Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

सहकारीहरु प्रणालीमा जादा व्यवस्थापन राम्रो हुन्छ:-जिसस प्रमुख घलान

437360699_134659162603034-1713367537.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना गर्न स्थानीय स्तरदेखि राष्ट्रियस्तर सम्म इन्टरनेटमा आधारित एकीकृत बिधुतिय ब्यबस्थापन सूचना प्रणाली (COOPOMIS) प्रणाली र पल्सको ४ बैशाख देखी सहारा रिसोर्टमा संचालन भएको तीन  दिने तालिमको आज समापन भएको छ ।जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सहभागी हरुलाइ प्रमाणपत्र प्रदान गर्दै तालिमको समापन गर्नुभयो ।
समापन समारोहमा आफ्नो मन्तव्य राख्दै प्रमुख घलानले सरकारको तीन खम्बे अर्थनितिको महत्वपूर्ण खम्बा सहकारी भएकोले नगरमा संचालित सहकारीहरुको क्षमतावृद्धि बिकास गर्न आवश्यकता  रहेको बताउदै थाहा नगरको लगानी खेर जान नदिन आग्रह गर्दै प्रणालीमा गएर ब्यबस्थापन राम्रो गर्न आग्रह गर्नुभयो ।
तेस्तै थाहा नगरपालिका वडा न ३ का वडा अध्यक्ष तथा थाहा नगर आर्थिक विकास समिती संयोजक हिरेन्द्र कुमार रायमाझीले  नयाँ प्रबिधिमा चल्न सके संस्थाको कामकारबाहीमा एकरुपताभै नियमनमा सहज हुने बताउदै सिकेको प्रबिधिलाइ ब्यबहारमा तत्काल लागुगर्न सुझाव दिदै सहभागी हरुलाइ शुभकामना दिनुभयो।
थाहा नगरपालिकाको सहयोगमा नगरपालिकाको नियमन भित्र पर्ने सहकारी संस्थाहरुको प्रभावकारी नियमन तथा प्रबर्द्धन प्रयोजनका लागि आधारभुत तथ्यांकहरु स्थानीय स्तरदेखी सूचना प्रणाली लागू गर्न सहकारी हरुलाइ तालिम दिइएको तालिम संयोजक तथा सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरेले बताउनुभयो।घिमिरेले नगरपालिकाको नियमन क्षेत्र भित्र पर्ने सबै सहकारी संस्थाहरुको दर्ता ,मासिक तथा वाषिर्क प्रतिबेदन ,निर्वाचन ,बिनिमय संसोधन ,कार्यक्षेत्र बिस्तार ,नयाँ सूचना तथा परीपत्रहरु लगायतका कामहरु यसै प्रणाली मार्फत हुनेभएकोले नगरभित्रका सहकारीहरु लाई तालिम दियको बताए।
थाहा नगरपालिका मातहतमा रहेका सहकारी संस्थाहरुको कार्यालय प्रमुखहरुको सहभागिता रहेको तालिमलाइ जिल्ला सहकारी संघका अनिल विर बज्राचार्य र रुपक घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।
तालिममा कोपोमिसको प्रयोग र सहकारी अनुगमन,कोपोमिसको समष्टिगत विवरण भर्ने तरिका ,सहकारी सदस्यहरूको जानकारी भर्ने तरीका र संस्थाले मासिक प्रतिबेदन दाखिला गर्ने,बित्तिय प्रतिबेदन दाखिला  ,सम्पती शुद्धीकरण निवारण फारम दाखिला तथा आन्तरिक कार्यका विषयमा तालिम दियको थियो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg