pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

शिशु पोषण सुरक्षाका लागि स्तनपान प्रवर्द्धनमा जोड, BMS ऐनबारे सरोकारवालालाई अभिमुखीकरण

FB_IMG_1778240807546-1778240925.jpg

थाहा नगरपालिका क्षेत्रमा शिशुको स्वास्थ्य र पोषण सुरक्षालाई केन्द्रमा राख्दै पोषण कार्यक्रम अन्तर्गत स्तनपान तथा “आमाको दूधको प्रतिस्थापन गर्ने वस्तु (BMS)” सम्बन्धी ऐनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा आयोजना गरिएको हो ।
कार्यक्रमको आयोजना बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत जनस्वास्थ्य कार्यालय मकवानपुरले गरेको थियो । कार्यक्रममा सञ्चारकर्मी, औषधि व्यवसायी, किराना व्यवसायी तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
अभिमुखीकरणका क्रममा जनस्वास्थ्य निरीक्षक बासुदेव रिमालले शिक्षित महिलाहरुले आफ्ना शिशुलाई स्तनपान गराउने तथ्याङ्क उत्साहजनक रहेको उल्लेख गर्दै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रयोग न्यूनीकरण गर्न आवश्यक रहेको बताए । उनले शिशुको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि आमाको दूध नै सर्वोत्तम पोषण भएको धारणा राखे ।
त्यसैगरी जनस्वास्थ्य निरीक्षक रामनाम थिङले “आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन, २०४९” अन्तर्गत रहेका कानुनी व्यवस्थाबारे विस्तृत जानकारी गराएका थिए । उनले स्तनपानको संरक्षण तथा प्रवर्द्धन, आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियमन तथा शिशुको पोषण सुरक्षाका विषयमा ऐनले व्यवस्था गरेका प्रावधानबारे स्पष्ट पारे ।
कार्यक्रममा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु भन्नाले आमाको दूधको सट्टा आंशिक वा पूर्णरुपमा खुवाउन बिक्री गरिने खाद्य वस्तुलाई बुझाइने जानकारी दिइएको थियो । साथै “बच्चा” भन्नाले जन्मेदेखि १२ महिनासम्मका शिशुलाई जनाइने उल्लेख गरिएको थियो ।
बाल आहार सम्बन्धी सूचना तथा शिक्षा, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको दायित्व लगायतका विषयमा समेत सहभागीहरुलाई जानकारी गराइएको कार्यक्रममा स्तनपानको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै शिशु पोषण सुरक्षामा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...