Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

भरतपुरमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण

download-1596020739.jpg

चितवनमा १३२।३३।११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो ।

सवस्टेशनमा राखिएका १३२र३३ केभी र ३० एमभीएका दुई पावर ट्रान्सफर्मरमध्ये एउटा नोलोडमा चार्ज गरिएको छ । हेटौँडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई सवस्टेशनभित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको आयोजना प्रमुख रमनराज शर्माले जानकारी दिनुभयो । उहाँले अब लोड दिएर चार्ज गर्ने तयारी गरेको बताउनुभयो । हेटौँडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सवस्टेशन निर्माण गरिएको शर्माले जानकारी दिनुभयो ।

“त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि ३३र११ केभी, १६।६ एमभीए पावर ट्रान्सफर्मर आइतबारदेखि चार्ज गरिएको छ, सवस्टेशन स्वचालित प्रणालीको सञ्चालन र ११ केभी फिडरबाट केही दिनमा विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले सवस्टेशन सञ्चालनमा आएपछि प्राविधिक चुहावट घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने बताउनुभयो । अहिले भरतपुरमा रहेको १३२ केभी सवस्टेशनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३र११ केभी चैनपुर सवस्टेशनमार्फत पूर्वी चितवनमा विद्युत् आपूर्ति भइरहेको छ ।

लामो दूरीका कारण लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या हुँदै आएको छ । पूर्वी चितवन सवस्टेशनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सवस्टेशनको लोड पनि काम हुनेछ । पूर्वी चितवनको समस्या पनि समाधान हुने आयोजनाले जनाएको छ ।

आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ । आयोजनाको काम विसं २०७५ असारदेखि शुरु भएको थियो । गत चैतभित्रमा सञ्चालन गर्ने लक्ष्य राखिएको सवस्टेशनको निर्माण विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुँदा केही ढिला भएको हो । लकडाउनपछि अहिले बाँकी काम धमाधम भइरहेको छ ।

सवस्टेशन निर्माणको जिम्मा सिक्युएनइसी–एनएचई निर्माण कम्पनीले पाएको थियो । “विसं २०७६ चैतभित्र सवस्टेशन निर्माणको काम सम्पन्न हुनुपर्ने थियो”, आयोजनाका इञ्जीनियर नारायण सापकोटाले भन्नुभयो, “असार मसान्तसम्म म्याद थप गरेर काम गरेका हौँ ।” यो सवस्टेशनमा जडित उपकरण अटोमेशन सिस्टम ९स्वचालित प्रणाली० बाट सञ्चालन गर्न सकिने गरी निर्माण गरिएको छ ।

स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सवस्टेशनसम्म करिब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन र ११ केभी वितरण लाइन पनि निर्माण हुँदैछ । ३३ केभी लाइन छ महिनाभित्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । “अहिले स्थानीय क्षेत्रमा ११ केभीको दुईवटा फिडरबाट वितरण हुन्छ, पछि चारवटा फिडरबाट वितरणको तयारी गरेका छौँ”, सापकोटाले भन्नुभयो ।

राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले सवस्टेशन निर्माणपश्चात पूर्वी चितवनका नागरिकलाई ठूलो राहत मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले वर्षाँैदेखि लोडसेडिङ र लो भोल्टेजको समस्या झेल्दै आएका हौँ, सवस्टेशन निर्माणपछि यो समस्या हल भएको छ ।” उहाँले स्थानीयवासीलाई रोजगारी प्रदान गर्दै उद्योग कलकारखाना स्थापनाका लागि पनि सवस्टेशनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg