Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

वागमती प्रदेश सरकारको बजेट ५७ अर्ब ७२ करोड, बजेटको प्राथमिकतामा परेका क्षेत्र के के छन् ?

 हेटौंडा/वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

वागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकरले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पारेको जनाएको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको छ ।

आगामी आर्थिक वर्षमै अस्पतालमा स्वास्थ्य सम्बन्धी यन्त्रहरुको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका काम प्रभावकारी बनाउने मन्त्री ढुंगेलले बजेट भाषणमा घोषणा गरेका छन् । प्रदेश सरकारले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै २६ करोड रकम विनियोजन गरिएको छ ।

सरकारले बजेट मार्फत् मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमका लागि २२ करोड विनियोजन गरेका छन् । प्रदेश सरकारको स्वामित्वमा रहने गरी सञ्चालन गर्ने आमसञ्चारका लागि १० करोड रकम बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमा पनि प्रदेश सरकार आफैले मिडिया सञ्चालन गर्ने प्रयास गरेको भएपनि विविध कारणले त्यो योजना सफल हुन सकेको थिएन ।

प्रदेश सरकारले आजको बजेट भाषण मार्फत् दुग्ध किसानका लागि अनुदान स्वरुप १६ करोड रुपैयाँ बजेट व्यवस्था गरेको जनाएको छ । सरकारले दोलखा जिल्लाको चरिकोटमा रहेको अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पतालको नाममा नामाकरण गर्ने घोषणा गरेको छ ।

प्रदेश सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण आमाबाबु गुमाएका बालबालिकालाई मासिक ३ हजार भत्ता दिने घोषणा गरेको छ ।साथै प्रदेश सरकारकाले अन्य कारण आमा–बाबु गुमाएका बालबालिकालाई मासिक २ हजार रुपैयाँका दरले सामाजिक भत्ता दिने घोषणा गरेको छ ।

प्रदेश सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल संचालन गर्ने घोषणा गरेको छ । यसको सम्भाव्यता अध्ययनको लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको जनाएको छ । भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण आउने आर्थिक वर्षबाट हुने भएको छ । सुरुङमार्ग निर्माणको पहिलो चरणमा प्रदेश सरकारले ७५ करोड रुपैँया बिनियोजन गरेको छ ।

प्रदेश सरकारले प्रदेशको राजधानी हेटौँडामा रहेका सरकारी कार्यालय भवनलाई ब्यवस्थित गर्न ९७ करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले हेटौँडामा सुविधासम्पन्न अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने भएको छ । सम्मेलन केन्द्र पूर्व प्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममाा निर्माण हुने आउँदो आर्थिक वर्षमा सम्भाव्यता अध्ययन हुने जनाइएको छ ।

सरकारले सञ्चालन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठायनलाई आधुनिक र सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधार विकास तथा उपकरणको व्यवस्था गर्न बजेट बिनियोजन गरेको छ । मातृ तथा बाल स्वास्थ्य, किशोर–किशोरी, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै प्रदेश भित्र बसोबास गर्ने सबै नागरिकलाई सहज स्वास्थ्य र खोप सेवामा पहुँच पुर्याउने कार्यलाई सहयोग पुग्ने गरी बजेटको व्यवस्था गरिएको छ । वैकल्पिक चिकित्सा पद्धतिको माध्यमबाट नागरिकलाई स्वस्थ बनाइराख्नो आयुर्वेद चिकित्सा, होमियोपेथिक, क्षारसुत्र, योग, पञ्चनकर्म लगायतका कार्यक्रम सञ्चा्लन गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।

प्रदेश अन्तर्गतका आयुर्वेद केन्द्रको भौतिक पूर्वाधार विकास, उपकरण तथा जनशक्तिको उचित व्यवस्थापन गरी वैकल्पिक चिकित्सा सेवा समेत प्रदान गर्न हेटौडा, नुवाकोट, ललितपुर र रामेछाप जिल्लामा रहेका आयुर्वेद केन्द्रलाई आयुर्वेद अस्पतालमा तथा चितवन जिल्लामा रहेको आयुर्वेद केन्द्र, रत्नलनगरलाई वैकल्पिक चिकित्सा सेवा समेत प्रदान गर्ने गरी प्रादेशिक आयुर्वेद अस्पतालमा स्तरोन्न‍ति गर्न बजेटको व्यवस्था गरिएको छ ।

बागमती प्रदेशका स्थानीय तहमा समपूरक अनुदानमा २ अर्ब ९२ करोड बजेट

बागमती प्रदेशका स्थानीय तहमा समपूरक अनुदानमा २ अर्ब ९२ करोड बजेट बिनियोजन गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्षका लागि वजेट प्रस्तुत गर्दै झण्डै तीन करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको हो । प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, बमोजिम स्थानीय तहबाट प्रस्ताव भई आएका ३ सय ९ वटा योजना तथा कार्यक्रम कार्यान्वयनको लागि समपूरक अनुदानतर्फ २ अर्ब ९२ करोड रुपैयाँ बजेट व्यवस्था गरेको उहाँले वताउनुभयो ।

