gumba-1715660528.jpg
Sunday, 19 May, 2024
पर्यटन

शिखरकोट-ऋषेश्वर-सिमभन्ज्याङ-दामन : गुराँस पदमार्ग,

FB_IMG_1711028697421-1711031237.jpg

थाहा नगरपालिकाको शिखरकोट–धारापानी–ऋषेश्वर–सिमभन्ज्याङ–दामन पदयात्रामा सहभागी यात्रुहरुले यो पदमार्गलाई प्रकृतिको भण्डारको रुपमा ब्याख्या गरेका छन् । नेपालको राष्ट्रिय फूल लालीगुराँसका बिभिन्न प्रजाति दामन सिमभञ्ज्याङक्षेत्रमा पाईने हुनाले यस पदमार्गलाई गुराँस पदमार्ग नामांकरण गर्नपनि सकिने यात्रामा सहभागीहरुले बताए ।
राजधानीबाट नजिक रहेको थाहा नगरपालिकाको वडा नं. ३ र ४ मा पर्ने यो पदमार्ग अत्यन्तै मनोरम भएको समेत यात्रामा सहभागी हुनेहरुले बताए । चेत्र ३ गते शनिवार काठमाडौंका ह्याप्पी हाईकर्सका टोली र स्थानीय समेत ७५ जनाले यो पदमार्गमा पदयात्रा गरे ।
शिखरकोटमा स्थानीय महिला खैजडी भजन सहित थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्ट, उपप्रमुख भरत गोपाली र स्थानीयले पदयात्रीहरुलाई स्वागत गरेका थिए । शिखरकोटबाट धारापनी ऋषेश्वर खोला र जंगल हुँदै हिन्दु र बौद्य धर्मको समान आस्थाका केन्द्र ऋषेश्वर महादेवको दर्शन, तारेभिर अवलोकन, मकवानपुर जिल्लाको सबैभन्दा अग्लो स्थान सिमभञ्ज्याङमा रहेको प्रकृतिक ताल र ताल आसपाका बिभिन्न प्रजातिका गुराँस अवलोकन, दामनको पर्वतिय वनस्पति उद्यानमा वनस्पतिसंगै गुराँस हेरेर, नेपालकै पहिलो भ्युटावर (शितल टावर), नयाँगाउँ हुँदै करिव १९ किलोमिटरको पार गर्दै पुनः शिखरकोट आईपुगेपछि पदयात्रा समापन हुने यस पदयात्राका परिकल्पनाकार गणेश बिष्टले बताए ।
थाहा नगरलाई पर्यटकीय रुपमा प्रचारप्रसार गर्न तल्लिन युवा फोटोपत्रकार बिष्टले शितल वातावरणमा प्राकृतिक, धार्मिक र पर्यटकीय यात्राको लागि यो पदयात्रा सहासिक र रोमान्चक हुने बताए ।
पदयात्रीहरुलाई सिमभञ्ज्याङमा स्थानीय होटल ब्यवशायीहरुले फूलमाला सहित चिया खुवाएर स्वागत गरेका थिए ।
बसन्त ऋतुका सुरुवातसंगै रुख बिरुवामा नयाँ पालुवाका साथ गुराँस फुल्ने सिजनमा यो पदयात्रा निकै रोमाञ्चकारी हुने स्थानीय अनिता बिष्टले बताईन् ।
पदयात्रामा सहभागी ६८ वर्षिय सनतकुमार रेग्मीले एकदिनको पदयात्राको लागि यो रुट राम्रो भएको र फेरि पनि आउने बताए ।


स्थानिय सरकार तथा संघ संस्थाले यो पदमार्गको बारेमा परिचय सहितको बोर्ड र ठाउँ ठाउँमा पथनिर्देशन भए यात्रामा सहजता हुने ह्याप्पी हाईकर्सका नवराज अर्यालले बताए ।
प्राकृतिक शान्त वातावरणको अनुभव गर्न पनि थाहा नगरपालिका उपयुक्त स्थान भएको पदयात्रीहरुले बताए । यो सिजनमा दामन सिमभञ्ज्याङका डाँडाँलाई ढाक्नेगरी गुराँस फुल्ने भएकोले यस क्षेत्रमा भ्रमण गर्नेहरु निकै आनन्दित हुन्छन् ।
पहाडी थुम्को वरिपरि स–साना गाउँवस्ती र हरियालीको संगमले दामन पदयात्रा गर्न निकै आकर्षक गन्तब्य बन्नसक्ने पदयात्री राजाराम फँुयालले बताए ।
उनले भीडभाडबाट टाढा रहेको दामन तराईको गर्मी छल्न र व्यस्त दैनिकीबाट रिफ्रेस हुने उपयुक्त गन्तब्य दामन रहेको बताए । अझ गुराँस र विभिन्न जडिबुटीका कारण एक रमणीय गन्तव्य मात्र नभई प्रकृतिको भण्डार नै भएको फुयाँलको तर्क छ ।

 

 

FB_IMG_1711028701408-1711031237.jpg
433444139_287567792924203-1711031813.jpg

(तस्विरहरुः गणेश बिष्ट)


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...