pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

पालुङगढी संरक्षण र प्रवर्द्धनको लागि वडा सरकार र स्थानीयको संयुक्त प्रयास

430983910_132579342477682-1709954573.jpg

मकवानपुर जिल्लाकै ३ गढी मध्य थाहा नगरपालिका वडा न २ मा रहेको ऐतिहासिक पालुङ गढी लाई पर्यटकिय गन्तव्य बनाउनको लागि अहिले वडा सरकार र स्थानीय हरुको संयुक्त पहलमा गढी सम्म जाने पैदल मार्ग तथा पिकनिक स्थलको काम धमाधम भैरहेको छ। वडा न २ ले पालुङ गढी संरक्षण र प्रवर्द्धनको लागि १५ लाख रुपैयाँ बजेट बिनियोजन गरे संगै स्थानीयले समिती गठन गरेर काम थालेका हुन। पालुङ गढी पिकनिक स्पोर्ट निर्माण समिती गठन गरेर वडा बाट बिनियोजन भएको १५ लाख र स्थानीय श्रमदान २ लाख ५० हजार गरि १७ लाख ५० हजारको स्टमेट गरि १०० मिटर सिढी निर्माण कार्य थालनी गरेको समितिका अध्यक्ष अजय कार्कीले जानकारी दिए। थाहा २ गैरिगाउको ६० घरधुरीले प्रत्यक घरले ४ दिन श्रमदान गर्ने गरि काम गरिरहेको बताउदै १ सय मिटर कालो ढुङ्गाको सिडि,दायाँबायाँ फलामे बार र प्रत्यक बारको दुईभागमा १०० वटा फाइवरको फेम भएको बत्ती राखिने योजना रहेको अध्यक्ष कार्किले जानकारी दिए। अध्यक्ष कार्किका अनुसार बजेट जति सबै सिढिमा खर्छ हुने भएकोले पिकनिक स्थलमा खाना बनाउने ट्रस आदि भौतिक संरचना निर्माणको लागि सहयोगी दाताहरु लाई आग्रह गरिएको जानकारी दिदै अहिले सम्म हाल अस्ट्रेलियामा रहेका सुरेश थापा द्वारा ३५ हजार रुपैयाँ i love palung gadhi लेख्नको लागी, २० फिटको अग्लो फलामको पाता रहेको नेपालको झण्डाको लागि नेपाली सेनामा सेकेन्ड लेफ्टिलेन्ट रहेका प्रवेश बिष्ट द्वारा १५ हजार,फलामे कुर्चिको लागि गोविन्द कार्की द्वारा १० हजार,गढी जाने बाटोमा पुग्नको लागि बाटो निर्माणको लागि जग्गा पर्ने उद्दव रानामगर र रामशरण राना मगर द्वारा जग्गा उपलब्ध गराइ सहयोग भैसकेको बताए। अहिले भैरहेको कार्यको लागि सहयोग गर्न चाहने नगद वा जिन्सी जुन सुकै सामान वा नगद ६ हजार भन्दा माथी सहयोग गर्नेको नाम शिलालेखमा राखिने बताउदै चैत १० गते सम्म सहयोगिहरुले समितिमा सम्पर्क गर्न सकिने निर्माण समितिले जनाएको छ। पालुङ गढी संरक्षण समिती समेत गठन गरेर कार्य गरिरहेको यस ऐतिहासिक पालुङ गढी लाई पालुङ जेसिजले चिनाउन पहल गरेको थियो। पुरात्वात्तिक बिभागले समेत प्रमाणित गरिसकेको पालुङ गढिको विकासको लागि हाल तिव्र गतिमा काम भैरहेको समितिका अध्यक्ष कार्किले बताए।सहयोगको लागि ९८६१०१०८५१ ९८१२२४४६५८ मा सम्पर्क गर्न सकिने छ 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...