Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

हेटौंडामा मनाइयो ६५औ सहकारी दिवस।

1648984890699-1648987714.jpg

६५ औं राष्ट्रिय सहकारी दिवस “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने नारा सहित हेटौंडामा मनाइएको छ । 
६५ औं राष्ट्रिय सहकारी दिवस, मुल समारोह समिति बागमती प्रदेशको आयोजनामा सहकारी दिवश मनाईएको हो । 
सहकारी दिवसको अवसरमा आईतबार होटौंडाको भुटनदेबी माबिको चौरबाट ¥याली सुरुगरी रोयल पार्टी प्यालेसमा गई सम्मान, पुरस्कार वितरण तथा समापन कार्यक्रममा परिणत भएको थियो ।
६५ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाको सभाअध्यक्षता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब बलराम निरौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणी पाण्डेको बिशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै सहकारी महासंघका पूर्व सञ्चालक बद्री प्रसाद लम्साल, बागमती प्रदेश सहकारी विकास बोर्डको सदस्य शान्ति अधिकारी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेब अधिकारी, मकवानपुर जिल्ला बहुउद्देश्यी सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
सहकारी दिवसकै अवसरमा बिभिन्न सहकारी संस्था र सहकारीकर्मीलाई सम्मान गरिएको थियो ।
बिगत ३० बर्षदेखि सहकारी अभियानमा सक्रिय हेटौडाका बद्री प्रसाद लम्साललाई सम्मान गरेको छ ।  त्यस्तै प्रदेशस्तरीय सहकारी दिवस मूल समारोह समितिले दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बाजा तथा भजन सहित सहभागिता जनाउने नारायणी वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटौंडा, युवा वचत तथा ऋण सहकारी संस्था हेटौंडा–२ र साना किसान कृषि सहकारी संस्था, मनहरी ८ लाई सम्मान गरिएको थियो । 
नेपालमा सहकारीको सुरुवात गर्ने बखान वहुद्देश्यीय सहकारी संस्था भरतपुर–१९, चितवनलाई सहकारी अभियानको ऐतिहाँसिक सम्मान गरएको थियो । 

सहकारी दिवसको अवसरमा गरिएको प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिता जनाउने हेटौंडा–११ स्थित बागेश्वरी महिला बचत सहकारी संस्था लिमिटेडलाई प्रथम, हेटौंडा–१३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वितीय, हेटौंडा–१२ स्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई तृतीय घोषणा गरी नगद सहित सम्मन गरिएको थियो । 
त्यस्तै सहकारी दिवसकै अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्नका लागि २० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा मन्त्री बलराम पौडेलले सहकारी क्षेत्रलाई प्राथमिकता दिएर बागमती प्रदेश सरकारले मन्त्रालय नै स्थापना गरेको बताउनुभयो । आगामी आर्थिक वर्षमा सहकारीका व्यवस्थापकहरुलाई प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने समेत मन्त्री पौडेलले बताउनुभयो ।
सहकारी दिवसको अवसरमा आयोजित सभा परिसरमा मकवानपुर जिल्ला कृषि सहकारी संघको समन्वयमा मकवानपुरका किसानले उत्पादन गरेको फलफूल, तरकारी तथा गेडागुडीजन्य उत्पादनको प्रदर्शनी तथा विक्रीका लागि स्टल समेत राखिएको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

1648984911025-1648987715.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg