pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

नेपाल राष्ट्र बैंकको थाहाका व्यापारीसंग अन्तरक्रिया

FB_IMG_1688817677512-1688817884.jpg

नेपाल राष्ट्र बैंक ,आर्थिक अनुसन्धान बिभाग,मूल्य महाशाखाद्वारा आयोजित मुल्य तथ्यांक प्रदायक स्रोत पसल तथा संस्थाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शिखरकोटको शंकर होटलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बिभागका निर्देशक डा राजनकृष्ण पन्त र 
 उपमहानिर्देशक रबिन्द्र महर्जनले सहजीकरण गर्नुभएको कार्यक्रममा  थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यता तथा जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्कीको बिशिस्ट आतिथ्यता रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा नगरभित्र संचालनमा रहेका पसलहरुको संचालक तथा संस्थाहरुको प्रतिनिधि हरुको उपस्तिथि रहेको थियो।
थोक मूल्य सूचकाङ्कले वस्तुहरूको थोक मूल्यस्तरलाई मापन गर्दछ । हाल नेपालमा आर्थिक वर्ष २०७४-०७५ लाई आधार वर्ष मानी २६२ वस्तुहरूको पाक्षिक, मासिक र त्रैमासिक रूपमा मूल्य सङ्कलन गरी यी वस्तुहरूको थोक मूल्य गणना गर्ने गरिएको छ । यी वस्तुमध्ये प्राथमिक समूहअन्तर्गत दुई उप–समूह, इन्धन तथा ऊर्जा समूहअन्तर्गत दुई उपसमूह र उत्पादन समूहअन्तर्गत १३ उपसमूह रहेका छन् । यी समूहहरूको भाराङ्क क्रमशः ३३.५९ प्रतिशत, ८.७६ प्रतिशत र ५७.६५ प्रतिशत रहेको अन्तरक्रियाको अवसरमा जानकारी दिएको थियो ।
साथै नेपाल राष्ट्र बैंकले प्रकाशन गर्ने मूल्य सूचकाङ्क तोकिएका वस्तु तथा सेवा  संलग्न वस्तु तथा सेवाको भारित औसत मूल्य सूचकाङ्कमा आधारित हुन्छन् । यस्ता वस्तु तथा सेवालाई विभिन्न समूहमा विभाजन गरेर भार प्रदान गरिएको हुन्छ । कुनै वस्तु तथा सेवाको मूल्य धेरैले वृद्धि भए तापनि अर्को वस्तु तथा सेवाको मूल्य धेरैले कम हुन जाँदा औसत भारित मूल्यमा सामान्य मात्र परिवर्तन भएको हुन सक्छ । तर आम जनताले वस्तु तथा सेवा खरिद गर्न जाँदा आफूले खरिद गर्ने वस्तु तथा सेवाको मात्र धेरैले मूल्य वृद्घि भएको वा घटेको महसुस गर्ने हुनाले नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मूल्य सूचकाङ्कको वृद्धि (मुद्रास्फीति दर) र आम जनताले महसुस गर्ने मूल्यवृद्धि बीच तालमेल नभएको अनुभूति हुनसक्ने बिभागका निर्देशक डाक्टर राजनकृष्ण पन्तले बताउनुभयो ।
बिभागले देशभर १० हजार पसल बाट मूल्य संकलनको कार्य हुँदै आइरहेको र तेसको लागि प्रत्यक स्थानमा २ जना स्थानीय शिक्षक खटाइएर मूल्य संकलन गर्दै आइरहेको जानकारी दिएको छ।
जसमध्य थाहाको ६१ पसलमा मुल्य संकलन हुने गरेको र देशभर बाट प्राप्त जानकारी पश्चात मासिक रूपमा मूल्य सुचाङ्क निर्माण गरी राष्ट्र बैंकले  प्रकाशित गर्दै आइरहेको कार्यक्रमको अवसरमा जानकारी गराएका थिए ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...