Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

सहकारी बैंकद्वारा मंगलदीप सहकारी संस्थालाई सम्मान ।

FB_IMG_1692630654055-1692630677.jpg

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसको अवसरमा ललितपुरकाे मंगलदीप बचत तथा ऋण सहकारी संस्थालाई  सम्मान गरेको छ ।

गत पुसमा सम्पन्न बैंकको १९ औं वार्षिक साधारण सभामा विभिन्न विधामा पुरस्कार तथा सम्मानका लागि छनोट भएका व्यक्ति तथा सहकारी संस्थाहरुलाई शुक्रवार राष्ट्रिय सहकारी महासंघको सभा हलमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । महासंघका अध्यक्ष मिनराज कँडेल र बैंकका अध्यक्ष के.बी.उप्रेतीले सम्मानित व्यक्ति र पुरस्कृत संस्थाका पदाधिकारीहरूलाई प्रशंसा पत्र सहित पुरस्कार प्रदान गरेका थिए ।
उत्कृष्ट काराेबार शिर्षकमा  मंगलदीप बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेकाे हाे । सम्मान ग्रहणकाे निम्ति संस्थाका अध्यक्ष नवराज बिष्ट तथा अन्य सन्चालक समितिका पदाधिकारीहरु उपस्थित थिए । 
पछिल्लाे समय सहकारी क्षेत्रलाई गार्‍हो परेकाे अवस्थामा समेत मंगलदीप सहकारीले उत्कृष्ट काराेबार गर्न सफल भएकाेमा सम्मानकाे निम्ति छनाेटमा परेकाे हाे । 
मंगलदीप सहकारी संस्थाकाे पालुङ सेवा केन्द्रमा गतवर्ष भन्दा ५५ प्रतिशतले काराेबारमा बृद्घि भएकाे संस्थाका अध्यक्ष बिष्टले जानकारी दिए । 
मंगलदीप सहकारी संस्थाकाे काराेबार पुर्ण रुपमा डिजिटलबाट संचालन  हुँदै आएकाे छ । संस्थाकाे मोबाइल एपबाट सदस्यहरुले जुनसुकै बेला आफ्नाे खाता बाट बैंकमा ट्रान्सर्फर गर्न सक्ने, "क्यु आर" स्क्यान बाट सामान खरिद तथा भुक्तानी गर्न सकिने साथै जुनसुकै काराेबारकाे एसएमएस माेबाईलमा आउने र आफ्नाे पैसा आफुले जुनसुकै बेलामा पनि उपयाेग गर्न मिल्ने सुबिधाले मंगलदीप बचत तथा ऋण सहकारी संस्था प्रति सदस्यहरुकाे बिस्वास बढ्दै गएकाे छ ।

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg