Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

शिखर बचतको साधारणसभा सप्पन्न ,८ करोड रुपैयाँको कारोबार ।

IMG_20211227_131611_085-1640600603.jpg

शिखर बचत तथा ऋण सहकारीले आफ्नो ११ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।आज बिकास घर शिखरकोटमा सम्पन्न भयको साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ को प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष मधुसूदन बिष्ट को अध्यक्षतामा कार्यक्रम भयको हो।साधारणसभा मा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी श्रेष्ठले मकवानपुर जिल्लामा नै थाहानगरमा पहिलोपटक बिशिस्टकृत सहकारी को अबधारणा बाट प्रेरित भै सहकारिहरुले कृषिमा लगानी गरेर राम्रो कामको थालनी गरेतापनी बचत तथा ऋण सहकारी हरुले लगानी गर्न कानुनी अड्चन रहेकोले थाहा नगरमा रहेका बचत तथा ऋण सहकारी हरुले कुन आधारमा लगानी गरिरहेका छन भनेर प्रश्न गर्नुभयो साथै वहाले सहकारी हरुले लक्ष निर्धारण गरेर सेयर रकम बढाउदा हित हुने तथा ऋण लगानीको प्रतिशतमा वृद्धि भय पुजिको तरलता र सेयर ब्यबस्थापन तथा बचतमा ध्यान दिन आग्रह गर्नुभयो ,हाल धितो बन्धक पास गर्दा सहकारी हरुले चर्को शुक्ल तिर्नुपरेकोले  त्यसलाइ कम र सहज बनाउन जिल्ला बचत संघले पहल गरिरहेको बताउनुभयो।साधारणसभा मा अध्यक्षको प्रतिबेदन राख्दै सस्थाका अध्यक्ष मधुसूदन बिष्टले एकका लागि सबै,सबैका लागि एक ,भन्ने भावना र व्यबहार मार्फत ब्यक्ति ,परिवार ,समाज र समग्र रास्ट्रको आर्थिक एवम् सामाजिक उत्थानको लागि प्रयास गरिरहने बताउदै सस्थाले भाबी रणनीति मा शेयर वृद्धि ,जिल्ला बचत तथा रास्ट्रीय सहकारी बैंक सङ कारोबार बढाउने,जग्गा खरिद गरिसकेकोले आफ्नै कार्यालय भबन निर्माण ,सञ्चालक ,कर्मचारी तथा शेयर सदस्यहरुलाइ तालिम भ्रमण ,च्वाइस नेपाल सङको कारोबार बढाउने ,कर्जा लगानी तथा असुलीमा कडाइ ,प्रदेश सहकारी सङ सदस्यता लिने,तथा अन्य सामाजिक उत्तरदायित्वको कामलाई निरन्तरता दिने प्रतिबेदन पेश गर्नुभएको थियो।तेसै गरि सहकारीको कोषाध्यक्ष मनोज रायमाझी ले सस्थाको कारोबारमा सकारात्मक वृद्धि रहेको उल्लेख गर्दै शेयरपुजी १ करोड २४ लाख पुगेको प्रतिबेदन प्रस्तुत गर्नुभयो साथै वहाले सस्थाले २० लाख मुनाफा आर्जन गर्न सफल रहेको जनाउदै यश बर्ष ८ करोड १८ लाखको कारोबार गर्न सफल रहेको बताए कार्यक्रममा च्वाइस नेपालका ग्रामीण बिकास विशेषज्ञ कुल प्रसाद तिवारी ,पत्रकार कुमार नेगि ,वडा न ३ का अध्यक्ष राजेस केसि,दिब्यतारा बहुउद्देश्यीय सहकारी थाहा नगर संयोजक भरत गोपाली,फरक सोचका अध्यक्ष यादव रायमाझी ,पालुङ जेसिजका निबर्तमान अध्यक्ष नबराज लामा ले सहकारी को सफलता को शुभकामना दियका थिय भने कार्यक्रममा सस्थाका उपाध्यक्ष लक्ष्मि कार्की,सचीव सहदेब ढकाल,संचालक रमेश खड्का ,बिनोद बस्नेत,निरज रायमाझी ,उर्मिला गोपाली,नेत्र केसि लेखा समिति संयोजक जयन्ती रायमाझी सदस्य श्रीराम कार्की ,सुकुमान गोले ब्यबस्थापक सुमन बिष्ट लगायतका उपस्थित रहेको थियो।साधारणसभाको अबसरमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु बचत तर्फ शिखर सप्लायर्स ,कृष्ण कार्की ,रश्मि बिष्ट ,राजकुमार पन्थलाइ नगद सहित सम्मानपत्र तथा ऋण  तर्फ उत्कृष्ट कारोबार गर्नेहरु,बिस्णुहरी के सि,निर्मलध्वज कार्की ,हेमकुमारी बिष्ट ,शिव शंकर चौधरीलाई सम्मान गरिएको थियो ।साधारणसभालाई दामन एफ एम बाट प्रत्यक्ष प्रसारण गरियको थियो।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20211227_115257_510-1640600604.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg