Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

बाह्रबिसेमा सिन्धुपाल्चोक मिलिजुली समुहको औपचारिक उद्घाटन

312319756_242732354741621-1668872003.jpg

 सिन्धुपाल्चोक । आफू पनि बाँचौ, अरुलाई पनि बचाऔं’ भन्ने मुल नारा बोकेर सिन्धुपाल्चोक जिल्लामा सिन्धुपोल्चोक मिलीजुली समुहको स्थापना भएको छ । जिल्लाका नागरिकलाई स्थानीय स्तरमा नै रोजगारको ब्यबस्था गर्दै आय आर्जन मूलक कार्य गर्ने उद्धेश्यले स्थापित भएको समुहको एक समारोहका बीच बाह्रबिसे नगरपालिकाको उप प्रमुख मन्जु तामाङले मंगलबार उद्धघाटन गर्नु भएको हो । बाह्रबिसेको कबर्डहलमा संस्थाका अध्यक्ष कृष्ण शिवाकोटीको अध्यक्षतामा भएको एक विशेष समारोहका समुहको कार्यक्रम उद्धघाटन गर्दै प्रमुख अतिथी नगर उप प्रमुख मन्जु तामाङले नगरपालिकामा रहेका उत्पादन मुलक कार्य गर्नका लागि समुह सक्षम रहने छ भन्ने बिश्वास व्यक्त गर्नुभयो । समुहको औपचारिक व्यानर अनावरण सहित पानशमा बत्ति बालेर सस्थाको दिगो प्रगतीको कामना उपप्रमुख तामाङले गर्दै आगामी दिनमा आफ्नो तर्फबाट संस्थालार्य भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उँहाले कृषी उत्पादन गरेर स्थानीय आयआर्जनमा प्राथमीकता दिदै रोजगारका लागि समुहको उद्धेश्यलाइ गन्तब्यमा लैजनका नगरपालिकाले खेल्न पर्ने भुमिकामा कुनै पनि कमी नहुने बताउनु भयो । आफु पनि बाँच्ने, अरुलाई बचाउँने मुल उद्धेश्यले स्थापित भएको यो सस्थाको उद्धेश्य नगरपालिकासँग मेल खाने देखीएकोले नगरपालिकामा यस्ता सस्थांको स्थापना भएकोमा खुशी लागेको उपप्रमुख तामाङले बताउनु भयो । ‘नगर भित्रका धेरै नागरिकहरु बिदेसीएका छन्, कृषी उत्पादनमा जगंली जनावरले दुख दिएर काम गर्न नसकेको अबस्था छ , तर यो संस्थाले कृषी उत्पादनमा सहयोग गर्न लागेकामा सबै मिलेर बाँझो जमिनलाई उत्पादन मुलक काममा प्रयोग गरेर बिदेस जन चाहने हरुलाइ गाँउमा नै रोजगारको अबशर दिन उद्धेश्य राखेको रहेछ, यो अत्यन्तै राम्रो छ । ’ उपप्रमुख तामाङले भन्नुभयो, ‘त्यसका लागि नगरपालिका पनि लागि परेको अबस्थामा यो सस्थाको स्थपना भएकोले नगरका कार्यमा सहजता महशुस भएको छ । ’ सस्थालाइ निरन्तरता दिन आनुरोध गर्दै उँहाले कृषी उत्पादन र स्वरोजगारका लागि गरिने काममा नगरपालीकाकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रमममा बिशेष अतिथी नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला शाखाका पुर्व अध्यक्ष शन्तराम बिडारीले सिन्धुपाल्चोक मिलीजुली समुह नाम अनुसार काम गर्न सक्षम रहने छ भन्ने कामनाका साथ यो समुहले थालनी गर्ने हरेक काममा आफु र आफनो तर्फबाट हुन सक्ने सहयोग गर्ने बताउँनुभयो । यसै गरी कार्यक्रममा उद्योग बाणीज्य संघका सदस्य तथा महीला उद्यमशिलताका कल्याणी घिसीङ, समाजसेवी हिराबहादुर थापा बाह्रबिसे नगरपालिकाका कार्यपालिका सदस्य राजकुमारी तामागं लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका संस्थाका अध्यक्ष कृष्ण शिवाकोटीले संस्था स्थापना गर्नुको उद्धेश्यहरुका बारेमा जानकारी गराउँदै समुह सँग आबद्ध सदस्यहरुको आयआर्जनमा उनीहरुको रोजगारका बारेमा अविभावकीय भुमीका निर्बाह गर्न सस्था स्थपना भएको बताउनु भयो । सञ्चारकर्मी नेत्रबहादुर बस्नेतले सञ्चालन गर्नु भएको कार्यक्रमको लोकप्रिय समाचारको सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । नेपाल पत्रकार महासंघ नुवाकोटका कार्य समितीका सदस्य हरीराम भेटवाल, वडा नं ७ का वडा अध्यक्ष सोनाम शेर्पा लगायत जनप्रतिनिधी तथा समुहका प्रतिनिधीहरुको उपस्थितीममा भएको कार्यक्रममा सहभागीहरुलाई लक्ष्मी तामाङ र मेनीका तामाङंले माला र खादाद्धारा स्वागत गर्नु भएको थियो भने इन्द्रमायाँ तामागंले शब्द द्धारा स्वागत गर्नु भएको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg