pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

शिखरकोट-ऋषेश्वर-सिमभन्ज्याङ-दामन : गुराँस पदमार्ग,

FB_IMG_1711028697421-1711031237.jpg

थाहा नगरपालिकाको शिखरकोट–धारापानी–ऋषेश्वर–सिमभन्ज्याङ–दामन पदयात्रामा सहभागी यात्रुहरुले यो पदमार्गलाई प्रकृतिको भण्डारको रुपमा ब्याख्या गरेका छन् । नेपालको राष्ट्रिय फूल लालीगुराँसका बिभिन्न प्रजाति दामन सिमभञ्ज्याङक्षेत्रमा पाईने हुनाले यस पदमार्गलाई गुराँस पदमार्ग नामांकरण गर्नपनि सकिने यात्रामा सहभागीहरुले बताए ।
राजधानीबाट नजिक रहेको थाहा नगरपालिकाको वडा नं. ३ र ४ मा पर्ने यो पदमार्ग अत्यन्तै मनोरम भएको समेत यात्रामा सहभागी हुनेहरुले बताए । चेत्र ३ गते शनिवार काठमाडौंका ह्याप्पी हाईकर्सका टोली र स्थानीय समेत ७५ जनाले यो पदमार्गमा पदयात्रा गरे ।
शिखरकोटमा स्थानीय महिला खैजडी भजन सहित थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्ट, उपप्रमुख भरत गोपाली र स्थानीयले पदयात्रीहरुलाई स्वागत गरेका थिए । शिखरकोटबाट धारापनी ऋषेश्वर खोला र जंगल हुँदै हिन्दु र बौद्य धर्मको समान आस्थाका केन्द्र ऋषेश्वर महादेवको दर्शन, तारेभिर अवलोकन, मकवानपुर जिल्लाको सबैभन्दा अग्लो स्थान सिमभञ्ज्याङमा रहेको प्रकृतिक ताल र ताल आसपाका बिभिन्न प्रजातिका गुराँस अवलोकन, दामनको पर्वतिय वनस्पति उद्यानमा वनस्पतिसंगै गुराँस हेरेर, नेपालकै पहिलो भ्युटावर (शितल टावर), नयाँगाउँ हुँदै करिव १९ किलोमिटरको पार गर्दै पुनः शिखरकोट आईपुगेपछि पदयात्रा समापन हुने यस पदयात्राका परिकल्पनाकार गणेश बिष्टले बताए ।
थाहा नगरलाई पर्यटकीय रुपमा प्रचारप्रसार गर्न तल्लिन युवा फोटोपत्रकार बिष्टले शितल वातावरणमा प्राकृतिक, धार्मिक र पर्यटकीय यात्राको लागि यो पदयात्रा सहासिक र रोमान्चक हुने बताए ।
पदयात्रीहरुलाई सिमभञ्ज्याङमा स्थानीय होटल ब्यवशायीहरुले फूलमाला सहित चिया खुवाएर स्वागत गरेका थिए ।
बसन्त ऋतुका सुरुवातसंगै रुख बिरुवामा नयाँ पालुवाका साथ गुराँस फुल्ने सिजनमा यो पदयात्रा निकै रोमाञ्चकारी हुने स्थानीय अनिता बिष्टले बताईन् ।
पदयात्रामा सहभागी ६८ वर्षिय सनतकुमार रेग्मीले एकदिनको पदयात्राको लागि यो रुट राम्रो भएको र फेरि पनि आउने बताए ।


स्थानिय सरकार तथा संघ संस्थाले यो पदमार्गको बारेमा परिचय सहितको बोर्ड र ठाउँ ठाउँमा पथनिर्देशन भए यात्रामा सहजता हुने ह्याप्पी हाईकर्सका नवराज अर्यालले बताए ।
प्राकृतिक शान्त वातावरणको अनुभव गर्न पनि थाहा नगरपालिका उपयुक्त स्थान भएको पदयात्रीहरुले बताए । यो सिजनमा दामन सिमभञ्ज्याङका डाँडाँलाई ढाक्नेगरी गुराँस फुल्ने भएकोले यस क्षेत्रमा भ्रमण गर्नेहरु निकै आनन्दित हुन्छन् ।
पहाडी थुम्को वरिपरि स–साना गाउँवस्ती र हरियालीको संगमले दामन पदयात्रा गर्न निकै आकर्षक गन्तब्य बन्नसक्ने पदयात्री राजाराम फँुयालले बताए ।
उनले भीडभाडबाट टाढा रहेको दामन तराईको गर्मी छल्न र व्यस्त दैनिकीबाट रिफ्रेस हुने उपयुक्त गन्तब्य दामन रहेको बताए । अझ गुराँस र विभिन्न जडिबुटीका कारण एक रमणीय गन्तव्य मात्र नभई प्रकृतिको भण्डार नै भएको फुयाँलको तर्क छ ।

 

 

FB_IMG_1711028701408-1711031237.jpg
433444139_287567792924203-1711031813.jpg

(तस्विरहरुः गणेश बिष्ट)

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...