Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न ९ बुँदे प्रतिबद्धता

FB_IMG_1686745629804-1686745653.jpg

राज कुमार के.सी.

हेटौंडा, ३१ असार/बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा हेटौंडामा सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक दुई दिने प्रदेश स्तरीय अन्तरक्रिया गोष्ठी ९ बुँदे हेटौंडा प्रतिबद्धता पत्र–२०८० जारी गर्दै सम्पन्न भएको छ । 

बागमती प्रदेश अन्तरगत १३ जिल्लाका सहकारी संघ, बिषयगत सहकारी संघ, जिल्ला सहकारी संघ र सबै जिल्ला स्थित बिषयगत सहकारी संघका अध्यक्ष लगायत पदाधिकारी र ब्यवस्थापकहरु सहभागी रहेको गोष्ठीमा सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसको निराकरणको लागी सरोकारवालहरुको भूमिका र छाता संघहरुको दायित्व बिषयमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेंल, गरिबी न्यूनिकरण तथा सदस्यहरुको आर्थिक उन्नतिमा सहकारीको भूमिका बिषयमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले, वचत सहकारीमा देखिएका समस्या र त्यसको समाधानका उपायका लागि सरकार र अभियानको भुमिका बिषयमा नेप्सकूनका अध्यक्ष परितोष पौड्यालले र बागमती प्रदेशमा सहकारीको वस्तुस्थिति र समस्या बिषयमा बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

गोष्ठीमा बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश पार्नुभएको थियो । 

बुधबार गोष्ठी समापनका अवसरमा बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष देवकोटाले दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा प्रस्तुत कार्यपत्र र छलफलका आधारमा तयार गरिएको ९ बुँदे हेटौंडा प्रतिवद्धता पत्र–२०८० प्रस्तुत गर्नुभएको थियो ।

प्रतिबद्धता पत्रमा आर्थिक बर्ष २०८०÷०८१ लाई ‘सदस्य जागरण वर्ष’ को रुपमा कार्यक्रम तयार गरी कार्यन्वयन गर्ने गराउने, प्रदेश सहकारी नीति निर्माणमा बागमती प्रदेश सरकारलाई सबै संघहरुले सहयोग गर्ने बागमती प्रदेश भित्रका सहकारीहरुको वास्तविक अवस्थाको जानकारी प्राप्त गर्ने गरी सबै सहकारीहरुको वस्तुगत विवरण सहितको तथ्याङ्कहरु संकलन गरी प्रकाशन गर्ने, संघिय सहकारी ऐन, नियमावली र बागमती प्रदेश सहकारी ऐन, नियमावली बीचमा देखिएका दोहोरोपन हटाउन ऐन नियमावलीहरु अभियानको सुझावका आधारमा आवश्यक्ता अनुसार संशोधन गर्ने, भविष्यमा सहकारी क्षेत्रको क्षति कम गर्न सबै सहकारी संस्थाहरुलाई सहकारी संघहरु÷सहकारी बैंकले विकास गरेको सुशासन, दिगोपन र स्वःनियमनका कार्यक्रमहरुमा अनिवार्य समावेश गराउदै लैजाने कुराहरु उल्ल्ेख गरिएकोछ ।

त्यस्तै मन्त्रालयले सहकारी संस्थाहरुलाई उत्पादन तथा बजारीकरणका आधारमा अनुदान र उनीहरुको सीप विकासका लागि आवश्यक तालिम कार्यक्रमहरुको व्यवस्था मिलाउने, बागमती प्रदेश भित्रका सबै सहकारी संघहरुको संस्थागत विकासका लागि आवश्यक सहयोग गर्ने, बागमती प्रदेश सरकारले तयार गरेको सहकारी संघ÷संस्था संचालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड–२०७९ पूर्ण रुपमा कार्यन्वयन गर्ने, सहकारी अभियानको पूँजीको संरक्षण गर्ने दायित्व अभियान र मन्त्रालय दुवैको भएकोले सहकारीका सम्पूर्ण बचतकर्ता सदस्यहरुको बचत पूर्ण सुरक्षा गर्ने कुरा प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । 

साथै सहकारी संस्थाहरुलाई कानुनी व्यवस्था अनुसार स्वःनियमनमा सञ्चालन गर्ने गराउनेमा समेत प्रतिवद्धता व्यक्त गरिएको छ ।

बागमती प्रदेश सहकारी बिकास बोर्डको आयोजनामा सम्पन्न गोष्ठीको उद्घाटन बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले गर्नुभएको थियो । कार्यक्रममा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजालको सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एंव संविधान सभा सदस्य ओमदेवी मल्ल, प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडा, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमराज पाठक, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल जडिबुटी सहकारी संघ केन्द्रीय अध्यक्ष ईश्वरीराज पाण्डे, प्रदेश सहकारी संघको अध्यक्ष रामशरण घिमिरे लगायतको सहभागिता रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg