Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

पालुङ बहुउद्देश्यीयको नाफा ५ करोड २९ लाख

1721124430489-1721126964.jpg

थाहा नगरपालिकामा रहेको पालुङ  बहुउद्देश्यीय सहकारी संस्थाले पाँच करोड भन्दा बढी  नाफा आर्जन गरेको छ । 
आर्थिक बर्ष २०८०/०८१ को असार मसान्तसम्म कर अगाडि  संस्थाले ५ करोड २९ लाख नाफा गर्न सफल रहेको संस्थाका सह व्यवस्थापक रामप्रसाद ढकालले थाहापाटी लाई जानकारी दिए । साथै, संस्थामा १०  हजार ७ सय सेयर सदस्य पुगेको र ऋणी सदस्य ३३५६ रहेको बताउदै आर्थिक बर्ष २०८०/०८१ को खाता बन्दी सम्ममा बचत ७४ करोड ५० लाख र ऋण लगानी ९७ करोड ३० लाख र तरलता २२ प्रतिशत रहेको जानकारी दिएका छन ।
गत आर्थिक बर्षमा संस्थाको निक्षप संकलन ५८ करोड र ऋण लगानी ९५ करोड रहेको थियो।
थाहा नगरपालिका वडा न ४ थाना बजारमा मुख्य कार्यालय रहेको संस्थाले हेटौंडा तथा बज्रवाराहीमा पनि सेवा केन्द्र खोली सेवा दिदै आइरहेको छ।
हाल संस्थाले ऋण तथा बचत,लघुबित्त सेवा ,रासायनिक मल बिक्री वितरण ,लगायत कृषि क्षेत्रमा हाइटेक नर्सरी ,कोल्ड चेम्बर,कृषि तथा पशु प्राविधिक सेवा र यो बर्ष देखि तरकारी बजारीकरण  समेत प्रदान गर्दै आइरहेको संस्थाका मुख्य  व्यवस्थापक प्रकाश पौडेल बताउछन् ।
हाल सहकारीले सहकारी बजार विकास कार्यक्रमका साथै प्रविधिको उच्चत्तम प्रयोगलाई आत्मसाथ गरिरहेको संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट बताउछन विष्टका अनुसार संस्थाले ईन्टरनेट बैंङ्किङ ,मिसकल बैंङ्किङ,कनेक्ट आइपियस सेवा,रेमिटेन्स सेवा सहित मानव संसाधन विकास अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम गोष्ठीमा सहभागी गराउदै आइरहेको बताए।

स्थापना कालदेखिनै शेयर सदस्यहरुलाई १५ प्रतिशत नघटाई लाभांश दिदै आयको सस्थाले यस बर्ष पनि सहकारी संस्थाहरुले वितरण गर्न सक्ने अधिकतम प्रतिशत अर्थात १८ प्रतिशत लाभांश यस आर्थिक बर्षमा पनि दिन सक्षम भएको छ।
राष्ट्रिय कर दिवस २०८० को अवसरमा थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्मानित भएको थियो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg