pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

लुम्बिनी प्रदेश स्तरीय होमस्टे सम्मेलन सम्पन्न

1710770289353-1710770316.jpg

राजपुर(दाङ), ५ चैत्र/१३ बुँदे कठबेरुवा घोषणापत्र जारी गर्दै प्रथम लुम्बिनी प्रदेश स्तरीय होमस्टे सम्मेलन सम्पन्न भएको छ । चैत ३ गतेदेखि दाङ जिल्लाको राजपुर गाउँपालिकामा ‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान : समृद्ध मुलुक निर्माण होमस्टेको अभियान’ भन्ने मूल नारासहित सम्मेलन सुरु भएको थियो । तीन दिनसम्म चलेको सम्मेलन दाङ जिल्लाको राजपुर गाउँपालिका क्षेत्रलाई महुवा पकेट क्षेत्रको रुपमा घोषणा गर्ने माग सहित १३ बँुदे कठबेरुवा घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको छ । सम्मेलनले होमस्टेको दिगो रुपमा सञ्चालन गर्ने वातावरण निर्माणमा ध्यान दिन तीन तहकै सरकारको ध्यानाकर्षण गराएको छ । होमस्टे महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तिलकराज थारुले हस्ताक्षर गरेको घोषणापत्रमा होमस्टे प्रशिक्षण, तालिम, अभिमुखिकरण जस्ता क्षमता बिकास कार्यक्रमहरुमा एकरुपता कायम गर्नका लागि स्थानिय सरकार, प्रदेश सरकार, लगायत सरोकारवाला निकायसँग सम्पर्क, समन्वय र पहल गर्ने, होमस्टे संचालन तथा प्रवद्र्धनका लागि सरकारी निकायबाट तयार कार्यबिधि, ऐन, कानुनको अध्ययन अनुसन्धान गर्ने, विद्यमान ऐन, कानुन, कार्यविधि समुदायमैत्री बनाउन पहल गर्ने, होमस्टे सम्बन्धी अनुभवहरु, सिकाइहरु तथा आगामी रणनिती तय गर्नका लागि अन्तरराष्ट्रिय होमस्टे सम्मेलन नेपालमा आयोजना गर्ने र भगिनी सम्वन्ध बिकास गर्ने, होमस्टे संचालन तथा ब्यवस्थापनका लागि सहयोग गर्ने आन्तरिक तथा बाह्य दातृ निकायहरुसंग सम्पर्क, समन्वय र सहकार्यका लागि पहल गर्नुका साथै सम्बन्ध बिकास गर्ने बिषयलाई प्राथमिकतामा राखिएको छ । यसैगरी घोषणापत्रमा लुम्बिनी प्रदेश भित्र संचालित होमस्टेहरुको ब्राण्डिङ, रंग, लोगो, बोर्ड साइज, अक्षर आदिमा एकरुपता कायम गर्ने, नेपालमा संचालनमा रहेका सफल होमस्टेमा भए गरेका राम्रा अभ्यासहरु, सिकाईहरु प्रभावहरुको खोज अनुसन्धान गर्ने र सफल अभ्यासहरु र सिकाइ एक आपसमा आदान प्रदान गर्दै यसको दायरा बढाउने, प्राकृतिक, सांस्कृतिक, वातावरण बीच सुमधुर सन्तुलन कायम राखी पर्यटकीय सम्पदाको खोजी, संरक्षण तथा सम्वद्र्धन गर्ने, होमस्टेमार्फत रैथाने कृषि, कला, सिप, प्रबिधि, स्थानीय उद्यमशिलता विकासमा, युवा, महिला र विपन्न वर्ग लगायत सवैलाई संलग्न गराउदै गाउँ गाउँमा रोजगार सृजना गर्न पहल गर्ने, होमस्टेमा संचालन हुने औपचारिक बैठक, सभा, समारोह, तालिम, गोष्ठी आदिमा साथै होमस्टेमा आउने पाहुनाहरुलाई स्थानीय उत्पादनका साथै यथासक्य रैथाने बालीमा आधारित स्थानीय मौलिक खाद्य परिकारलाई खाजा तथा खानाको रुपमा प्रयोग गर्न पहल गर्ने, प्रभावकारी तथा बिधिसम्मत रुपमा होमस्टे संचालन तथा प्रवद्र्धनका लागि सहभागितामूलक अनुगमन तथा निरिक्षण कार्यबिधि तयार गरी लागु गर्ने, गराउने, होमस्टेको उत्पादनलाई ब्राण्डिङ तथा बजारिकरण गर्ने लगायतको बिषय समेटिएको छ। होमस्टे महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तिलकराज थारुको अध्यक्षतामा भएको सम्मेलन लुम्बिनी प्रदेश, वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका सचिव मोहनराज काफ्लेको प्रमुख आतिथ्यतामा भएको थियो । सम्मेलनमा होमस्टे महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रेमशंकर मर्दनियन थारु, उपाध्यक्ष धनिश्वर बस्याल, महासचिब कृष्णलाल चौधरी, कोषाध्यक्ष सुरज बास्तोला, केन्द्रीय सचिवालय सदस्य माधव कार्की, केन्द्रीय सदस्यहरु बुझौना थारु, रामकुमार थारु लगायत बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । लुम्बिनी प्रदेशमा १० वटा निजी र ४२ वटा समुदायिक गरी ५२ वटा होमस्टे सञ्चालनमा छन् ।

फोटो खोल्नुहोस्

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...