Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

मनहरी समृद्धको तेश्रो साधारण सभा गोल्डेन कार्ड प्राप्त गर्ने शेयर सदस्यलाई मासिक ब्याजमा १ प्रतिशत छुट

1699108050765-1699108074-1699108360.jpg

मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेमा अवस्थित मनहरी समृद्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएकोछ । 
शनिबार सम्पन्न भेलाले नयाँ कार्य समिती समेत प्राप्त गरेकोछ । सहकारीको नयाँ नेतृत्वमा नारायण सुवेदी चयन भएको हो । सुवेदी  उधोग बाणिज्य संघ पश्चिम क्षेत्र समिती सभापती समेत रहिसक्नुभएकोछ ।
भेलाबाटै असल ऋणी शेयर सदस्यहरुलाई गोल्डेन कार्ड प्रदान गरिएको थियो ।गोल्डेन कार्ड प्राप्त गर्ने शेयर सदस्यले मासिक ब्याजमा १ प्रतिशत छुट समेत प्राप्त गर्नेछन् । २०७६ सालमा स्थापना भई सहकारी अभियान सन्चालन गरेको संस्थाको शेयर सदस्य २०८० असार मसान्तसम्म ६ सय ६६ जना शेयर सदस्य रहेको छ भने कात्तिक १८ गते सम्म २ सय भन्दा बढी नयाँ सदस्य थपिएको श्रोतले जनाएकोछ ।
चार बर्षको अबधिमा ४३ लाख १८ हजार पाँच सय बैसठ्ठी बराबरको सम्पती सस्थाको नाममा जोडिसकेकोछ । भने संस्थाले १० लाख ३५ हजार छ सय नौ रुपैयाँ खुद नाफा गरेकोछ । यस्तै गरि संस्थाले  २ करोड ९७ लाख २६ हजार छ सय छत्तीस रुपैया ७७ पैसा को कारोबार गरेकोछ ।
कार्यक्रमका प्रमुख अतिथी तथा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतिले शेयर सदस्यहरुलाई  संस्थाको आयब्यय सूक्ष्म ढंगले अनुसन्धान गर्न आग्रह गर्नुभयो । साथै सहकारीको हरेक सवालमा निगरानी राख्नु पर्दछ । भन्दै सहकारी हरेक शेयर सदस्यको आफ्नै सम्पती भएको बताउनुभयो । एक अर्को प्रसङ्गमा 
 गाउँपालिकाले सहकारीसङ्ग सहकार्य गर्दै पशु पालनलाई प्राथमिकता दिदै आईरहेको बताउनुभयो । पालिका किसान मैत्री रहेको भन्दै आगामी दिनमा किसानलाई दानामा अनुदान दिने तर्फ पालिकाले सोचिरहेको बताउनुभयो । 
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।यस्तैगरी मनहरी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष राजकुमार श्रेष्ठ बिशिष्ट अतिथी यस्तै उधोग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मनहरीका सभापती गणेश मान मानन्धर , दिब्यज्योती बचत तथा ऋण सहकारीका अध्यक्ष सुजिता कार्की, मनहरी बचतका अध्यक्ष नारायण भट्ट लगाएत अन्यको आतिथ्यता रहेको थियो ।
हेमलाल उप्रेतिको नेतृत्वमा रहेको सहकारी पछिल्लो समय संस्थाकै उपाध्यक्ष रामु दराईले नेतृत्व गर्दै आईरहनुभएको थियो ।
रामु दराईको नेतृत्वको समिति भंग भएसङ्गै 
 दिपक पौडेल, दिपक अधिकारी  र राम चन्द्र पुरी तीन सदस्यीय निर्बाचन मण्डल गठन गरिएको थियो ।
निर्बाचन मण्डलका संयोजक दिपक पौडेलले नवनिर्बाचित समितिलाई सपथ खुवाउनु भएको थियो । नब निर्बाचित टिमको अध्यक्षमा नारायण सुवेदी , उपाध्यक्ष रामु दराई, सचिब पुष्कर सुबेदी, कोषाध्यक्ष नवराज पराजुली सहित नौ सदस्यीय कार्यसमिति रहेकोछ ।यस्तैगरी बिष्णुहरी सुवेदी लेखा संयोजक  मिलन अर्याल र रचना गोपाली सदस्यमा निर्बाचित गरिएकोछ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg