Sunday, 19 May, 2024
आर्थिक खबर

सहकारीहरु प्रणालीमा जादा व्यवस्थापन राम्रो हुन्छ:-जिसस प्रमुख घलान

437360699_134659162603034-1713367537.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना गर्न स्थानीय स्तरदेखि राष्ट्रियस्तर सम्म इन्टरनेटमा आधारित एकीकृत बिधुतिय ब्यबस्थापन सूचना प्रणाली (COOPOMIS) प्रणाली र पल्सको ४ बैशाख देखी सहारा रिसोर्टमा संचालन भएको तीन  दिने तालिमको आज समापन भएको छ ।जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सहभागी हरुलाइ प्रमाणपत्र प्रदान गर्दै तालिमको समापन गर्नुभयो ।
समापन समारोहमा आफ्नो मन्तव्य राख्दै प्रमुख घलानले सरकारको तीन खम्बे अर्थनितिको महत्वपूर्ण खम्बा सहकारी भएकोले नगरमा संचालित सहकारीहरुको क्षमतावृद्धि बिकास गर्न आवश्यकता  रहेको बताउदै थाहा नगरको लगानी खेर जान नदिन आग्रह गर्दै प्रणालीमा गएर ब्यबस्थापन राम्रो गर्न आग्रह गर्नुभयो ।
तेस्तै थाहा नगरपालिका वडा न ३ का वडा अध्यक्ष तथा थाहा नगर आर्थिक विकास समिती संयोजक हिरेन्द्र कुमार रायमाझीले  नयाँ प्रबिधिमा चल्न सके संस्थाको कामकारबाहीमा एकरुपताभै नियमनमा सहज हुने बताउदै सिकेको प्रबिधिलाइ ब्यबहारमा तत्काल लागुगर्न सुझाव दिदै सहभागी हरुलाइ शुभकामना दिनुभयो।
थाहा नगरपालिकाको सहयोगमा नगरपालिकाको नियमन भित्र पर्ने सहकारी संस्थाहरुको प्रभावकारी नियमन तथा प्रबर्द्धन प्रयोजनका लागि आधारभुत तथ्यांकहरु स्थानीय स्तरदेखी सूचना प्रणाली लागू गर्न सहकारी हरुलाइ तालिम दिइएको तालिम संयोजक तथा सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरेले बताउनुभयो।घिमिरेले नगरपालिकाको नियमन क्षेत्र भित्र पर्ने सबै सहकारी संस्थाहरुको दर्ता ,मासिक तथा वाषिर्क प्रतिबेदन ,निर्वाचन ,बिनिमय संसोधन ,कार्यक्षेत्र बिस्तार ,नयाँ सूचना तथा परीपत्रहरु लगायतका कामहरु यसै प्रणाली मार्फत हुनेभएकोले नगरभित्रका सहकारीहरु लाई तालिम दियको बताए।
थाहा नगरपालिका मातहतमा रहेका सहकारी संस्थाहरुको कार्यालय प्रमुखहरुको सहभागिता रहेको तालिमलाइ जिल्ला सहकारी संघका अनिल विर बज्राचार्य र रुपक घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।
तालिममा कोपोमिसको प्रयोग र सहकारी अनुगमन,कोपोमिसको समष्टिगत विवरण भर्ने तरिका ,सहकारी सदस्यहरूको जानकारी भर्ने तरीका र संस्थाले मासिक प्रतिबेदन दाखिला गर्ने,बित्तिय प्रतिबेदन दाखिला  ,सम्पती शुद्धीकरण निवारण फारम दाखिला तथा आन्तरिक कार्यका विषयमा तालिम दियको थियो।


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...