Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

पाथिभरा सहकारीको १८ औं वार्षिक साधारणसभा सम्पन्न,संस्थाको कारोबार ६ करोड नाघ्यो।

FB_IMG_1732889554530-1732889917.jpg

थाहा नगरपालिका २ फाटबजारमा अबस्थित पाथिभरा बचत तथा ऋण सहकारीले आफ्नो १८ औ वार्षिक  साधारणसभा सम्पन्न गरेको छ।
सस्थाका अध्यक्ष नवराज कार्कीको सभापतित्वमा पालुङ जेसीजको सभाहलमा सम्पन्न साधारणसभामा जिल्ला बचत सहकारी संघका कोषाध्यक्ष बिष्णु माया लामाको  प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा वडा न २ का कार्यवाहक अध्यक्ष युवराज बिष्ट ,वडा न ३ का कार्यवाहक अध्यक्ष कृष्ण कुमार कार्की,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट ,संस्थाका पुर्ब अध्यक्षहरु जीवन बस्नेत,अर्जुन कार्की,गोकर्ण बरुवाल,पालुङ क्याम्पसका प्रमुख राजन मिश्र,लाली गुराँस महिला बहुउद्देश्यीय सहकारीकी अध्यक्ष रिता प्रधान,चेतनशिल महिला सहकारीकि अध्यक्ष शकुन्तला गोपाली,सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ, संस्थाका व्यवस्थापक जनक तामाङ लगाएतका विभिन्न सहकारीका प्रतिनिधि , पत्रकार तथा शेर सदस्यहरुको उपस्थिति रहेको थियो ।

साधारण सभामा सुभकामना ब्यक्त गर्दै प्रमुख अतिथी लामाले सहकारी नाफामुलक नभएर सेबा मुलक पनि हुनुपर्छ भन्दै केही गलत संचालकहरुले गर्दा सहकारी लाई हेर्ने दृष्टिकोण नकारात्मक भएको बताउदै सुधारेर लैजान चुनौतीपूर्ण रहेको र बिस्तारै समस्या हलतर्फ उन्मुख रहेकोमा जोड दिइन। ।त्यसै गरि शुभकामना दिदै पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष केबि बिष्टले सहकारी देशको अर्थतन्त्रको तेस्रो खम्बा भएकोले सहकारी सहकारी मिलेर देश बिकासको लागि योगदान गर्नुपर्ने भन्दै यसको सुरुवात थाहामा शीत भण्डार निर्माण गरेर यसको हुन लागेको बताउदै सस्थाको प्रगतीकोलागि शुभकामना ब्यक्त गर्नु भयो । 
कार्यक्रममा वडा न २ का कार्यवाहक अध्यक्ष युवराज बिष्ट,पुर्व अध्यक्ष गोकर्ण बरुवाल,पालुङ क्याम्पसका प्रमुख राजन मिश्र लगायतले शुभकामना दिएका थिए।

कार्यक्रममा सस्थाबाट उत्कृष्ट कारोबार गर्ने हरुलाइ नगद तथा सम्मान पत्र बाट सम्मान गरियो सम्मानित हुनेहरुमा दैनिक बचत तर्फ सर्मिला जिम्बा,बिजय तामाङ, ऋण कारोबार तर्फ सोल्टुका किरण थापा,अस्मिता बिष्ट  थापा रहेका छन भने मोबाईल बैकिंङ तर्फ निरन्जन थापालाई सम्मानित गरियो ।

यस बर्ष संस्थाले ६ करोडको आर्थिक कारोबार गरेको वार्षिक प्रतिबेदन पेस गर्दै अध्यक्ष नवराज कार्कीले सस्थाको भाबी योजना र कार्यक्रम प्रस्तुत गर्नु भयो २९ जना शेर सदस्यबाट ०६४ बाट सुरु गरेको सस्थामा हाल १८२५ जना सदस्य रहेको छ । 

सभामा सचिब भुपेन्द्र हमाल ,कोषाध्यक्ष राधाकृष्ण बिष्टले आ आफ्नो वार्षिक  प्रतिबेदन पेस गरेका थिए।
संस्थाका सचिव भुपेन्द्र हमालले स्वागत गरेको कार्यक्रम लाई संचारकर्मी कुमार नेगीले संचालन गरेका थिए।
साधारणसभाको अवसर पारेर संस्थाका सदस्यहरुलाई  प्रमुख अतिथी समेत रहेकी जिल्ला सहकारी संघका कोषाध्यक्ष लामाले बित्तिय साक्षरता सम्बन्धि अभिमुखिकरण समेत दिनुभएको थियो।

FB_IMG_1732889528410-1732889917.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg