pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

राज्यको न्यून उपस्थिति,जीर्ण सडक र अनियमित विद्युत थाहाको पर्यटन प्रबर्धनका चुनौती हुन् ।

khatri-1646050533.jpg

थाहा नगरपालिका क्षेत्र भित्र रहेका होटल हरुको छाता संगठन थाहा होटल एसोसियसन सँग आवद्ध होटलहरुको संख्या १ सय ४७ छ । कृषी र पर्यटनलाई थाहा नगरको समृद्धीका रुपमा लिईन्छ । देशको राजधानी काठमाडौ सँगको नजिक भएको तराईबाट छिटो र सहजै पुग्न सकिने उत्तरी मकवानपुर देशकै पर्यटकिय गन्तब्य हो । यहाँको पर्यटन प्रबद्र्धनमा थाहा नगरमा रहेका होटलहरुको योगदान प्रशंसनिय छ । थाहा नगरको पर्यटन प्रवद्र्धन र होटल व्यावसायका बारेमा थाहा होटल एसोसियसनका अध्यक्ष शिव कुमार खत्री सँग थाहा पाटीले गरेको कुराकानी । 

थाहा नगर प्राकिृत सुन्दरता सँगै ऐतिहासिक पुरातात्विक महत्वका मठ मन्दिर,चैत्य गुम्बा,  विभिन्न जात–जातीको पहिचान, वन वनस्पतीको अध्ययन केन्द्र हित जल जमिन र पहाड हिमालमा सम्भव हुने खेल क्रिडा सँगै रक क्लाईम्बिङ्ग, बन्जी र पाराग्लाईडिङ्गको  सम्भावना रहेको ठाँउ हो ।

 

थाहामा अहिले होटल व्यवसायको अवस्था कस्तो छ ? 
थाहा नगर पर्यटकिय क्षेत्र भएको हामी सबैलाई थाहा छ । होटल विना पर्यटन प्रवद्र्धनको सम्भावना हुन्न पनि । पछिल्लो समय कोरोना महामारी पछि होटल व्यवसायमा हुन्यता आएको छ । बाह्य पर्यटक बन्छ हुनु र आन्तिरिक पर्यटकहरुमा महामारीको त्रासका कारण होटल व्यवसाय थलिएको छ । यो पिडा देशै भर छ र थाहा नगरका होटल पनि यही समस्याका कारण पिडित छन् । तथापी पिडा लुकाउदै नगरको पर्यटन प्रबद्र्धनमा व्यवसायिक इमान्दारिता देखाउदै सेवा प्रदान गरिरहेका छौं । 

राज्यको निकायले ध्यान दियोस सहयोग गरोस दामन दार्जेलिङ्ग बन्छ, दार्जेलिङ्ग घुम्न दामन आउछन, चित्लाङ्ग चिनारी बन्छ, टिस्टुङ्गको ईतिहास पढिन्छ आग्रा पहिचान बन्छ । अनि कसल रोक्न सक्छ थाहा नगरको समृद्धी । 

 

थाहा होटल एसोयिसन कस्तो संस्था हो ? 
नामबाटै प्रष्ट छ , यो होटल व्यवायीहरुको छाता संगठन हो । थाहा नगर भित्र रहेका ठुला–साना १ सय ४७ होटल आवद्ध छन् । राज्यको नारा पर्यटन प्रमुख रुपमा छ तर पुर्वाधार र त्यसको व्यस्थापन राज्यको प्राथमिकतामा छैन । पर्यटनका कुरा हुन्छ तर काम नहुँदा पर्यटन क्षेत्रमा सोचेजस्तो प्रगति नहुने भएकाले होटल व्यवसायीहरुको छाता संगन बनाई थाहा नगरमा आउने पर्यटकका लागि उचित,व्यवस्थित र सुरक्षित खानपान र बास बाट मनोरञ्जन प्रदान गर्ने उत्साहबाट यो संस्थ बनोको हो । व्यवसायलाई सुरक्षित र मर्यादित बनाउदै गुण्स्तिरिय सेवा प्रदान गर्ने हाम्रो उदेश्य प्राप्तीकालागि यो संस्था क्रियाशिल छ । 

