pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

पालुङ बहुउद्देश्यीय सहकारिको साधारणसभा सम्पन्न,१ अर्ब १९ करोडको कारोबार।

IMG_20211211_122533_324-1639222375.jpg

थाहा नगरपालिकामा मुख्य कार्यालय रहेको जिल्लाकै सबैभन्दा धेरै सदस्य संख्या रहेको पालुङ बहुउद्देश्यीय सहकारी सस्थाले आफ्नो २२ औ साधारणसभा सम्पन्न गरेको छ।सस्थाको प्रागन थानाबजारमा सम्पन्न साधारणसभा लाई नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले उद्घाटन गर्नुभएको छ।सस्थाका अध्यक्ष पुर्शोत्तम कार्कीको अध्यक्षता मा सप्पन्न कार्यक्रम को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री खतिवडा ले देश बिकासमा सहकारीको महत्वोपुर्ण देन रहेको औल्याउँदै सरकारको तीन खम्बे अर्थनितीमा सहकारी पनि पर्ने भएकोले सरकारको आर्थिक मेरुदण्डको रुपमा सहकारी रहेको बताए।साथै कति सहकारीहरु ठगी आरोपमा परिरहेको अबस्थामा राम्रा कामगर्ने सहकारिहरु ओझेलमा परेको बताउदै सचेत रहन आग्रह गर्नुभयो।वहाँले सस्थाका सदस्यहरू होसियार रहनुपर्ने बताउदै हिसाब किताब खोजी गर्नु नेतृत्व तहलाइ खबरदारी गरिरहन सदस्यलाई आग्रह गर्नुभयो।साथै मन्त्री खतिवडा ले थाहा नगरभित्र रहेका साना ठुला सहकारिहरुले कृषिमा लगानी बढाइ नगरको आम जनताको आर्थिक स्थिती सुधार गर्न सुझाब दिय।कार्यक्रम मा आफ्नो शुभकामना मन्तव्य दिदै नेपाल कृषि सहकारी संघ केन्द्रिय लेखासमिती संयोजक महेश्वर सुवेदी ले सहकारी सस्था हरु समाजबादी प्रक्रियामा भन्दा पुजीवादी प्रक्रियामा चलेकोले लाभांश बितरणमा एकरुपता नभएको बताउदै,सहकारी सस्थाको संचालक समितिमा बस्नेहरु सस्थाको कार्यक्रम मा आउदा आफ्नो राजनितिक सिद्धान्त लाई बाहिरै राखेर आउन आग्रह गर्नुभयो।उद्घाटन कार्यक्रममा सस्थाका अध्यक्ष पुर्सोत्तम कार्की ले आफ्नो प्रतिबेदन राख्दै हाल सस्थाको आर्थिक कारोबार १ अर्ब १९ करोड रुपैया पुगेको बताउदै सेयर पुजी ७करोड १२ लाख तथा कर्जा लगानी ९५ करोड पुगेको प्रतिबेदन पेश गर्नुभयो साथै हाल सस्था सङ ६० करोड बचत रहेको र विभिन्न कोषमा १३ करोड ५० लाख रुपैया रहेको बताय ।यो आर्थिक बर्ष सस्थाको कर्जा लगानी २६.९७ प्रतिसत ले वृद्धि भएको छ भने आगामी बर्ष २० प्रतिसतले वृद्धि गरि १ अर्ब ७ करोड पुर्याउने लक्ष लियको छ,सस्थाको सेयर पुजि १.४६ प्रतिसतले वृद्धि भएको प्रतिबेदन मा उल्लेख छ तेसैगरी बचतमा गत बर्ष राखियको ५२ प्रतिशत को लक्ष प्राप्त गर्न सस्था सफल भएको छ।सस्थाले आगामी कार्यक्रमहरुमा शितभण्डार निर्माण छिटो सक्ने,सहकारी बजार बिकास कार्यक्रम ,आलु बीउ बिकास कार्यक्रम ,हाइटेक नर्सरी,कोशेली घर,सहकारी पसल सेवा ,सदस्य हित कोष कार्यक्रम ,सहकारी साक्षरता कार्यक्रम ,सिपबिकास तालिम,गुणस्तरीय सेवा ,पर्यटन बिकास ,सहकारीहरु बिच एकीकरण जस्ता कार्यक्रमहरु संचालन गरिने जनायको छ।साथै सस्थाले थाहानगरपालिका,सहकारी संघ ,च्वाइस नेपाल,किसान परियोजना जस्ता सस्थाहरु सङ साझेदारी गरेर अगाडि बढ्ने जनायको छ।साधारणसभा को उद्घाटन कार्यक्रममा प्रमुख अतिथी स्वास्थ मन्त्री बिरोध खतिवडा ,नेपाल कृषि सहकारी केन्द्रिय लेखा समिती संयोजक महेश्वर सुवेदी,नेकपा समाजबादी बागमती प्रदेश सदस्य गौतम बुद्ध लामा,केन्द्रिय सदस्य तथा युवा इन्जार्ज दिल कुमारी पन्त,स्वास्थ्य मन्त्री का स्वकीय सचिब माधब तिमिल्सिना ,नेपाली काङ्ग्रेस का नगर उपसभापति ,नेकपा माओबादी केन्द्र थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट ,सिन्धु बिकास बैंक पालुङ साखाका प्रबन्धक नरेन्द्र तिमिल्सिना ,थाहा नगर उद्योग बाणिज्य संघ का अध्यक्ष कबिराज ढकाल,वडा न ५ का अध्यक्ष बिस्णुबहादुर गुरुङ ,लालिगुरास बहुउद्देश्यीय सहकारीका राजनमान प्रधान ,महिला जागृती सहकारी कि सुमित्रा बिडारी,शिखर बचत का अध्यक्ष मधुसूदन बिष्ट ,थाहा स्वास्थ सहकारीका अध्यक्ष हरिकृष्ण कार्की,पाथिभरा बचतका गोकर्ण बरुवाल,चेतनशील महिला सहकारिका कबिता बिष्ट ,जनकल्याण माबी का प्र अ सानोभाइ कार्की लगायत संघसंगठनका प्रतिनिधि हरुको आतिथ्यता रहेको थियो।सस्थाका उपाध्यक्ष कृष्ण बहादुर बिष्ट ले स्वागत गर्नुभएको कार्यक्रम सस्थाका सह ब्यबस्थापक राम प्रसाद ढकालले संचालन गर्नुभयको थियो।साधारणसभा को अबसरमा विभिन्न ब्यक्ती तथा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाइ सम्मान गरियको थियो ।हेर्नुस सम्मानित हुनेहरुको नामावली ।शैक्षिक छात्रवृत्ति तर्फ सामुदायिक बिध्यालयमा अध्यनरत सस्थाका सदस्यको सन्तान हरु मध्य उत्कृष्ट हुने जनकल्याण मा बि का बिश्वास ढकाल र प्रतीक्षा के सि,तेसै गरि सस्थागत बिध्याल्यको तर्फबाट हिमालयन बोर्डिङ कि प्रस्तुति ढकाल,सरस्वती बिध्यामन्दिर कि कृति भट्ट रहेका छन तेसै गरि कर्जा तर्फ उत्कृष्ट कारोबार गर्ने सदस्यहरु पुस्पराज बर्तौला,केदार परियार ,राजलामा गोले,असोक खाती चनारा र शान्ति गोपाली उत्कृष्ट रहे तेसैगरी बचत तर्फ दुर्गा रेग्मी ढकाल,दुर्गामाया प्रधान ,कृष्ण प्रसाद न्यौपाने र उषा रुम्बा उत्कृष्ट बचत कारोबार भए भने लघुबित्त तर्फ फुलबारी महिला आयाअर्जन समूह,आग्रा इन्द्रायणी आय आर्जन समूह र करुणा भुमी आय आर्जन समूह उत्कृष्ट भय उत्कृष्ट हुनेहरुलाइ सस्थाका ब्यबस्थापन समितिले नगद तथा सम्मान पत्र प्रदान गरेको थियो।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20211211_122533_324-1639222389.jpg
IMG_20211211_125502_894-1639222377.jpg
IMG_20211211_125502_894-1639222391.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...