himalen-2083-1778725505.jpg
Monday, 15 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’संचालनमा आयो,

Screenshot_20220817-18402-1660741136.png

काठमाडौं—सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकले ‘हेड एक एण्ड भर्टाइगो’ (Headache and Vertigo) सञ्चालनमा आयको छ । क्लिनिक प्रबन्ध निर्देशक डा. विश्वनाथ कोइरालाकाअनुसार १५ साउनबाट क्लिनिक सञ्चालनमा आयको हो। ‘सबै कुराको तयारी पछी  १५ साउनबाट सुरु गरेको हो,’ वरिष्ठ फिजिसियन डा. कोइरालाले हेल्थआवाजसँग भने । उनकाअनुसार हेडएक एण्ड भर्टाइगो सम्बन्धी सम्पूर्ण सेवाहरु एकै छानामुनिबाट दिने उद्देश्यका साथ क्लिनिक सञ्चालनमा आयको हो । ‘टाउको दुख्ने र रिंगटा लाग्ने समस्या धेरैलाई हुन्छ । तर, यो हुने बित्तिकै कसलाई देखाउन जाने भन्ने कुरामा अस्पष्ट छ । कोही नाक, कान घाँटीको डाक्टर कहाँ, कोही आँखाको डाक्टर कहाँ, कोही न्यूरो सर्जन कहाँ जाने गरेको पाइन्छ,’ उनले भने, ‘यो सबैलाई संगठित रुपमा एकै छानामुनिबाट सेवा दिने हिसाबले हामीले हेडएक एण्ड भर्टाइगो क्लिनिक संचालनमा ल्यायका हौं ।’ डा. कोइरालाकाअनुसार हेडएक एण्ड भर्टाइगोको समस्या टिमवर्कबाट हल गर्नुपर्ने हो । ‘तर, हाम्रो देशमा यो विस्तारै विकसित हुँदैछ । यो एउटा टिमले हेर्नुपर्ने कुरा हो,’ उनले थपे, ‘विदेशतिर त्यस्तो प्राक्टिस छ । हेडएक एण्ड भर्टिगोसँगै आउने भएकोले हामीले एकै ठाउँबाट सेवा दिदैछौं ।’ उनकाअनुसार यसका लागि क्लिनिकले सामान्य ज्ञान, काउन्सिलिङ, विशिष्ट सेवा, उपचार, फ्लोअप, हिस्ट्री चेकजाँचहरु सबै कसले कति खेर दिने भन्ने योजनासहितको प्याकेज ल्यायको छ । हेडएक एण्ड भर्टिगो समस्या र क्लिनिक डा. कोइरालाकै शब्दमा टाउको दुखाइ विभिन्न कारणले हुनसक्छ ।  प्राइमेरी र सेकेण्डरी दुई खालको दुखाइ हुन्छन् । मुख्य समस्या भनेको माइग्रेनको हेडएक हो । अन्य स्ट्रेस, आँखाको कारण, ट्युमर र साइक्रयास्टिकका कारणले पनि टाउको दुख्छ । माइग्रेनको उपचार चाँडै गरेर मात्र ठिक हुँदैन् । माइग्रेनका बिरामीलाई समय दिएर यो कति समयसम्म दुख्छ, एकपट्टी दुख्छ कि दुवै साइड दुख्छ भन्नेजस्ता धेरै कुरालाई मध्यनजर गरी समय लगाएर उपचार गर्नुपर्छ । संसारमा अनुसन्धानमा आधारित उपचार सेवा हामीले दिने जमर्को गरेका छौं । एउटा ढाँचामा राखेर उपचार गर्न पाइयो र उनीहरुको फ्लोअप गराएर कसलाई कुन औषधीले काम ग–यो गरेन । किन गरेन भन्ने कुरा राम्ररी हेर्न पाइयोस् भन्ने हिसाबले व्यवस्था मिलाएका छौं । यसलाई एमआरआई, सिटिस्क्यान गर्न आवश्यक पर्दैन् । साधारण बिरामीको पृष्ठभूमी र साधारण चेक जाँचबाट पत्ता लगाउन सकिन्छ । उपयुक्त औषधी, खर्च कम र समय दिएर हेर्न सकियोस् भन्ने हाम्रो उद्देश्य हो । करिब ३ महिना भित्रमा बिरामीले फ्लोअप गर्दा के कस्तो नतिजा आउँछ त्यो अनुसार कति फाइदा हुन्छ भन्ने निर्धारण गरेर हेर्ने भन्ने छ । भर्टाइगो नाक, कान र घाँटीका डाक्टरले हेर्नुपर्ने हुन्छ । यसमा पनि प्राइमरी र सेकेण्डरी हुन्छ । प्राइमरीमा बेनाइन पेरोक्सिज्मल पोजिशनल भर्टिगो (बीपीपोभी) पर्छ ।  भर्टाइगो माइग्रेनमा पनि हुनसक्छ । र, अन्य ट्युमर र संक्रमणकोजस्ता कारणबाट हुने भर्टाइगो सेकेण्डरी हुन् । हेडएक एण्ड भर्टाइगोका उपचारका लागि सामान्य ज्ञान, काउन्सिलिङ, विशिष्ट सेवा, उपचार, फलोअप, हिस्ट्री चेकजाँचहरु सबै कसले कति खेर दिने भन्ने योजनासहितको प्याकेज बनाउदैछौँ । यी गरेमा उपचार सेवा छुट्दैन । संसारमा चलेको उपचार पनि पाउने र अनावश्यक जाँच गर्नुबाट बच्ने र खर्च कम हुने गरी हामी सेवा दिदैछौँ । टाउको दुख्ने बितिकै एमआरआई गर्ने चलन छ । एमआरआईबाट मात्रै सबैकुरा देखिन्छ भन्ने हुँदैन् । माइग्रेनमा पनि एउटा क्रोनिक माइग्रेन भन्ने हुन्छ । यसका बिरामीको लागि धेरै समय दिनुपर्ने हुन्छ । उपयुक्त उपचारको वातावरण र बिरामीले कुन औषधीले कति समय लगाएर उपचारपछि ठिक भए भन्ने सबै कुराको अनुसन्धान पनि होस् भन्ने हिसाबले व्यवस्थित रुपले क्लिनिक संचालन गर्न लागेका छौं । के माइग्रेन निर्मुल हुन्छ ? माइग्रेन निर्मुल त हुन सक्दैन् । यो एउटा औषधी खाएर ठिक हुने कुरा होइन् । तर, धेरैजसो बिरामीको उपचार गराएर माइग्रेन ट्रिगर गर्ने तत्व पहिचान गरी हटाउन सक्यो भने बिरामी आफै ठिक हुन्छ । कसैलाई खानपिन, प्रदूषण, तनाव, महिनावारी धेरै खालका ट्रिगरका कारण हुन्छन् । यो एउटा रोग हो र फाल्न मिल्छ भन्ने हुँदैन् । जीवनशैली, खानपिन, व्यायायमहरु गरेर, कसैलाई लामो समयसम्म औषधी दिएर जीवन सहज पार्न सकिन्छ । विनाकारण अप्रत्यक्ष टाउको दुख्ने माइग्रेन हो । यसको यही प्राइमरी कारण हो भनेर पत्ता लाग्दैन् । तर, यसको उपचार भने हुन्छ । अरु बाँकी टाउको दुख्ने समस्या सेकेण्डरी ब्रेन ट्युमर, ट्रमाको केस, संक्रमण, टाउकोमा पिप जमेकोजस्ता कारणले हुन्छ । जसको मुख्य कारण पत्ता लाग्छ र त्यहीअनुसार उपचार गर्नुपर्छ । उपचार सुरुमा आएर हिस्ट्री सोधेर, के–के परीक्षण गराउने, त्यसको नतिजाको आधारमा फिजिसियनलाई देखाएपछि कसरी जाने भन्ने तय हुन्छ । यसका लागि सबै विधाको जनशक्ति आवश्यक पर्छ । ल्याब, अल्ट्रासाउण्ड, एक्सरे हेर्नेदेखि फिजिसियन, न्युरो सर्जन र नाक, कान घाँटी विशेषज्ञ, आँखा रोग विशेषज्ञ हामीसँग उपलब्ध छन् । 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपाल पब्लिक क्याम्पस सङ्घको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
FB_IMG_1781482885790-1781483023.jpg

असार ३०–३१ — नेपाल पब्लिक क्याम्पस सङ्घको प्रथम राष्ट्रिय सम्मेलन “सामुदायिक क्याम्पसका जनशक्तिको पेसागत...

थाहामा महासंघ बागमती प्रदेश नेतृत्वको स्वागत, पर्यटनमा निजी क्षेत्रसँग सहकार्य गर्न नगर प्रमुखको आह्वान
InShot_20260614_194755936-1781445804.jpg

मकवानपुर स्थित थाहा नगर उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश...

पर्यटकलाई तामाङ संस्कृतिको स्वाद चखाउँदै टिष्टुङमा सामुदायिक होमस्टे सञ्चालन
Notes_260614_070240_eb9-1781400298.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहाको टिष्टुङमा होमस्टे सुरु भएको छ । थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको पहलमान टोल...

सीपमूलक शिक्षामा जोड दिएर विद्यार्थी बढाउने अभियानलाई प्राथमिकता दिनुपर्छ” : सांसद मोक्तान
FB_IMG_1781365962043-1781365995.jpg

थाहा, मकवानपुर ।  पालुङ क्याम्पसको २३औँ क्याम्पस परिषद् उद्घाटन समारोहलाई शुभकामना मन्तव्य दिदै  प्रमुख...

झम्केश्वरी माबिको अध्यक्षमा राजन लामिछाने
InShot_20260612_175759649-1781275538.jpg

थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको...

थाहा नगर बिज्ञान शिक्षक समाजको अध्यक्षमा प्रदिप केसी
InShot_20260612_185249599-1781275311.jpg

थाहामा विज्ञान शिक्षक समाज नेपाल, थाहा नगर समिति गठन गरिएको छ। जनकल्याण माविका विज्ञान शिक्षक प्रदीप केसीको...

तेस्रो नगरस्तरीय मावि विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम
FB_IMG_1781274988027-1781275023.jpg

थाहा, जेठ २९ । थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि...

सिबिआर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1781191624805-1781191638.jpg

थाहा नगरपालिकाले लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। यसैअन्तर्गत...

पालुङ प्रहरी निरीक्षक रुक्सा बज्राचार्यको सरुवा,भण्डारी आउने
FB_IMG_1781190639877-1781190715.jpg

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २७...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg