Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर

FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर ।
थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले २०८३ साल श्रावण २०, २१ र २२ गते तीनदिने कर शिविर सञ्चालन गर्ने भएको छ। शिविर बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म संघको कार्यालय, शिखरकोटमा सञ्चालन हुनेछ।
थाहानगर उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय, हेटौंडा र थाहा नगरपालिकाको समन्वय एवं सहयोगमा सञ्चालन हुने शिविरमा आय विवरण भर्ने, कर दाखिला, अनलाइन कर नवीकरण, नयाँ व्यवसाय दर्ता, कारोबार थपघट, व्यवसाय नवीकरणलगायतका सेवा एकै स्थानबाट प्रदान गरिने जनाइएको छ।
थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले संघले स्थापना कालदेखि नै व्यवसायी तथा करदाताको हितलाई प्राथमिकतामा राख्दै प्रत्येक वर्ष यस्ता सेवा–मुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले करदातालाई सम्बन्धित कार्यालयसम्म पटक–पटक धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै आवश्यक सेवा आफ्नै नगरमा उपलब्ध गराउने उद्देश्यले कर शिविर सञ्चालन गरिएको उल्लेख गर्नुभयो। सबै उद्योगी, व्यवसायी तथा करदाताले यो अवसरको अधिकतम उपयोग गर्न उहाँले आग्रह गर्नुभयो।
संघका महासचिव जर्म श्रेष्ठले कर तथा व्यवसायसम्बन्धी आवश्यक काम बाँकी रहेका सम्पूर्ण उद्योगी, व्यवसायी तथा करदातालाई तोकिएको मिति र समयमा आवश्यक कागजातसहित अनिवार्य रूपमा शिविरमा उपस्थित हुन अनुरोध गर्नुभयो। उहाँले समयमै कर तथा व्यवसायसम्बन्धी प्रक्रिया पूरा नगर्दा जरिवाना तथा अन्य प्रशासनिक झन्झट व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भएकाले शिविरलाई प्रभावकारी रूपमा उपयोग गर्न आग्रह गर्नुभयो।
संघका अनुसार प्रत्येक वर्ष सञ्चालन हुँदै आएको कर शिविर ले करदातालाई स्थानीय स्तरमै गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। यस वर्षको शिविरबाट समेत सयौं उद्योगी, व्यवसायी तथा करदाताले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...