Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

वर्ल्ड भिजन र नयाँ आशा स्वास्थ्य सहकारी भए मर्जर, अध्यक्षमा बजगाईँ निर्वाचित

1705129957847-1705129969.jpg

ललितपुर । सहकारीमा समस्या भइरहेका बेला ललितपुरमा दुई प्रतिष्ठित सहकारी मर्ज भएका छन । शुक्रबार ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाई पार्टी भेन्यूमा सम्पन्न भएको वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था र नयाँ आशा स्वास्थ्य सहकारी एक आपसमा मर्जर भएका हुन् ।

ललितपुरमा सम्पन्न सभाको उद्घाट गर्दै प्रमुख अतिथि संस्थाको उत्कृष्ट कारोबारी सदस्य पुष्पप्रसाद घिमिरेले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताए । पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पु(याएको उनको भनाइ थियो ।

राष्ट्रिय गानबाट शुरू भएको सभाको औपचारिक कार्यक्रमको प्रारम्भमा कार्यक्रम सञ्चालक रमेशप्रसाद घिमिरेले सभा सञ्चालनको निम्ति आवश्यक गणपुरक सदस्यहरू उपस्थित भएको घोषणा गरेका थिए । संस्थाका निवर्तमान लेखा समितिका संयोजक माधवप्रसाद सञ्जेलले उपस्थित शेयर सदस्यहरूको स्वागत गर्दै सहकारीले सामना गरिरहेका चुनौतीबारे प्रकाश परेका थिए ।

दुई संस्था मर्जर भएपछि संस्थाको नाम वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको छ । मर्जरपछि संस्थाको अध्यक्षमा चेतनाथ बजगाई सर्वसम्मत रूपमा चयन भएका छन् ।

शुक्रबार भएको एकीकृत साधारणसभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो । यस्तै, उपाध्यक्षमा मीनराज दुलाल, सचिव रमेशप्रसाद घिमिरे, सहसचिव पदमनाथ पराजुली, कोषाध्यक्ष सुरेन्द्र दाहाल, सदस्यहरू निर्मला बजगाई र राजु संजेल चयन भएका छन् ।

त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिको संयोजक टंक बास्तोला, सदस्यहरू पुरुषोत्तम सापकोटा, राजकुमार श्रेष्ठ रहेका छन् ।

सहकारी मर्जमा लगेर बचतकर्ताको रकम थप सुरक्षित, अब्बल बन्ने अध्यक्ष बजगाईँले बताए । ‘अहिले सहकारी समस्यामा छ भनेर राम्रा संस्थालाई पनि बदनाम बनाइएको छ, हामी बचतकर्ताको रकम सुरक्षित राख्छौं भनेर पुष्टि गरेका छौँ,’ बजगाईले भने ।

उपाध्यक्ष निर्वाचित दुलालले पनि सहकारी आर्थिक रूपमा झन् सबल बन्ने बताए । ‘अब सदस्य संख्या पनि थप भयो र बचत पनि बढ्यो,’ उनले भने ।

संस्थाले ललितपुरको भैँसीपाटीमा शाखा कार्यालय राख्ने निर्णयसमेत पारित गरेको अध्यक्ष बजगाईँले जानकारी दिए ।

वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारीले जिल्लामा १२ वर्षदेखि सहकारी सम्बन्धी सेवा दिएर निरन्तर रूपमा सञ्चालनमा रहेको छ । संस्थामा हाल ९ सय ४२ शेयर सदस्य तथा कुल शेयर पूँजी १ करोड ७७ लाख ७९ हजार छ ।

यसैबीच शुक्रबार भएको साधारणसभामा वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारीको आर्थिक प्रतिवेदन पेश भइ पारित भएको छ ।

कोषाध्यक्ष सुरेन्द्र दाहालले पेश गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९–०८० मा १ करोड ५४ लाख १४ हजार ७२० रुपैयाँ ५१ पैसा आम्दानी र १ करोड ४१ लाख १७ हजार २४९ रुपैयाँ १० पैसा खर्च भई १२ लाख ९७ हजार ४७१ रुपैयाँ ४१ पैसा नाफा भएको छ ।

साधारणसभाबाट अध्यक्ष बजगाईको आर्थिक वर्ष २०७९–८० को प्रगति प्रतिवेदन र २०८०–८१ को कार्यक्रम पारित भएको छ ।

साधारण सभामा उत्कृष्ट कारोबार गर्ने सदस्य, जेष्ठ सदस्य, एसईई उत्तीण हुने शेयर सदस्यहरूका छोराछोरीलाई सम्मेत सम्मान गरिएको अध्यक्ष बजगाईले जानकारी दिए ।

सहकारी–सहकारीबीच किन मर्जर गर्नु पर्छ भनेर मर्जरको बारेमा सहकारीका अभियान्ता तेजप्रसाद बजगाईले प्रकाश परेका थिए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg