himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

सहकारीका सचिबहरुको भेला सम्पन्न : छ बुँदे प्रतिबद्धता पत्र पारित

FB_IMG_1677860480881-1677860654.jpg

हेटौंडा, १९ फागुन/जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुरको आयोजनामा संघमा आवद्ध सहकारी संस्थाका सचिबहरुको एकदिने भेला सम्पन्न भएको छ ।
संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता एवम् बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाको प्रमुख आतिथ्यतामा भएको भेलामा संघमा आवद्ध ७१ ओटा सहकारी संस्थाका सचिबहरुको सहभागिता रहेको थियो ।
शुक्रवार सम्पन्न भेलामा प्रमुख अतिथि देबकोटाले सहकारी संस्थाहरुमा आईपरेका समस्या समाधानको निम्ति सदस्यहरुसंग निरन्तर सम्पर्कमा रहनु नै मुख्य समाधान भएको बताउनुभयो । उहाँले जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य सदस्य संस्थाहरुलाई बिभिन्न कार्यक्रम, शिक्षा, तालिम सञ्चालन गरेको र सदस्य संस्थालाई सुसूचित गरिरहेकोले यस्ता शिक्षा, तालिम, कार्यक्रममा सहभागी भई संस्थाको बिकासमा लाग्नआग्रह गर्नुभयो ।
भेलामा बागमती प्रदेश पर्यटन तथा नागरिक उड्डयन एवं सहकारी मन्त्रालयका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीले सहकारीको मूल्य मान्यता, सिद्धान्त, ऐन नियमको परिपालना र सुशासनमा रहेर सहकारी संचालनमा आए सहकारीमा समस्या नआउने बताउनुभयो । उहाँले विभिन्न कारणले सहकारीहरुमा समस्या आएको बताउदै समस्याको सामाधानको निम्ति जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले निरन्तर रुपमा गरिरहेको कार्यको प्रशंशा गर्नुभयो । 

भेलाले प्रभावकारी ढंगले सहकारी संस्था संचालन गर्नको लागि ६ बुंदे प्रतिबद्धता पत्र समेत पास गरेको छ ।

प्रतिबद्धता पत्रमा सहकारी संस्थामा आएको चुनौतीको सामूहिक रुपमा समाधान गर्न सदस्यहरुसंग निरन्तर सम्पर्कमा रहेर संस्थाको गतिबिधि संचालन गर्ने, संस्थामा पर्याप्त तरलता कायम राख्ने, सहकारी मूल्य, मान्यता, सिद्धान्त, सहकारी ऐन, नियमावलीको पूर्ण पालना गरी सदस्य हितमा कार्य गर्ने उल्लेख छ ।

भेलामा संघका अध्यक्ष कल्पना श्रेष्ठले समसामयिक परिस्थितिमा सहकारी संस्थाका समस्या, चुनौती, यसको समाधानका दीर्घकालीन उपायहरु, सचिवको  भूमिका, संस्थाका संभावित अनियमितताका छिद्रहरु, यसको पहिचान एवं समाधान गर्ने उपाय सहितको  कार्यपत्र  प्रस्तुत गर्नुभएको थियो भने व्यवस्थापक सुमित्रा कुमारी वाईबाले संघको संस्थागत जानकारी  प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम पौडेल,संघका सचिव बिरेन्द्र प्रसाद ढुंगाना, कोषाध्यक्ष बिष्णु माया लामा लगायतको उपस्थिति रहेको थियो ।

 

https://www.thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg