pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

सहयोगी बचतको वार्षिक कारोवार १५ करोड नाघ्यो।

ok1-1674309131.jpg

थाहा नगरपालिका ओखरबजारमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। झम्केश्वरी माबिको सभाहलमा सम्पन्न संस्थाका अध्यक्ष अन्जल प्रधानको अध्यक्षतामा सम्पन्न साधारणसभाको थाहा नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गर्नु भयो।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अन्जल प्रधानले १५ औं वार्षिक साधारणसभा सम्म आइपुग्दा संस्थाले १५ बर्षको अवधिमा उल्लेख्य प्रगतिसंगै अनगिन्ती सामाजिक उत्तरदायित्व वहन गरेको बताउदै नेतृत्व जिम्मेवारी सफलतापुर्बक निर्वाह गरि संस्थालाई पारदर्शी ,सबल,सुशासित र एकताबद्ध रुपले संचालन गर्न सहयोग गर्नेलाई धन्यवाद दिदै संस्थाले हाल १५ करोड रुपैयाँको आर्थिक कारोवार गर्ने गरेको स्मरण गर्दै सदस्यहरुले संस्थाबाट नियमित रुपमा बचत तथा ऋणको कारोबार गर्ने,मासिक रुपमा संस्थाले सुचनापाटिमा टासेको बित्तीय विवरण तथा पर्ल्स अध्ययन गरि सुझाव दिने पद्धतिको विकास गर्न आग्रह गर्दै संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिय।

संस्थाका कोषाध्यक्ष राजमान श्रेष्ठले आफ्नो प्रतिवेदन पेस गर्दै संस्थाको वार्षिक कारोवार १५ करोड १६ लाख पुगेको प्रतिवेदन प्रस्तुत गर्दै सेयर रकम ९ प्रतिशतले वृद्धि भइ १ करोड ६५ लाख ,तथा बचत ११करोड १८ लाख र ऋण लगानी ११ करोड १८ लाख रहेको प्रतिवेदन प्रस्तुत गरे साथै संस्थाको जगेडा कोषमा ७२ लाख ८७ हजार सदस्य राहत कोषमा १६ लाख र सेयर लगानी २७ लाख रहि खुद नाफा ६१ लाख ७६ हजार रहेको प्रतिवेदन प्रस्तुत गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले आम नगरवासीले बैंक तथा सहकारीहरुमा अर्थिक कारोवार गर्दा अनावश्यक ऋण नलिन आग्रह गर्दै लियको ऋण उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सकेमात्र नगरले अर्थिक समृद्धिको बाटो पहिल्याउने बिश्वास व्यक्त गर्नु भयो।साथै वहाँले संस्थाले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

तेसै गरि बिशिस्ट अतिथि उपप्रमुख भरत गोपालीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए। उनले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि मर्ज गर्नु पर्नेआवश्यकता रहेको पनि विचार व्यक्त गरे।

साधारणसभामा थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान,झम्केश्वरी माबिका प्रअ उद्वव आचार्य,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष गुप्त बहादुर कार्की लगायतकाले शुभकामना दियका थिए। साधारणसभाको उद्घाटन सत्रमा थाहा नगरभित्र रहेका बित्तीय संस्थाका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि तथा सेयर सदस्यहरुको उपस्तिथि रहेको थियो। साधारणसभा बाट नयाँ नेतृत्व चयन समेत गर्ने छ। 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...