राज्य व्यावसायी सँग छलफल गरेर पर्यटनका योजना बनाउन र अगाडी बढ्न तयार नभए सम्म पर्यटनमा देखिने सुधार हुन्न । थाहामा पनि यस्तै समस्या छन् । अपार  स्रोतको धनी थाहामा पर्यटनका क्षेत्रमा योजनाबद्ध काम नहुँदा यो क्षेत्र अलमलिएको छ । थाहाको अहिलेको पर्यटन होटल व्यावसायीले मात्र धानेको अवस्था छ । राज्यको उपस्थिति कमजोर छ ।

 

थाहामा पर्यटनको सम्भावान कस्तो देख्नु भएको छ ? 
हाम्रो देशको पर्यटन विकास हुन नसकेको मुख्य विषय यहि प्रश्नको उत्तरमा छ । जसरी शिक्षकले विद्यार्थी सँगको अन्तरसम्बादबाट उसको सिकाईको अवस्था पहिचान गरि विद्यार्थीको क्षमता बढाउछ त्यसै गरि होटल व्यावसायी पर्यटकसँगको घुलमिलबाट उनिहरुको रुची बुझ्न सक्छन र रुची अनुसार खुसी बनाउने उपाय सोच्छदन । तर यो कुरा होटलको गाँस बास सँग मात्र सिमित हुन्छ । तर  आनन्दित हुन हिडेको पर्यटकको ईच्छा आंकाक्षा धेरै हुन्छन । जुन पुरा गर्न गर्नु पर्ने कुरा राज्यको निकाय सँग अधिकार हुन्छ तर व्यावसायीलाई थाहा हुन्छ । राज्य व्यावसायी सँग छलफल गरेर पर्यटनका योजना बनाउन र अगाडी बढ्न तयार नभए सम्म पर्यटनमा देखिने सुधार हुन्न । थाहामा पनि यस्तै समस्या छन् । अपार  स्रोतको धनी थाहामा पर्यटनका क्षेत्रमा योजनाबद्ध काम नहुँदा यो क्षेत्र अलमलिएको छ । थाहाको अहिलेको पर्यटन होटल व्यावसायीले मात्र धानेको अवस्था छ । राज्यको उपस्थिति कमजोर छ । केहि भौतिक निर्माणमा बजेट खर्च देखाएरमात्र पर्यटनको विकास हुँदैन । थाहा नगर प्राकिृत सुन्दरता सँगै ऐतिहासिक पुरातात्विक महत्वका मठ मन्दिर,चैत्य गुम्बा,  विभिन्न जात–जातीको पहिचान, वन वनस्पतीको अध्ययन केन्द्र हित जल जमिन र पहाड हिमालमा सम्भव हुने खेल क्रिडा सँगै रक क्लाईम्बिङ्ग, बन्जी र पाराग्लाईडिङ्गको  सम्भावना रहेको ठाँउ हो । यी सबै यहाँ हुँदा यता लाग्न हामी नसक्नु हाम्रो कमजोरी हो । सम्भावान अथाहा छ तर चिन्न जान्न बुझ्न र उपयोग गर्न ढिला भयो । पहिचान हामीले गरेका छौं । राज्यको निकायले ध्यान दियोस सहयोग गरोस दामन दार्जेलिङ्ग बन्छ, दार्जेलिङ्ग घुम्न दामन आउछन, चित्लाङ्ग चिनारी बन्छ, टिस्टुङ्गको ईतिहास पढिन्छ आग्रा पहिचान बन्छ । अनि कसल रोक्न सक्छ थाहा नगरको समृद्धी । 

थाहाका धार्मिक स्थालको संरक्षण र प्रचार प्रसार गरे मात्र पुग्छ । कुन्छाल,बज्रबाराही चित्लाङ्गको ऐतिहाँसिकता मौलिकताको जगेर्ना गरे मात्र पुग्छ । दामनको वनस्पती उद्यान र वागमानी केन्द्रलाई बहुउपयोगी बनाउन सके मात्र वन वनस्पतीको विश्व अध्ययन केन्द्र बन्छ । टिस्टुङ्ग र आग्रामा रक क्लाईम्बिङ्ग,पाराग्लाईडीङ्ग र बञ्जी केन्द्र बनाउन सके मान्छे आईरिन्छन् ।

 


राज्यले पर्यटनलाई प्राथमिकतामा राखेको छ तर तपाई राज्यको उपस्थिती भएन भन्नु हुन्छ ? के गर्नु प¥यो र ? 
राज्यको नारामा र भाषणमा भएको पर्यटन व्यवहारमा आए विश्व नेपाल घुम्न आउथ्यो । यो मैले किन भने अचम्म लाग्ला तर मैले हाम्रो अनुभवले पाएको हिम्मतलाई विश्वासमा बदली भनेको हो । सन् २०१८ मा पर्यटन दिवस मनाउदै गर्दा राज्यले ठमेल,पोखरा,सौराहा र दामनलाई  पर्यटकिय गन्तब्यका रुपमा विकास गर्ने भनियो तर  त्यो नारामै सिमित भयो । एउटा ठाँउ एउटा पहाड राता रात पुर्वाधारले दार्जेलिङ्ग बनाईयो हामी घुम्न जान्छौ तर हजारौ ठाँउ र सयौ पहाड भएका हामी दार्जेलिङ्ग हेरेर बस्छौ । बुझ्नुस हाम्रो अवस्था । 

के कस्तो पुर्वाधारको विकास हुनु प¥यो र ? 
पुर्वाधार भनेको हामीलाई घर बनाईदेउ भनेको होईन । थाहा नगरको पर्यटन कति चुनौति छ  छर्लङ्ग छ । काठमाडौ र तराई बाट नजिक भएको पर्यटकिय क्षेत्र तर पुग्ने बाटो सधैं जिर्ण हुन्छ । ६५ कि.मी. को यात्रा ४/५ घण्टा लाग्छ घुम्न आएका मान्छे टाउको समाउदै हिड्नु पर्ने बाध्यता छ ।  काठमाडौबाट नगर आउन छोटो बाटो चित्लाङ चन्द्रगिरी सडक भनिय पनि राज्यको प्राथमिकतामा नपर्दा व्यावसायी र स्थानिय मिली खबरदारी गरि बनाईहेको अवस्था छ । बाटो बनाउन हामी लाग्नु पर्ने अवस्थाले के चित्रण गर्छ सजिर्लै बुझ्न सकिन्छ । नगरमा बिजुली नियमित छ । २/४ पटक झ्याप्प झ्याप्प नगएको दिन हुन्न कहिले त लगातार २/४ दिन आउदैन । नगरका ग्रामिण सडक हिलाम्मे र धुलाम्मे हुन्छन् । यी पुर्वाधार राज्यको दायित्व हुन् भनेको मैले । 

थाहामा तत्काल गर्न सक्ने सम्भाव्यता पहिचान गर्नु भएको छ ? 
अगाडी पनि धेरै कुरा आईसके । शब्दमा हैन थाहाको सम्भाव्यता अथाहा छ जुन पहिचान गर्ने हैन पहिल्याउने हो । दामन सिमभन्ज्याङ्ग क्षेत्रमा जग्गाको समस्या टुङ्ग्याई व्यावसायको सुनिश्चितता भए काया पलट हुन्छ । थाहाका धार्मिक स्थालको संरक्षण र प्रचार प्रसार गरे मात्र पुग्छ । कुन्छाल,बज्रबाराही चित्लाङ्गको ऐतिहाँसिकता मौलिकताको जगेर्ना गरे मात्र पुग्छ । दामनको वनस्पती उद्यान र वागमानी केन्द्रलाई बहुउपयोगी बनाउन सके मात्र वन वनस्पतीको विश्व अध्ययन केन्द्र बन्छ । टिस्टुङ्ग र आग्रामा रक क्लाईम्बिङ्ग,पाराग्लाईडीङ्ग र बञ्जी केन्द्र बनाउन सके मान्छे आईरिन्छन् । स्थानिय सरकार प्रदेश सरकार र केन्द्र सरकार लागे यी असम्भब हुन र ? 

तत्काल देखिने गरि पर्यटन प्रवद्र्धनमा गर्न सक्ने काम के छन त ? 
पर्यटनका सम्भावना व्यवसायीले चिनेको हुन्छ ? हामी होटल व्यवसायी पर्यटन प्रवद्र्धक हौ । राज्यले हामी सँग समन्वय गरे हालेमालो गर्न तयार छौं । थाहामा पर्यटनका लागि छुट्टिएको बजेट पर्यटनकै उपलब्धीमुलक काममा खर्च गरौं । नगरले हामी सँग समन्वय गरे हरकदम सहयोग गर्न तयार छौं । हामी सँग अनुभव छ योजना छ नगरको स्रोत त्यसमा मिलाएर अगाडी बढे हामी पनि हौसिन्छौ ।

 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...