Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

पाँचमध्ये थाहानगरको ३ क्षेत्रमा औषत प्रगती न्यून !

Xetragat-1024x724-1664157401.jpg

 

मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ७८.८ प्रतिशत वित्तिय प्रगती गरेको जनाएको छ । पालिकाले चालुतर्फ ८८.६४ र पुँजीगततर्फ ६९.४८ प्रतिशत वित्तिय प्रगती भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कुल १ अर्ब ३ करोड ६० लाख ८५ हजार ६०८ रुपियाँ वार्षिक बजेट रहेकोमा कुल ८१ करोड ६५ लाख १ हजार ७७७ रुपियाँ खर्च गरेको जनाएको छ । नगरपालिकाले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।थाहा नगरपालिकाले उक्त आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीयको विभिन्न स्रोतहरुबाट गरी चालुतर्फ ५० करोड ४२ लाख ७९ हजार ६०८ रुपियाँ विनियोजन गरेकोमा ४४ करोड ६९ लाख ९८ हजार ९५० रुपियाँ खर्च गरेको छ । त्यस्तै पुँजीगतर्फ ५३ करोड १८ लाख ६ हजार विनियोजन भएकोमा ३६ करोड९५ लाख २ हजार ८२७ रुपियाँ खर्च गरेको नगरपालिकाले जनाएको छ ।

 

 

थाहानगरले क्षेत्रगत खर्चतर्फ सबैभन्दा बढि कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा खर्च (वित्तिय प्रगती) भएको छ । यस शीर्षकमा विनियोजित १२ करोड २० हजार ४३३ रुपियाँ विनियोजन भएकोमा ११ करोड ५ लाख २४ हजार १७२ अर्थात ९२.०९ प्रतिशत बजेट खर्च भएको छ । सामाजिक विकास क्षेत्रमा वित्तिय प्रगती भएको छ । दोस्रो बढि वित्तिय प्रगती भएको क्षेत्र सामाजिक विकासमा हो । यसक्षेत्रमा विनियोजन भएको ३९ करोड ९६ लाख ८ हजार १७५ मा ३४ करोड ३७ लाख ६० हजार ५३८ रुपियाँ अर्थात ८६.०२ प्रतिशत खर्च भएको छ । पालिकाले बजेट विनियोजन गर्ने विभिन्न ५ क्षेत्र मध्ये पूर्वाधार विकासको खर्च तेस्रो स्थानमा रहेको छ । यस क्षेत्रको विकासका लागि विनियोजित ३४ करोड ८४ लाख ८१ हजार विनियोजन भएकोमा २६ करोड ६ लाख ४९ हजार ३७४ रुपियाँ अर्थात ७४.८ प्रतिशत बजेट खर्च भएको छ ।

स्रोतः पालिकासंग माग गरिएको सूचना ।

त्यस्तै कृषि र पर्यटनको नगरको रुपमा परिचित थाहामा विनियोजित बजेट नै पालिकाको औषत खर्च भन्दा १४ प्रतिशत कम खर्च भएको छ । यस अन्तर्गत आर्थिक विकास क्षेत्रका लागि १३ करोड ८२ लाख ७ हजार विनियोजन भएकोमा ८ करोड ९५ लाख ६ हजार ४२ रुपियाँ अर्थात ६४.७६ प्रतिशत मात्र खर्च भएको छ । थाहानगरले सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा विनियोजन गरेको बजेट सबैभन्दा कम खर्च प्रतिशत रहेको छ । पालिकाको सुशासन र अन्र सम्बन्धित क्षेत्रको लागि विनियोजन गरेको २ करोड ९७ लाख ६९ हजार मध्ये १ करोड २० लाख ६१ हजार ६५० रुपियाँ मात्र अर्थात ४०.५२ प्रतिशत खर्च भएको छ ।

आम्दानी प्रक्षेपन भन्दा बढि

थाहानगरले आर्थिक वर्ष २०७८/०७९ मा दुई स्रोतको आम्दानी पक्षमपन भन्दा बढि गरेको छ । पालिकाले आन्तरिक आय र राजश्व बाँडफाँडको स्रोतमा बढि आय गरेको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने अनुदान ४६ करोड ७६ लाख ८३ हजार आय प्रस्ताव गरिएकोमा ४६ करोड ५४ लाख ३७ हजार अर्थात ९९.५२ प्रतिशत आय गरेको पालिकाले जनाएको छ । प्रदेश सरकारबाट ९ करोड ६७ लाख ३४ हजार प्रस्तावित आय अनुमान गरिएकोमा शतप्रतिशत आय भएको छ भने राजश्व बाँडफाँडतर्फ १८ करोड ५३ लाख ३५ हजार आय अनुमान गरिएकोमा १९ करोड २८ लाख ४७ हजार १३३ रुपियाँ अर्थात १०४.५ प्रतिशत आय गरेको छ ।

 

यसैबीच थाहानगरले आन्तरिक स्रोततर्फ २८ करोड ६३ लाख ३३ हजार ६०८ अनुमान गरेकोमा २९ करोड ५० लाख ७० हजार ७४० रुपियाँ अर्थात प्रस्तावित आयको १०३.०५ प्रतिशत आय गरेको नगरपालिकाले जनाएको छ । यस स्रोत अन्तर्गत गत आर्थिक वर्षको २० करोड ७८ लाख ३९ हजार ६९३ बैंक मौज्दात समेत रहेको पालिकाको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाले आन्तरिक स्रोततर्फ सम्पत्ति करमा प्रस्तावित आय भन्दा बढि आम्दानी गरेको छ । सम्पत्ति करमा ५० लाख अनुमान गरिएकोमा ५४ लाख ९४ हजार ७३४ रुपियाँ अर्थात १०९ प्रतिशत आम्दानी गरेको छ । त्यस्तै मालपोत भूमिकरमा २ करोड १७ लाख ८५ हजार अनुमान प्रस्ताव गरिएकोमा ३ करोड ३९ लाख १० हजार ९५३ रुपियाँ अर्थात १५५ प्रतिशत, अन्य दस्तुरमा २३ लाख ३१ हजार अनुमान प्रस्ताव गरिए

व गरिएकोमा ८ लाख ५ हजार ७४६ अर्थात १०५. ३३ प्रतिशत आन्तरिक आय संकलन भएको छ भने अन्य बिक्रीबाट प्राप्त करमा १० हजार अनुमान गरिएकोमा ४६ हजार अर्थात ४६० प्रतिशत आय भएको छ ।

पालिकाले घर बहाल करमा ९२.७५ प्रतिशत, कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबारमा ५०.७१, सिफारिस दस्तुरमा ८८.६९ र अन्य क्षेत्रको आयमा ९४.१२ आय संकलन (प्रगती) भएको छ ।

 

 

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg