Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

मकवानपुर गढी पर्यटन विकास समितिको अध्यक्षमा न्यौपाने चयन

1748010290885-1748010382.jpg

हेटौँडा । मकवानपुर गढी पर्यटन  विकास समन्वय समितिको अध्यक्षमा केदार प्रसाद न्यौपाने चयन भएका छन् । समितिको शुक्रवार हेटौँडामा भएको १५ औँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट न्यौपानेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । 

समितिको उपाध्यक्षमा शंकरलाल श्रेष्ठ, सचिवमा ओकिलराज बानिया, कोषाध्यक्षमा शंकर बि.सी. र सह–सचिवमा अनिल पराजुली चयन  भएका हुन । समितिको सदस्यहरूमा क्रमशः एमपी शर्मा, उमा श्रेष्ठ, सङ्ग्राम श्रेष्ठ, सुमित श्रेष्ठ, विनोद पुडासैनी र कृष्ण प्रसाद पोखरेल चयन भएका हुन । समितिको सल्लाहकार एवम् संरक्षकमा बद्री प्रसाद खतिवडा, घनश्याम शंकर शर्मा, भागीरथी शर्मा खरेल, रामप्रसाद घिमिरे र विष्णु प्रसाद सिग्देल चयन भएका छन् । 

हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पर्यटन क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन । मकवानपुर गढी पर्यटन विकास समन्वय समितिमा विभिन्न पदमा रही संस्थाको विकासमा योगदान पुर्याउनेहरुलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो । 

मकवानपुरको मकवानपुर गढी सहित ढुङ्गे गढी, बकैयामा रहेको अम्बास गढी, चिसापानी गढी, पालुङ गढी, टिस्टुङ गढी, चित्लाङ गढी र कोटथुम्की गढी प्रचार प्रसारको अभावमा अझैँ ओझेलमा परेको अध्यक्ष न्यौपानेले बताए । उनले पालिका र नेपाली सेना सँग सहकार्य गरेर गढीको महत्वलाई अझैँ उजागर गर्ने प्रतिबद्धता जनाए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...