pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

रूपचन्द्र विष्टबारे १७ तथ्य

रुपचन्द्र विष्ट ‘रुदाने’ (रूप दामन नेपाल) परिवर्तनकारी, दार्शनिक र राजनीतिज्ञ थिए । सबैले बिर्सिसकेको यो नाम मृत्युको १७ वर्षसम्म पनि उस्तै रहस्यमय थियो । ‘थाहा अभियान’ सुरु गर्ने तिनै विष्टबारे अहिले चलचित्र ‘रुदाने’ बनिरहेको छ । यहाँ उनीबारे केही तथ्य प्रस्तुत गरिएको छ:

१) रुपचन्द्र विष्ट विसं. १९९० पुस २६ गते मकवानपुर जिल्लामा जन्मेका थिए । न्वारनको नाम केदारबहादुर थियो । बुवाको नाम पदमबहादुर र आमाको नाम चित्रकुमारी थियो ।

२) सम्पन्न परिवारमा जन्मेर पनि उनले त्यसको उपयोग गरेनन् । १० वर्षको उमेरमै घरपरिवार त्यागेर काठमाडौं आए । घरेलु कामदारको रूपमा काम गरी आफैं कमाउन थाले ।

३) १९ वर्षको उमेरमा उनले कम्युनिस्ट पार्टीको सदस्यता लिए । सरकारको विरुद्धमा बोलेका कारण उनी जेलमा पनि परे । जेलबाट छुटेपछि विश्वास अभाव भन्दै उनले कम्युनिस्ट पार्टी छोडे । त्यसपछि उनी समाजसेवामा लागे । उनले २०१५ को स्थानिय चुनावका लागि नाम दर्ता गरे पनि जित्न भने सकेनन् ।

४) जीवनमा केही नयाँ अनुभव लिन उनी लागिपर्थे । त्यही बानीका कारण उनले खलासी भएर पनि काम गरे । त्यसपछि उनले ट्रक चलाउन सिके । ७ महिना राजमार्गमा ट्रक चलाएर बिताए ।

५) २६ वर्षको उमेरमा उनले ‘सीताराम हाइस्कुल’बाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । त्रिचन्द्र कलेजबाट स्नातक उत्तीर्ण गरे । त्यसपछि उनी कालीमाटी गाउँ पञ्चायतमा निर्वाचित भए । तर, सरकारविरुद्ध बोलेको भन्दै प्रहरी उनको पछि परेको थियो । त्यही कारण उनी तीन वर्षसम्म भूमिगत रहे । विसं. २०२२ मा उनी फेरि दामन पालुङबाट निर्वाचित भए । यसपटक त्यहाँका स्थानीयको धेरै सर्मथन भएको हुँदा प्रहरीले पक्राउ गर्न सकेन ।

६) प्रधानपञ्च भएर उनले समुदायका लागि केही प्रगतिशील काम गरे । हरेक महिना एकदिन प्रत्येक घरबाट एकजना (१६ देखि ६० वर्षसम्मका) व्यक्ति सामुदायिक कार्यका लागि अनिवार्य जानुपर्ने नियम बनाए । उनले स्वास्थ्य संस्था र विद्यालय बनाउन पनि सहयोग गरे । उनले ‘जनशक्ति जनहितमा जारी’ भन्ने अभियान सुरु गरे ।

७) उनले उमा शाहसँग विवाह गरे, जसबाट दुई सन्तान भए । उनले विवाहको लगन नै नहुने महिना पुसमा विवाह गरेका थिए । विवाहमा उनले कुनै भोज भतेरको आयोजना गरेका थिएनन् । त्यो कुनै भोजबिनाको सानो जमघटमात्रै थियो । विवाह गरेको केही वर्षपछि उनीहरु छुट्टिए । त्यसको केही समयपछि उनीहरूको सम्बन्धबिच्छेद भयो ।

८) रूपचन्द्र त्यति नम्र स्वभावका थिएनन् । उनी प्रायःलाई ‘तँ’ भनेर सम्बोधन गर्थे । एकदमै कम व्यक्तिलाई ‘तिमी’ भन्थे । औंलामा गन्न सकिने पनि थिएनन् होला, जसलाई उनी ‘तपाईं’ भनेर सम्बोधन गर्थे । उनले बहुसंख्यक नेपालीहरूको प्रवृत्तिलाई घृणा गरेर भन्थे, “भाते नेपालीहरूलाई भात खान पाएपछि केही चाहिँदैन ।” उनको अर्थ यो थियो कि हामी नेपालीहरू केही कुरामा पनि सजग छैनौं, हामीलाई बाँच्नका लागि खान पाएमात्रै पुग्छ । हामीले थाहा पाउनुपर्छ भन्ने कुरामा उनले सधैं जोड दिए । ‘थाहा पाइराख् भाते’ भन्ने उनको मनपर्ने वाक्य थियो ।

९) उनी एकदम अग्ला र बलिया थिए । मानिसहरू भन्छन्, “उनी हेर्दा धेरै राम्रो देखिए पनि आफूले लगाउने लुगामा खासै ध्यान दिँदैनथे । झुत्रे भएर हिँड्थे ।”

१०) विसं. २०२८ सालमा उनी नातेदार भेट्न नारायणगढ गए । केहीबेरको कुराकानीपछि उनी अचानक देउघाट गएर नारायणी नदीमा नांगै हाम फाले । उनको केही खबर नआएपछि सबैले उनी मरेको आशंका गरे । केही वर्षपछि उनी फेरि लामो दाह्री लिएर देखा परे । त्यसपछि उनी पालुङ फर्केर गए र समुदाय/विद्यालयका लागि काम गर्न थाले । मानिसहरूले उनलाई ‘बहुलाएको मान्छे’ भन्थे ।

११) उनले फेरि सबैथोक छोडेर सिमभन्ज्याङ मकवानपुरमा बाख्रापालन सुरु गरे । त्यसपछि उनले जंगलबाट ल्याएका सबै बोटविरुवाबाट जडिबुटी निकालेर परीक्षण गर्न थाले । पछि उनले दामनमा होटेल र रेस्टुराँ खोले ।

१२) त्यसपछि उनले ‘थाहा अभियान’ सुरु गरे ।

१३) सन् २०१३ मा नेपाल सरकारले उनको फोटो राखेर हुलाक टिकट जारी गर्‍यो, जसमा उनलाई ‘नेता’ भनेर सम्बोधन गरिएको थियो ।

१४) थाहा नगरपालिका उनको योगदानस्वरूप उनैलाई समर्पण गरिएको हो । यो मकवानपुरमा छ । त्यहाँ उनको मूर्ति पनि छ । थाहा नाममा एफएम र अनलाइन पनि छन् ।

१५) २०४६ सालको बहुदलीय व्यवस्था पुनःस्थापनापछि उनी कुनै राजनीतिक दलमा सामेल भएनन् तर राजनीतिप्रतिको इच्छा पनि त्यागेनन् । २०४८ को चुनावमा उनी मकवानपुरबाट स्वतन्त्र उम्मेदवारमा उठे । २०५१ सालमा मकवानपुर र काठमाडौंबाट उम्मेदवारी दिए । तर, उनले दुबै स्थानबाट हारे ।

१६) उनी धेरै राम्रो कवि पनि थिए । उनले समाजलाई जागरुक बनउने खालका कविताहरू लेखेका थिए । जस्तै:
चार माना माटोसँग तेरो नाता पर्‍यो भनेर
माटोको भाँडाले तँसित दोस्ती गर्‍यो भनेर
बसिस् कैद गमालामा सारा पृथ्वी छोडेर

१७) उनको जीवनीमा आधारित रहेर चलचित्र पनि बनेको छ, जसको नाम ‘रुदाने: विद्रोहको नेपाली नाम’ राखिएको छ । यसलाई जागृत रायमाझी, विकास ढकाल र अमितकिशोर सुवेदीले बनाउँदै छन् । रूपचन्द्र विष्टको भूमिका दिव्य देवले निर्वाह गर्नेछन् । 

रूपचन्द्रको मृत्यु २०५६ सालमा भएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...