Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

पालुङ बहुउद्देश्यीयको २४ औं साधारणसभा सम्पन्न,पिएचडी गर्ने देखि पाइलट बन्नेलाई सम्मान

pb9-1703514817.jpg

थाहा नगरपालिका–४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पूँजी ९ करोड रुपैयाँ रहेको छ। ६ हजार ३ सय ८८ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी ९ करोड ८९ लाख २४ हजार ४ सय रुपैयाँ रहेको छ । २०७९ भदौँ महिनाभरि शेयर थप गरी उक्त अवधिमा शेयर रकम ३८ दशमलव ७२ प्रतिशतले थप गरेर शेयर पूँजी ९ करोड भएको सहकारीको कार्यवहाक अध्यक्ष अरुण रायमाझीले बताए ।

सोमबार भएको सहकारीको २४ औँ  साधारण सभामा कार्यवहाक अध्यक्ष रायमाझीले शेयर सदस्यमाझ वार्षिक प्रगति प्रतिवदेन तथा नीति कार्यक्रम सार्वजनिक गरेका थिए । सहकारीको अन्य कोषहरु १५ करोड ९३ लाख ५४ हजार रुपैयाँ र कर्जा लगानी ९० करोड ५७ लाख ६४ हजार रुपैयाँ रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०८०/८१ मा संस्थाको कर्जा लगानी ७ प्रतिशतले वृद्धि गरी ९६ करोड ९१ लाख कर्जा लगाउने पु¥याउने लक्ष्य रहेको सहकारीको प्रतिवेदनमा उल्लेख गरेको छ ।

संस्थाको आफ्नै स्वामित्वको जमिनमा निर्माण गरिएको अत्याधुनिक प्रविधियुक्त हाइटेक नर्सरीबाट विभिन्न जातका तरकारीहरुका विरुवा उत्पादन तथा खुल्ला जग्गामा तरकारी उत्पादन र बजारीकरण गरी सदस्यहरुलाई सुपथ मूल्यमा गुणस्तरीय बेर्ना तयार गरी उपलब्ध गराउँदा कृषक सदस्यहरु लाभान्वित भएको अध्यक्ष रायमाझीले बताए । यही पुस ९ गते पालुङ बहुउद्देश्यीय सहकारी संस्था २५ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सहकारीले रजत जयन्तीको कार्यक्रम सञ्चालन गर्ने भएको जानकारी साधारणसभामा दिइयो।

 साधारण सभाले रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदको लागि उपनिर्वाचन हुने सहव्यवस्थापक रामप्रसाद ढकालले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथी संघिय सांसद महेश कुमार वर्तौलाले साधारणसभा लाई शुभकामना दिदै  सहकारी संस्थाको आगामी यात्रा सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्दै , सहकारीको मर्म बमोजिम किसान, कालिगड, न्यून आय भएका बर्गको उत्त्थान र बित्तीय पहुँच वृद्धिमा यस सहकारीले महत्त्वपूर्ण भुमिका रहन सक्नेछ भन्ने  बिश्वास व्यक्त गरे । बिशिस्ट अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले सहकारी हरुले बचत र ऋणको मात्र काम नगरी उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै तेसको लागि नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

सहकारीको कार्यवहाक अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर निर्वाचन क्षेत्र न २का संघीय सांसद महेश कुमार वर्तौला प्रमुख आतिथ्यता रहेको थियो भने थाहा नगरपालिका नगर प्रमुख बिष्णु बिष्टको बिशेष आतिथ्यता रहेको  कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली,नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्री, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कोषाध्यक्ष बिमलकुमार ढकाल,संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल,संस्थाका पुर्व व्यवस्थापक पशुपति अर्याल,पुर्व अध्यक्ष पुरुषोत्तम कार्की ,थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल,नेपाली काङ्ग्रेस थाहाका नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा एमालेका नगर अध्यक्ष अचुत्तम प्रसाद ढकाल,माओवादी केन्द्रका नगर सचीव लक्ष्मण बिष्ट लगायत विभिन्न बित्तिय संस्था तथा संघ संस्थाका प्रतिनिधि हरुको आतिथ्यता रहेको थियो।
साधारणसभाको अवसरमा संस्थामा स्थापनाकाल देखि कार्यरत कर्मचारी हरुलाइ दिर्घसेवा पदक प्रदान गरिएको छ।
सम्मानित हुनेमा सह व्यवस्थापक रामप्रसाद ढकाल,लेखापाल विद्यामान श्रेष्ठ ,वरिष्ठ फिल्ड सहायक राम कार्किलाइ सम्मान गरिएको हो।
तेसै गरि संस्थाका सदस्यका सन्तान मध्य पि एच डि गर्ने थाहा ३ घर्तिखोलाका राजेन्द्र केसी,(गणित) हेटौंडा ४ का घोषणा बिष्ट(सूचना र प्रविधी) एम बिबिएस गर्ने थाहा ४ का सुजता केसी र समाज गोपाली ,पाइलट थाहा २ का प्रवेश बिष्ट लाई सम्मान गरिएको थियो।
तेसै गरि २०७९ को एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने सुनौला माबिका आयुस गोपाली,जनकल्याणकि कृति ढकाल,हिमालयन इङ्लिस स्कुलका परिक्षित रायमाझी ,थानकोट इङ्लिस स्कुलका रुबिना गोपालीलाई सम्मान गरिएको हो।
असल ऋणी मध्य भगवती बलामी,बिष्णु बहादुर बस्नेत,सानोकान्छा नेपाली सम्मानित हुदा असल बचत तर्फ सरस्वती श्रेष्ठ ,सुनितादेवी भट्ट ,शान्ता थापा सम्मानित भए भने जेष्ठ नागरिक सम्मानमा मेनकुमारी ढकाल ,तेजबहादुर प्रधान ,चिरमाया गोपाली,र कृष्ण बहादुर लामा सम्मानित भए।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg