pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले बिपन्न बिरामीका लागि ‘बिपन्न कोष’ छुट्याउने निर्णय

FB_IMG_1767693057964-1767693359.jpg

पालुङ । पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि बिपन्न बिरामीहरूको उपचार सहयोगका उद्देश्यले विशेष ‘बिपन्न कोष’ छुट्याउने निर्णय गरेको छ।
बैठकले स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको कोषबाट वार्षिक दुई लाख रुपैयाँ बिपन्न कोषका रूपमा विनियोजन गर्ने निर्णय गरेको हो। सो कोषबाट बिपन्न बिरामीहरूलाई प्रती बिरामी तीन हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ।
व्यवस्थापन समितिका सदस्य उर्मिला गोपालीका अनुसार, आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका नागरिकलाई राहत प्रदान गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो। उनले यस निर्णयले स्थानीय स्तरमा स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
स्वास्थ्य केन्द्रले आवश्यक प्रक्रिया पूरा गरेका बिपन्न बिरामीहरूलाई प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराउने जनाएको छ। स्थानीय समुदायको स्वास्थ्य सुरक्षालाई मजबुत बनाउने दिशामा यो निर्णय महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...