहा नगरमा ज्याकेट नै लगाउन पर्ने हुन्छ । राती सुत्नेबेला सिरक ओड्नै पर्छ ।

थाहा नगरको अर्को महत्वपूर्ण विशेषता भनेको कृषि पर्यटन पनि हो । बेमौसमी तरकारी खेतीका लागि ख्याति कमाएको थाहा नगरमा पौषदेखि फागुनसम्म तरकारी खेती हुँदैन तर बाँकी रहेको आठ महिना फाँटैभरी हरियाली देखिन्छ । बिभिन्न किसिमका तरकारी उत्पादन हुन्छ । यी तरकारी उत्पादन गर्ने कृषकहरुसंगको साक्षातकार पनि यो पदयात्राको अर्को महत्वपूर्ण पक्ष हो ।

‘पालुङ–आग्रा पदमार्ग’ मा तामाङ संस्कृति पनि भेट्टाइन्छ । यो पदयात्राको अधिकांश समय जंगलको यात्रा भएकोले विभिन्न वनस्पती र चराचुरुङ्गीको आवाजसंगै यात्रा गर्दा जो कोही पनि रमाईलो र आनन्दको महशुस गर्दछन् । डाँडैडाँडाको यात्रामा खुलेको पालुङ फाँट र झुरुप्प परेको वस्ती, मौलिक परम्पराको अवलोकन गर्दै घुमफिर गर्दा निकै रमाइलो हुन्छ ।
उनिउ चौरबाट नजिकै डाँडाबास बजार छ । सो बजारबाट शिखरकोट आउन सवारी साधन प्रयोग गर्न सकिन्छ ।
यही ‘पालुङ–आग्रा पदमार्ग (ट्रेकिङ रुट)’ मा गत असार २३ गते शनिबार काठमाण्डौका युवाहरु सहित करिब ६० जनाको सहभागितामा पहिलोपटक पैदल यात्रा सम्पन्न भयो ।
एकदिनमा राजधानी नजिकैको पदयात्रामा ‘पालुङ–आग्रा पदमार्ग (ट्रेकिङ रुट)’ अत्यन्तै उपयुक्त भएको पैदलयात्रीहरुको भनाई रहेको छ ।

काठमाण्डौं आएका पदयात्री आशिस अधिकारीले यो पदयात्रा सोचेभन्दा निकै रमाईले भएको बताउनुभयो । उहाँले एकदिनमा प्रकृतिसंगको सामिप्यता, संस्कृतिको अध्ययन, ऐतिहाँसिक अवलोकन गर्न सकिने बताउनुभयो ।
थाहा नगरका युवा फोटोपत्रकार गणेश बिष्ट, माधव कार्की, यादव जंग रायमाझी लगायतले परिकल्पना गर्नुभएको यो पदयात्रा (ट्रेकिङ रुट)ले थाहा नगरको पर्यटनको बिकास संगै संघीय राजधानी र बागमती प्रदेशको राजधानीका पैदलयात्रीहरुले नजिकै एकै दिनमा सम्पन्न गर्न सकिने अत्यन्तै सहज र प्रभावकारी मैदलमार्गको बिपल्प दिएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...