प्रदेश भित्रका स्थानीय तहहरुबाट प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, बमोजिम प्रस्ताव भई आएका ९१ वटा योजना तथा कार्यक्रम सञ्चाअलनको लागि विशेष अनुदानतर्फ ४२ करोड रुपैयाँ बजेट व्यवस्था गरेको उहाँले वताउनुभयो । प्रदेश सरकारका विषयगत मन्त्रालय र निकायबाट सन्तुलित रुपमा छनौट भई आएका आयोजना र कार्यक्रममा सशर्त अनुदानतर्फ २ अर्ब ६६ करोड बजेट उपलब्ध गराउने व्यवस्था मिलाएको मन्त्री ढुंगेलले वताउनुभयो ।

कुल सशर्त अनुदान मध्ये शिक्षा तथा स्वास्थ्यतर्फका कार्यक्रमको लागि ६९ करोड, कृषि तथा सहकारीतर्फका कार्यक्रमको लागि २७ करोड लगायत अन्य भौतिक पूर्वाधारसँग सम्वन्धित कार्यक्रम सञ्चाीलनका लागि १ अर्ब ७० करोड वित्तीय हस्तान्तरण हुने व्यवस्था मिलाइएको छ । प्रदेश सरकारबाट संकलन भई प्रदेश र स्थानीय तहबीच बाँडफाँट हुने सवारी साधन करमध्ये १ सय १९ स्थानीय तहलाई कुल ४ अर्ब ३३ करोड राजस्व बाँडफाँट हुने अनुमान गरिएको छ ।

बागमती प्रदेशका नागरिकलाई खोप लगाउन दुइ अर्ब बजेट

बागमती प्रदेशका हरेक उमेर समुहका नागरिकलाई खोप लगाउनका लागि प्रदेश सरकारले बजेट छुट्याएको छ । प्रदेश सरकारले खोप खरिद गर्नका लागि मात्र दुइ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । कोभिड महामारी विरुद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्या उन प्रदेश प्रमुख कोभिड– १९ खोप कार्यक्रम मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेश भित्रका सबै नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप प्रदान गर्न २ अर्ब बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले वताउनुभयो ।

कोभिड –१९ महामारीमा उपचार, रोकथाम र नियन्त्रणको लागि अग्रपङ्गतिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका जनशक्तिलाई विशेष प्रोत्साहनको व्यवस्था गरिएको उहाँले वताउनुभयो । कोभिड–१९ बाट उत्पन्ना स्वास्थ्य जोखिमबाट सुरक्षित हुने गरी खानेपानी तथा सरसफाईका गतिविधिहरुलाई एकीकृत रुपमा सञ्चा्लन गर्न र पूर्ण सरसफाई कार्यक्रम कार्यान्वयनमा ल्याउन आवश्यक बजेट व्यवस्था गरिएको मन्त्री ढुंगेलले वताउनुभयो । कोभिड पश्चाातको पुनरुत्थानको आधारः पूर्वाधार विकास, उत्पादन वृद्धि र रोजगारू भन्ने सोचलाई आत्मसात् गर्दै कोभिड १९ महामारीबाट सिर्जित जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गराउँदै नागरिकको जिउधनको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी पूर्वाधार विकास निर्माणको कार्य अगाडि बढाइने भएको छ।

कोभिडको कारण रोजगार गुमाएका, बेरोजगार भएका, विदेशबाट फर्किएका तथा सीमान्तकृत समुदाय र आर्थिक रूपमा विपन्न युवा जनशक्तिलाई कृषि, उद्योग तथा सेवा क्षेत्रमा आकर्षित गर्न ‘मेरो गाउँ उद्यम सहित जिउँने ठाउँ’ भन्ने अभियान मार्फत् स्थानीयस्तरमा नै रोजगारी सिर्जनाका लागि साझेदारीमा क्षमता विकास, प्राविधिक सीप प्रदान सम्बन्धी कार्यक्रम सञ्चामलन गर्न आवश्यक बजेट व्यवस्था गरिएको उहाँले वताउनुभयो ।

कोभिड–१९ महामारीबाट प्रदेशको अर्थतन्त्र र समग्र विकासमा परेको असरलाई न्यूनीकरण गर्न लक्षित वर्ग र क्षेत्र विशेषमा पुनरुत्थान र पुनर्भरण कार्यक्रम सञ्चा्लन गरिने छ । बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा प्रदेश सरकारबाट सञ्चाालित उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिन २ अर्ब बजेट विनियोजन गरिएको उहाँले वताउनुभयो ।

कोभिड १९ महामारीले उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रमा पारेको असरलाई सम्बोधन गर्न “जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित” भन्ने सोचसहित युवाहरुमा उद्यमशिलता र स्वरोजगार विकास गर्न प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम लगायत युवालाई प्रोत्साहान गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ । चालिस वर्ष मुनि उमेर समूहका युवाहरुलाई लक्षित गरी सरल सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम लगायतका उद्यमी क्षमता अभिवृद्धि कार्यक्रमको लागि बजेटको व्यवस्था गरिएको छ ।
बाईलाईन डट कमको सहयोगमा

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg