jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

प्रदेश भ्रमण बर्षको सुरुवात संगै थाहा पर्यटकीय फोटो प्रदर्शनी

FB_IMG_1704128865913-1704206360.jpg

बागमती प्रदेश भ्रमण वर्ष, २०२४ को शुभारम्भ गरिएकै साता हेटौंडामा थाहा फोटो प्रदर्शनी हुने भएको छ । थाहा नगरपालिकाको आयोजना तथा फरक सोच अभियानको व्यवस्थापनमा हेटौंडामा पर्यटन प्रवद्र्धनका लागि यहि २० र २१ पुसमा फोटो प्रदर्शनी गरिन लागेको हो । प्रदर्शनी बुद्धचोकमा गरिने भएको छ ।

प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले जनवरी १ अर्थात १६ पुसमा पर्यटन वर्षको सुरुवात गरेका छन् । हेटौंडामा पत्रकार सम्मेलन गर्दै यो वर्ष धेरै भन्दा धेरै पर्यटक भित्रयाएर मुलुकमा समृद्धी ल्याउन टेवा पुर्याउने प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले बताए । साँस्कृतिक सम्पदाको विविधता, मनोरम प्राकृतिक परिदृश्य र ऐतिहासिक महत्व बोकेको बागमती प्रदेशमा विद्यमान पर्यटकीय स्थल र सम्भावनाहरुको पहिचान, संरक्षण, सम्बर्धन र प्रचार प्रसार गरी पर्यटकीय गतिविधिहरुलाई अभिवृद्धि गर्ने र सो को माध्यमबाट बागमती प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटक आवागमन बढाउदै अर्थतन्त्रलाई समेत गतिशिल बनाउने उद्देश्यले पर्यटन वर्ष घोषणा गरिएको हो ।

अघिल्लो वर्षबाट थाहानगरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनीका कार्यक्रम गर्दै आएको थाहाले यस वर्ष बागमती प्रदेशको राजधानी हेटौंडामा फोटो प्रदर्शन गर्न लागिएको व्यवस्थापक फरक सोच अभियानका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । थाहानगरमा पर्यटक भित्र्याउन पालिकाले शहरहरुमा प्रचारात्मक गतिविधि पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थाहा नगरपालिका पर्यटन शाखा प्रमुख सुरज कुमार भुजेलले जानकारी दिए । भुजेलले भने–‘कतिपय पर्यटकहरु घुम्ने ठाउँ खोजीमा हुन सक्छन् हामीसंग ठाउँ छ तसर्थ उनीहरुलाई आकर्षण गर्न फोटो प्रदर्शनी महत्वपूर्ण हुन सक्छन ।’

प्रदर्शनीमा थाहानगरका करिब पाँच दर्ज पर्यटकीय गन्तव्यहरुको फोटोहरु राखिने व्यवस्थापक संस्थाका संयोजक रायमाझीले जानकारी दिए । प्रदर्शनीमा राखिने फोटोहरु गणेश विष्ट, श्रीकृष्ण श्रेष्ठ, रामकुमार कार्कीलगायतले खिचेका छन् । थाहानगरको आयोजनामा यसअघि पनि काठमाण्डौं चितवनलगायतका स्थानहरु फोटो प्रदर्शनी गरिएको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...