Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

हेटौंडामा टिभिएसको च्याम्पियन्स एक्स्चेन्ज मेला हुने

FB_IMG_1695653304206-1695653322.jpg

हेटौंडा/हेटौंडाको मेनरोड रानी दरबार अगाडि रहेको हेटौंडा अटोमार्टमा टिभिएसको ५ दिने ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला हुने भएको छ । 
मेला असोज ९ गते मंगलबारबाट १३ गतेसम्म सञ्चालन हुने टिभिएसको आधिकारिक बिक्रेता हेटौंडा अटोमार्टका सञ्चालक प्रवेशराज बरुवालले बताउनुभयो । दशैं तिहार लगायतका चाडपर्वको अवसरमा टिभिएसले ल्याएको ‘हर मोडमा उमंग’ अफर अन्तर्गतका छुटसहित अन्य विशेष छुट र सुविधा एक्स्चेन्ज मेलामा ग्राहकले प्राप्त गर्ने बरुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुराना जुनसुकै मोटरसाईकल तथा स्कुटर एक्स्चेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर विशेष छुटमा नयाँ मोटरसाईकल तथा स्कुटर खरिद गर्ने अवसर ग्राहकलाई मिल्नेछ । 
टिभिएसका मोटरसाईकल तथा स्कुटर खरिदमा ग्राहकले १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत नकिन्दै एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख रुपैयाँसम्म जित्ने मौका छ । हरेक महिना १०० प्रतिशत क्यास ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाखसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।
साथै, कम्पनीले मोटरसाईकल तथा स्कुटर एक्चेन्जमा रु. १० हजारसम्म थप मूल्यांकन तथा शुन्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा मोटरसाईकल तथा स्कुटर खरिद गर्नसक्नेछन् ।
नेपालका लागि टिभिएसको अधिकारिक बितरक कम्पनी जगदम्बा मोटर्सले आकर्षक अफरहरु सहित च्याम्पियन्स एक्सचेन्ज अफरको घोषणा गरेसंगै टिभिएसका मोटरसाईकल तथा स्कुटरको ईन्जिनमा लाईफ टाईम वारेन्टीको ब्यवस्था समेत गरेको जगदम्बा मोटर्सले जनाएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...