Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

हेटौंडामा अखाद्य बस्तु उत्पादन गर्ने उद्योग सिल, म्याद सकिएको र उत्पादन मिति नभएको दाना भेटियो

Screenshot_20220818-19141-1660829490.png

हेटौंडा – हेटौंडा उपहानगरपालिका वडा नं.८ मा सञ्चालनमा रहेको अनामिका खाद्य उद्योगमा सिल गरिएको छ । बजार अनुगमन टोलीले एक पटक उत्पादिन बस्तु पुनः उत्पादनमा प्रयोग गरेको भेट्टापछि बस्तु उत्पादन र वितरणमा रोक लगाईएको हो ।

उद्योगले २०७६ असार मसान्तदेखि खाद्य अनुज्ञापत्र समेत नविकरण गरेको, बस्तु उत्पादनमा प्रयोग गर्ने खाद्य पदार्थमा संक्रमणको जोखिम र सरसफाईमा समेत कमी देखिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए ।

यस्तै, हेटौंडा उपहानगरपालिका वडा नं.८ मै रहेको भ्याली पेलेट फिड प्रा.ली.ले म्याद सकिएको र उपभोग्य मिति नभएको दाना बिक्री वितरण गरेको पाईएको छ । अनुगमन टोलीले भ्याली पेलेट फिडको गोदामबाट एल–थ्री ५४ बोरा(प्रतिबोरा ५० केजि) १ लाख १४ हजार मुल्य बराबरको म्याद सकिएको र एल–थ्री २६० बोरा(प्रतिबोरा ५० केजि) ९ लाख २३ हजार मुल्य बराबरको उपभोग्य मिति नखुलेको दाना फेला परेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए । मिति समाप्त भएको दाना ४५ बोरा जफत गरी नष्ट समेत गरिएको उनले बताए । 

त्यसैगरी हेटौंडा दुग्ध वितरण आयोजना र एन्टार्टिक विस्कुट प्रा.लीमा सरसफाईमा कमी देखिएकाले सरसफाईमा सुधार गर्न निर्देशन दिएको गैह्रले बताए । हेटौंडा दुग्ध वितरण आयोजनालाई संरचना मर्मत तथा लेवलिङगमा सुधार गर्न समेत निर्देशन दिएको उनले बताए ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा हेटौंडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...