Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

सहकारी संस्थाका सदस्यहरुका लागि वित्तीय साक्षरता सम्पन्न

1721393819434-1721393926.jpg

पालुङ बहुउद्देश्यीय सहकारीहरुसँग आवद्ध सहकारीकर्मीहरु लगायत शेयर सदस्यहरुमा वित्तीय साक्षरताको ज्ञान सिप प्रदान गरी आर्थिक उन्नती गर्दै वित्तीय स्वतन्त्रता तर्फ शेयर सदस्यहरुलाई अग्रसर गराउने हेतुले पालुङ बहुउद्देश्यीयको आयोजनामा सहकारी संस्थाका बज्रवाराही सेवा केन्द्र अन्तर्गतका महिला समुहका पदाधिकारीहरु तथा सदस्यहरुका  लागि वित्तीय साक्षरता सम्बन्धी एक दिने  तालिम थाहा नगरको बज्रबाराहीमा सम्पन्न भएको छ।
वित्तीय साक्षरता तालिममा वित्तीय साक्षरताको परिचय, महत्व र आवश्यकता, वित्तीय योजना, आवश्यकता र चाहना, खर्चको वर्गीकरण  तथा अभिलेकिरण एवम विश्लेषण, पारिवारिक वजेट, बचत, ऋण तथा,बचत योजना, वित्तीय संस्थाको चिनारी एवम छनौट , उद्यमशिलता विकास र जोखिम तथा जोखिम न्यूनीकरणकाउपायहरु जस्ता विषयमा  सहजीकरण गरिएको तालिममा सहकारी संस्थाका कार्यसमितिका सदस्यहरु एवम वडा न ६,९ र १० भित्र रहेक आयआर्जन समुहका  महिला तथा पुरुष सदस्यहरुको उपस्थिती रहेको थियो ।

तालिमको उदघाटन संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टको अध्यक्षता तथा संस्थाका पुर्व उपाध्यक्ष सानोभाइ कार्कीको  प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो ।
 उदघाटनमा संस्थाका उपाध्यक्ष अरुण रायमाझीले तालिमाको उद्धेश्य माथि प्रकाश पार्दै स्वगत मन्तव्य प्रदान गर्नु भएको थियो । प्रमुख अतिथी सानोभाइ कार्कीले आफ्नो मन्तव्य व्यक्त गर्दै सहकारीहरुले वित्तीय साक्षरताका विषयलाई गम्भिरता पूर्वक सिकी आफ्ना सदस्यमाँझ लैजानका लागि अनुरोध गनु भयो वहाँले तिन खम्वे अर्थनीति अन्तरगत  सहकारी क्षेत्र पनि एक भएको र ग्रामिण क्षेत्रमा सवै प्रकारका समुदायहरुको पहुँच सहकारीमा रहने हुनाले अर्थतन्त्रको विकास एवम विस्तार र सदस्यको आर्थिक सम्बृद्धिमा सहकारीको अहम भूमिका रहने विचार व्यक्त गर्नु भयो । 

संस्थाका सह व्यवस्थापक राम प्रसाद ढकालले सहजीकरण गरेको वित्तीय साक्षरता कार्यक्रमलाई संस्थाका सचिब नवराज बिष्टले संचालन गरेका थिए।
एक सय भन्दा बढी महिला सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाका कार्यसमिति सदस्यहरु,लेखा समिती संयोजक कालीचरण बस्नेत,व्यवस्थापक प्रकाश पौडेल,लेखा समिती सदस्यहरु नेकपा एमाले जिल्ला सदस्य हरी बहादुर गोपाली लगायतका संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो 

1721393825381-1721393926.jpg
1721393822473-1721393946.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg