Sunday, 19 May, 2024
पर्यटन

लुम्बिनी प्रदेश स्तरीय होमस्टे सम्मेलन सम्पन्न

1710770289353-1710770316.jpg

राजपुर(दाङ), ५ चैत्र/१३ बुँदे कठबेरुवा घोषणापत्र जारी गर्दै प्रथम लुम्बिनी प्रदेश स्तरीय होमस्टे सम्मेलन सम्पन्न भएको छ । चैत ३ गतेदेखि दाङ जिल्लाको राजपुर गाउँपालिकामा ‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान : समृद्ध मुलुक निर्माण होमस्टेको अभियान’ भन्ने मूल नारासहित सम्मेलन सुरु भएको थियो । तीन दिनसम्म चलेको सम्मेलन दाङ जिल्लाको राजपुर गाउँपालिका क्षेत्रलाई महुवा पकेट क्षेत्रको रुपमा घोषणा गर्ने माग सहित १३ बँुदे कठबेरुवा घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको छ । सम्मेलनले होमस्टेको दिगो रुपमा सञ्चालन गर्ने वातावरण निर्माणमा ध्यान दिन तीन तहकै सरकारको ध्यानाकर्षण गराएको छ । होमस्टे महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तिलकराज थारुले हस्ताक्षर गरेको घोषणापत्रमा होमस्टे प्रशिक्षण, तालिम, अभिमुखिकरण जस्ता क्षमता बिकास कार्यक्रमहरुमा एकरुपता कायम गर्नका लागि स्थानिय सरकार, प्रदेश सरकार, लगायत सरोकारवाला निकायसँग सम्पर्क, समन्वय र पहल गर्ने, होमस्टे संचालन तथा प्रवद्र्धनका लागि सरकारी निकायबाट तयार कार्यबिधि, ऐन, कानुनको अध्ययन अनुसन्धान गर्ने, विद्यमान ऐन, कानुन, कार्यविधि समुदायमैत्री बनाउन पहल गर्ने, होमस्टे सम्बन्धी अनुभवहरु, सिकाइहरु तथा आगामी रणनिती तय गर्नका लागि अन्तरराष्ट्रिय होमस्टे सम्मेलन नेपालमा आयोजना गर्ने र भगिनी सम्वन्ध बिकास गर्ने, होमस्टे संचालन तथा ब्यवस्थापनका लागि सहयोग गर्ने आन्तरिक तथा बाह्य दातृ निकायहरुसंग सम्पर्क, समन्वय र सहकार्यका लागि पहल गर्नुका साथै सम्बन्ध बिकास गर्ने बिषयलाई प्राथमिकतामा राखिएको छ । यसैगरी घोषणापत्रमा लुम्बिनी प्रदेश भित्र संचालित होमस्टेहरुको ब्राण्डिङ, रंग, लोगो, बोर्ड साइज, अक्षर आदिमा एकरुपता कायम गर्ने, नेपालमा संचालनमा रहेका सफल होमस्टेमा भए गरेका राम्रा अभ्यासहरु, सिकाईहरु प्रभावहरुको खोज अनुसन्धान गर्ने र सफल अभ्यासहरु र सिकाइ एक आपसमा आदान प्रदान गर्दै यसको दायरा बढाउने, प्राकृतिक, सांस्कृतिक, वातावरण बीच सुमधुर सन्तुलन कायम राखी पर्यटकीय सम्पदाको खोजी, संरक्षण तथा सम्वद्र्धन गर्ने, होमस्टेमार्फत रैथाने कृषि, कला, सिप, प्रबिधि, स्थानीय उद्यमशिलता विकासमा, युवा, महिला र विपन्न वर्ग लगायत सवैलाई संलग्न गराउदै गाउँ गाउँमा रोजगार सृजना गर्न पहल गर्ने, होमस्टेमा संचालन हुने औपचारिक बैठक, सभा, समारोह, तालिम, गोष्ठी आदिमा साथै होमस्टेमा आउने पाहुनाहरुलाई स्थानीय उत्पादनका साथै यथासक्य रैथाने बालीमा आधारित स्थानीय मौलिक खाद्य परिकारलाई खाजा तथा खानाको रुपमा प्रयोग गर्न पहल गर्ने, प्रभावकारी तथा बिधिसम्मत रुपमा होमस्टे संचालन तथा प्रवद्र्धनका लागि सहभागितामूलक अनुगमन तथा निरिक्षण कार्यबिधि तयार गरी लागु गर्ने, गराउने, होमस्टेको उत्पादनलाई ब्राण्डिङ तथा बजारिकरण गर्ने लगायतको बिषय समेटिएको छ। होमस्टे महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तिलकराज थारुको अध्यक्षतामा भएको सम्मेलन लुम्बिनी प्रदेश, वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका सचिव मोहनराज काफ्लेको प्रमुख आतिथ्यतामा भएको थियो । सम्मेलनमा होमस्टे महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रेमशंकर मर्दनियन थारु, उपाध्यक्ष धनिश्वर बस्याल, महासचिब कृष्णलाल चौधरी, कोषाध्यक्ष सुरज बास्तोला, केन्द्रीय सचिवालय सदस्य माधव कार्की, केन्द्रीय सदस्यहरु बुझौना थारु, रामकुमार थारु लगायत बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । लुम्बिनी प्रदेशमा १० वटा निजी र ४२ वटा समुदायिक गरी ५२ वटा होमस्टे सञ्चालनमा छन् ।

फोटो खोल्नुहोस्


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...