pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

शिखर बचतको वार्षिक कारोबार ९ करोड नाघ्यो।

shikhar1-1672658734.jpg

थाहा नगरको मुख्य बजार शिखरकोटमा कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मधुसूदन बिष्ट को सभापतित्वमा सम्पन्न साधारण सभामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता तथा च्वाइस नेपालका सामाजिक बिकास विशेषज्ञ प्रताप घिमिरेको बिशिस्ट आतिथ्यता रहेको साधारणसभा उद्घाटन कार्यक्रममा वडा न ४ का अध्यक्ष नारायण लामा ,४ का वडा सदस्य शान्ती बिश्वकर्मा वडा न ३ का सदस्य कृष्णकुमार कार्की ,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष अरुण रायमाझी ,सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ , ,फरक सोचका अध्यक्ष यादव रायमाझी,थाहा कृषि सहकारीका सचिव केशव सुनार,पाथिभरा सहकारीका अध्यक्ष गोकर्ण बरुवाल,दामन चेली समाजका उपाध्यक्ष राधिका रायमाझी , ग्रामीण पर्यटन सहकारी संस्थाका पुर्व अध्यक्ष तथा समाजसेवी निरन्जन अधिकारी,दिव्यतारा बहुउद्देश्यीय सहकारी पालुङ सेवा केन्द्रका व्यवस्थापक राममाया खत्री,मंगलदिप बचत तथा ऋण सहकारी पालुङ सेवा केन्द्रका व्यवस्थापक गणेश बिष्ट,सेन्चुरी डेभपमेन्ट बैंकका शाखा प्रबन्धक आशिष गौतम,कुण्डलदेवी बहुउद्देश्यीय सहकारीका अध्यक्ष शिवकुमार खत्री,लालिगुरास बहुउद्देश्यीयका नानिछोरी प्रधान,लगायतका आतिथ्यता रहेको थियो ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष मधुसूदन बिष्ट तथा कोषाध्यक्ष मनोज रायमाझीले आर्थिक वर्ष २०७९/०८०को अनुमानित आय व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरिएको छ । संस्थाका अध्यक्ष मधुसूदन बिष्टले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै सहकारीको लापरबाहीले गर्दा सहकारीहरुको जनविश्वास घट्दै जानुले असल सहकारी लाई पनि असर परेको बताउदै आगामी दिनमा बागमती प्रदेश सहकारी संस्थाको सदस्य हुने,राष्ट्रिय सहकारी बैंक मार्फतको कारोबार र च्वाइस नेपाल र शिखर बचतको सम्बन्ध लाई निरन्तरता दिदै सदस्य हितकोषको व्यवस्था गर्ने भावी रणनीति भएको उल्लेख गर्दै बचतमा आकर्षक योजना हरु ल्याइयको प्रतिबेदन प्रस्तुत गर्दै च्वाइस नेपाल संगको साझेदारीमा उत्कृष्ट कृषक तथा उद्यमी पुरस्कार,व्यावसायिक तालिम,टनेल बितरण ,रिवेट कार्यक्रम हरु गर्दै आइरहेको प्रतिबेदन प्रस्तुत गरे। तेसै गरि संस्थाका कोषाध्यक्ष मनोज रायमाझीले आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको सेयर पुँजी १ करोड २४ लाख २४ रहेकोमा आर्थिक बर्ष २०७८/०७९ मा १ करोड ३८ लाख पुगेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ५ करोड ७९ लाख निक्षप संकलन गर्दै ६ करोड ४४ लाख रुपैया लगानी बाट १७ लाख मुनाफा गर्न सफल रहेको प्रतिवेदन प्रस्तुत गरे १३ सय भन्दा बढी सदस्य संख्या रहेको संस्थाको वार्षिक कारोबार ९ करोड २० लाख पुगेको छ। साधारणसभाको अवसरमा शुभकामना दिदै प्रमुख अतिथी थाहा नगर उपप्रमुख भरत गोपालीले उत्पादनसँग सदस्यलाई जोड्ने गरी आयातलाई प्रतिष्थापन गर्न सामाजिक उद्यमशीलताको क्षेत्रमा अगुवाई गर्न शिखर बचतलाइ लाई आग्रह गरे वहाँले सहकारी अभियानले छरिएर रहेको पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको धारणा राख्नु भएको थियो । साधारणसभाको अवसरमा च्वाइस नेपाल र शिखर बचतको संयुक्त रूपमा उद्यमी व्यवसायी पुरस्कार बाट १० जना सदस्यलाई सम्मानित गरियो सम्मानित हुनेमा किरण गोपाली,सरोज उप्रेती,श्याम थापा, भवानी श्रेष्ठ ,सुनिता कुवर,रत्न कुमारी गोले,होटल पाइनस,श्यामकाजी गोपाली,बिक्रम  रायमाझी,रामशरण बिष्ट रहे वहाँ हरुलाइ प्रमुख अतिथी उपप्रमुख गोपालीले नगद तथा सम्मानपत्र द्वारा सम्मानित गरे भने संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन अन्तर्गत पालुङ क्याम्पसमा स्नातक तेश्रो बर्षमा अध्यनरत थाहा २ कि रुपा बिष्टलाई छात्रवृत्ति प्रदान गरियो,सहयोगी संस्था च्वाइस नेपाल लाई प्रसंसापत्र द्वारा सम्मानित गरियको थियो। संस्थाले साधारणसभामा हुने फजुल खर्च,लाई नियन्त्रण गर्दै तेसवाट बच्ने रकम लाई सदस्य हितकोष मा राख्ने जानकारी दिइयो।

 

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...