Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

आर्थिक खबर

नारायणी सहकारीको २७ औं साधारणसभा

370282499_339728991875593-1697287489.jpg

नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको २७ औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका अध्यक्ष जंगबहादुर गुरुङले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन र आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम, सचिव नारायणप्रसाद खतिवडाले आ.व. २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मप्रसाद मिश्रले आ.व. २०७९/८० को आन्तरिक लेखापरीक्षण प्रतिवेदन, ऋण उपसमितिका संयोजक रामचन्द्र अर्यालले आ.व. २०७९/८० को ऋणको प्रतिवेदन र व्यवस्थापक महेश अधिकारीले आ.व. २०८०/८१ को लागि प्रस्तावित आयव्यय विवरण साथै संस्थाको आन्तरिक नीति तथा सदस्य भेटघाट कार्यविधी र संरक्षित पुँजी फिर्ता कोष कार्यविधी प्रस्तुत गरेकोमा साधारणसभाले पारित गरेको छ ।

कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य तथा नारायणी बहुउद्देश्यीय सहकारीका अध्यक्ष जंगबहादुर गुरुङको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख घलानले सहकारीहरु बचत र ऋणमा सिमित नभई उद्योगहरु खोल्न ध्यान दिनुपर्ने बताए । 'नेपालको संविधानमै समाजवाद उन्मुख रहने उल्लेख छ,' उनले भने, 'त्यसैले देश विकासको लागि सहकारीहरुको भुमिका र महत्व धेरै रहेको छ ।' आमनागरिकलाई धेरै सुपथ पसलको आवश्यक्ता देखिएको भन्दै प्रमुख घलानले त्यस्ता पसल खोल्दै कृषकहरुको उत्पादनलाई विक्री वितरण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, हेटौंडा उपमहानगरपालिका ९ का वडा सदस्य विष्णु राना, निवर्तमान वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक बद्री लम्साल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाका अध्यक्ष डा. गणेश लामा, शिवम् सिमेन्टका बिक्रम खतिवडा, कुष्माण्ड त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरी न्यौपाने, नारायणी सहकारीका उपाध्यक्ष रामचन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । २०५३ सालमा स्थापित सहकारीको कूल बचत २३ करोड ४४ लाख ४६ हजार, जगेडा कोष दुई करोड १८ लाख ७८ हजार र कूल ऋण लगानी २३ करोड ५९ लाख ७३ हजार रुपैंया रहेको छ । भवन, जग्गासहित सहकारीको कूल सम्पती ३६ करोड ६० लाख ३१ हजार तथा अन्य कोष ६३ लाख ९१ हजार रुपैंया छ । एक हजार एक सय ३३ महिलासहित दुई हजार दुई सय ५९ जना शेयर सदस्य रहेको सहकारीको ६ करोड १८ लाख ८६ हजार शेयर पुँजी रहेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg