Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

मंगलदीप सहकारीको ९औ वार्षिक साधारणसभा सम्पन्न, ३१% तरलता कायम

ganesh-1695044619.jpg

मंगलदीप सहकारी संस्थाकाे ९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
भाद्र ३० गते सम्पन्न भएकाे साधारणसभा संस्थाका अध्यक्ष नवराज बिष्टको सभापतित्वमा तथा बागमती प्रदेश सहकारी संघका अध्यक्ष राम शरण शर्मा घिमिरेको  प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष केदार गोर्खालीको  विशेष आतिथ्यता रहेको थियो भने  अतिथिहरुमा ध्रुबतारा बहुउद्देशीय सहकारी संस्था लि. का अध्यक्ष उमेश पाण्डे , राष्ट्रिय सहकारी बैंक लगनखेल शाखा प्रमुख रमा घिमिरे , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्ययवस्थापक सन्तोष बजगाईं , मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का सल्हाकार राम कृष्ण हुमागाई र  कानूनी सल्लाहकार तथा अधिवक्ता राम बिष्ट तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पत्रकारहरु उपस्थित रहेको थियो।
संस्थाका सचिव प्रल्हाद महतले संचालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष नवराज बिष्टले पेश गर्नु भएको आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिबेदन मा शेयर सदस्य ३५३५ जना रहेको बताउदै  शेयर पूँजी  २,१३,५८,४००,रुपैयाँ , बचत संकलन १४,६५,५३,१०८.६९रुपैयाँ , ऋण लगानी१५,७०,७६,६८१.१३,रुपैयाँ कोषहरु  ३६,८३,००१.४८रुपैयाँ  रहेको जसमा कुल वासलत गत आर्थिक बर्ष भन्दा केहि बृद्धि गरि कुल कारोबार २०,८६,३८,०३३.११रुपैयाँ  बनाउन सफल भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
संस्थाको केन्द्रीय कार्यालय प्रयागपोखरी-१२  लगनखेल ललितपुर रहेको र दुई ओटा सेवा केन्द्र गोदावरी न.पा-१४ ठैब र थाहा न. पा- ४ शिखरकोट , मकवानपुर बाट वित्तीय तथा गैर वित्तीय सेवा बाट सदस्यलाई सेवा दिईरहेको छ । 
२०७१/१२/०९ गते डिभीजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई ललितपुर र मकवानपुर जिल्लाभर आफ्नो कार्यक्षत्र बनाई छोटो समयमा धेरै प्रगति गर्न सफल रहेको सहकारीले हाल सहकारी  क्षेत्रमा समस्या देखिदा समेत यस सहकारीमा ३१% तरलता कायम गरी समुदायमा आधारित भएर संचालन भएकोले संस्था अब्बल रूपमा संचालन भएको प्रतिवेदनमा उल्लेख छ। छोटो समयमा बिभिन्न संघ संस्थाबाट समेत उत्कृष्ट सहकारी सम्मान पाउन सफल भएको सहकारीका अध्यक्ष द्वारा प्रस्तुत प्रतिबेदनमा संस्थाले १८ ओटा आन्तरिक नीति तथा कार्यबिधी तयार गरी सोही अनुसार संस्था सञ्चालन गरी संस्थालाई सुशासन युक्त बनाऊन सफल भएको र संस्थाले कारोबार पूर्ण अनलाईन सेवा प्रदान गरेको जसमा मोबाइल एप सञ्चालन गरीएको र सम्पुर्ण कारोबारको निःशुल्क एसएमएस सेवा प्रधान गरिएको "क्युआर काेड" उपलब्ध गराएको र पूर्ण आधुनिक प्रबिधिबाट सञ्चालन गरी सदस्य मैत्री संस्था सञ्चालन गरेको र सदस्यलाई पूर्ण सन्तुष्ट तथा सहजता प्रदान गर्दै आएको प्रतिवेदनमा उल्लेख छ।

प्रमुख अतिथि राम शरण शर्मा घिमिरेले कतिपय सहकारिले सदस्यको बचत रकम फिर्ता दिन समस्या परेको अवस्थामा यस सहकारीमा तरलता रकम राम्रो हनुका साथै सदस्यहरु संँगको सम्बन्ध राम्रो भएकोले संस्था झन मजबुत भएकोले चाँडो साधारणसभा गर्न सक्नु आन्तरिक सुशासन मजबुत हुनु भएको बताउदै सम्पूर्ण सञ्चालक युवा भएको हुदाँ काम गर्ने क्षमता र केहि नयाँ र उत्कृष्ट गर्ने भावना हुने हुदा यो संस्थामा कुनै जोखिम नरहेको बताऊनु भयो। 

 कार्यक्रममा आर्थिक बर्ष ०७९/०८० जेष्ठ नागरिक सम्मान  राम महार्जन ,उत्कृष्ट कारोबार गर्ने सदस्यहरु बाबु कृष्ण श्रेष्ठ, कुमार कार्की, गौरव श्रेष्ठ, उमेश नारायण खड़का, रबिन बजगाई, सरिता श्रेष्ठ र असल ऋणी रामहरि तामाङ, नारी बचतमा  बिना नेमकुल, बाल बचतमा अपेक्षा दाहाल २०७९ को एसइइ मा उत्कृष्ट जीपिए लेराउने मन्जिल बस्नेत र सदिक्षा सिल्वाल लाई सम्मान गरिएको थियो उत्कृष्ट कर्मचारीमा पालुङ सेवा केन्द्रका प्रमुख गणेश बिष्ट लाई सम्मान गरिएको छ।
संस्थाको ९औं साधारण सभामा लेखा समितिका संयोजक सागर जंग थापा तथा कोषाध्क्ष सुरेन्द्र श्रेष्ठले प्रतिबेदन पेश गर्नु भएको थियो भने कार्यक्रमा उपाध्यक्षले सम्पूर्णलाई स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो।

 

फोटो खोल्नुहोस्

 

फोटो खोल्नुहोस्

 

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg