Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

मंगलवारे धार्मिक यात्रा चतुरमुखी,गोरखनाथ पाथीभरा:-यादव रायमाझी

1707234077946-1707234128.jpg

सबै द्वेष दोष बिकार र अमंगलहरुको नास गरी जिवनलाई मगलमय बनाउनलाई मंगलवारको व्रतलाई उत्तम मानिन्छ । यस दिन बिशेष गरी गणेश जी र हनुमान जीको पुजा आराधना गरिने भए पनि नेपाली समाजमा अन्य देवी देवताको समेत पुजा पाठ गर्दै वर्त बस्ने चलन रहेको छ । जसको वर्त बसे पनी वर्तका दिन आफ्नो वरपरको मठ मन्दिर गएर दर्शन गर्ने गरिन्छ । 

 हुनलाई थाहा नगर भित्र थुप्रै धार्मिक आस्थाका केन्द्रहरु छन । हरेको वडामा बिशेष अर्थ अनि महत्व बोकेका शक्तीपिठ र मन्दिरहरु रहेका छन । तिनै मध्ये एक थाहा नगरपालिका वडा नम्वर तिनमा रहेको देवी पाथीभराको मन्दिर पनि अहिले चर्चा चुलिदै गएको शक्तीपिठ हो । थाहा नगरपालिका शिखरकोटको राधाकृष्ण बाट मंगलवारका दिन पारी छोटो तिर्थ यात्रा सुरु गर्न सकिन्छ । यस पछी नजिकै रहेको गोपाली गाउँको श्री सेती गणेश मन्दिर दर्शन गरेर थाहा तिन कै अर्को पबित्र पिठ गोरखनाथ मन्दिर पुगी केही बेर सुस्ताउन सकिन्छ । बिस्तारै उकालो लाग्दै गर्दा करिब ७०० मिटर माथी वागेश्वर  मन्दिर रहेको छ जहाँ हरेक बैशाखको १ गते मेला लाग्ने गर्दछ ।  यहाँ सम्म अटो बाईक वा अन्य सवारी साधनबाट सिधै पुग्न पनि सकिन्छ । यस पछि भने जंगल भित्रको बाटो हुदै जानुपर्ने हुन्छ । सुस्तरी सुसाउदै गरेको सल्लाको हावा, चराचुरुङ्गीको मिठो आवाज र बाटोबाटै देखिने मनोरम हिमचुली नियाल्दै जादा थकान महसुस हुन पाउदैन । थाहा नगरबाट हिमाल देख्नु र हेर्नु नौलो कुरा होईन  तर हिमाल सँगै यहाँबाट पालुङ शहर, घर्तीखोला, अंगारे शिखरकोट, दामन, झिरघारी ओखरगाँउ, सरस्वती बजारलाई फरक कोणबाट नियाल्न सकिन्छ ।  

 एक्लै पदयात्रा गर्नेहरुलाई पनी पाथीभरा सम्म पुग्न कुनै दुबिधा हुदैन किनकी यहाँ दोबाटोहरुमा संकेत बोर्डहरुको सुबिधा प्रसस्तै छन । तिनै संकेत बोर्डहरु पछ्याउदै वा ओहोरदोहोर गरि रहेका स्थानियहरु लाई सोधपुछ गर्दै छिटो हिड्नेहरु ९० मिनेट देखी ढिलो हिड्ने वा फोटो भिडियो बनाउदै र देखिएका दृश्यहरुको रसास्वदन गर्दै जानेहरु २ घण्टामा पुग्न सक्छन । पाथीभरा मन्दिर पुगी सकेपछि ५० मिटर जती माथी रहेको पाँच पाण्डव शिलाको पनि दर्शन गर्न सकिन्छ । 

   फर्कदा गोरखनाथ सम्म उहि बाटो प्रयोग गरे पनि त्यस पछि थोरै ओरालो झरेर डाँडागाँउ मै रहेको धार्मिक महत्व बोकेको हात्तीपाइले ढुङ्गालाई समेत अवलोकन गर्न सकिन्छ । भने अलिक अगाडी बढेर खैंटे खोलाको किनारैमा रहेको चतुरमुखी महादेवको दर्शन गर्न सकिन्छ । यो मन्दिरमा बिशेष गरी श्रावण महिनाको सोमबार, हरितालिका तिजमा, शिवरात्रीमा दर्शन गर्नेको भिड लाग्ने गर्दछ ।  यसरी तपाईहरुले पनि मंगलवारको दिन (वा आफ्नो समयानुकुल) ५/६ घण्टा समय निकालेर एकै दिन एउटै बाटोमा पर्ने बिभिन्न ७ वटा तिर्थ स्थल घुम्दै ... पुग्दै ... दर्शन गर्दै ... पुन शिखरकोट बजार आएर यात्रा अन्त्य गर्न सक्नुहुन्छ । 

   जाने हैन त मंगलवारे मन्दिर WALK ??? 

यादव जंग रायमाझी -: थाहा नगरपालिका शिखरकोट

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...