Sunday, 19 May, 2024
स्वास्थ्य

समुदायमा आधारित प्रशामक सेवाले वडा सरकार संग सहकार्य गर्दै बिरामिको उपचार

FB_IMG_1710426368978-1710426409.jpg

थाहा नगरपालिकाको वडा न ३ मा समुदायमा आधारित प्रशामक सेवा अन्तर्गत पाटन स्वास्थ्य  बिज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग तथा हस्पिस नेपाल र थाहा वडा न ३ को सहकार्यमा प्रशामक सेवामा रहिरहेका थाहा ३ का ८३ बर्षका दिर्घरोगी महिला लाई एक लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ।
१ चैतमा थाहा नगरपालिका वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी र थाहा नगरपालिकाका प्रेस संयोजक शम्भु अधिकारीले प्रशामक सेवा संगको सहकार्यमा बिरामीको घरमै पुगि उक्त सामाग्री हस्तान्तरण गरेका हुन।
पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सहकार्यमा थाहा नगरपालिका क्षेत्रमा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रशामक सेवा अन्तर्गत क्यान्सर,दम,दिर्घमुटु रोगी,मिर्गौला फेल,मस्तिष्क पक्षघात,स्ट्रोक तथा अन्य विभिन्न दिर्घ रोगी तथा नसर्ने रोगहरुको घरमै पुगेर उपचार तथा स्वास्थ्य परामर्श सेवा दिदै आइरहेको छ।
प्रशामक सेवाले दिर्घ रोगी तथा र अन्य घातक रोग लागेर अस्पताल सम्म जान नसक्ने हरुको लागि यो सेवा प्रदान गर्दै आइरहेको प्रशामक सेवाका संयोजक तथा समुदायिक स्वास्थ्य अधिकृत चिनियाँ लामाले बताए।
उनले समुदाय भित्र रहेका दिर्घ रोगी तथा नसर्ने रोगहरुको घरमै पुगि उपचार र स्वास्थ्य परामर्श दिदै आइरहेको उल्लेख गरे।
सेवामा  पाटन अस्पतालका वरिष्ठ चिकित्सक तथा प्रशामक सेवा विशेषज्ञ डाक्टर राजकुमार गजमेर,सामुदायिक स्वास्थ्य अधिकृत किवेता बिष्ट,समुदायमा प्रशामक सेवाका संयोजक तथा सामुदायिक स्वास्थ्य अधिकृत  चिनियाँ लामाले उपचार सहजीकरण गरिरहनुभएको छ।

FB_IMG_1710426374605-1710426409.jpg

world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...