Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

दामनमा विश्वमै दुर्लभ सूचीमा रहेको गुराँस भेटियो

447836729_137525584983058-1717819348.jpg

 

विश्वमै दुर्लभ सूचीमा रहेको गुराँस प्रजातिको ‘चिमाल’ मकवानपुरको दामनमा फेला परेको छ । नेपालको इलाम जिल्ला माइपोखरी क्षेत्रमा मात्र देखा परेको यो चिमाल मकवानपुरको दामनमा फेला परेको हो । ‘करिब १५ वर्ष अघि नेपालका लेकाली क्षेत्रहरुमा चिमालको अध्ययनको क्रममा इलाम बाहेक अन्य जिल्लामा देखिएको थिएन, दोस्रो जिल्ला मकवानपुरको दामनमा देखियो’–वनस्पती विज्ञ रघुराम पराजुलीले भने । उनी भन्छन्–‘तपाइहरुले पठाउनु भएको फोटो र गर्नुभएको कुराकानीको आधारमा यो दुर्लभ वनस्पती चिमाल नै हो, अझ म फिल्डमै आएको बेला हेरेर थप जानकारी दिन सक्ने भएँ ।’ नेपालमा चिमालको सन् २००९ मा अध्ययन भएको थियो ।

थाहा नगरपालिका वडा नम्बर ४ को महांकाल सामुदायिक वन क्षेत्रमा भेटिएको उक्त चिमालको रुखको संख्या निकै कम रहेको छ । केही वर्ष अघिबाट मात्र आफूले उक्त चिमाल अर्थात गुराँस फुलीरहेको देखेको करुणाभूमि सामुदायिक वन थाहा–४ का अध्यक्ष बिनोद लामाले जानकारी दिए । अध्यक्ष लामाको अनुरोधमा स्थानीय पत्रकार तथा फोटो पत्रकारहरु उक्त गुराँस अवलोकन गर्न सामुदायिक वन क्षेत्रमा पुगेका थिए ।

अध्ययन अनुसार कतिपय स्थानमा यसलाई लहरे चिमाल गुराँस समेत भनिने गरिएको छ । पूर्वी हिमालय क्षेत्रमा यसको सर्वप्रथम पहिचान गरिएको अध्ययनहरुले देखाएको छ । उक्त क्षेत्र भनेको हालको सिक्किम हो । यो प्रजातीको गुराँस एक एपिफाइट हो, सामान्यतया रूख, चट्टान र ढुङ्गाहरूमा पाइन्छ । हिमालयको तल्लो भागहरूमा ५ हजारदेखि ९ हजार फीटको उचाइमा पाइने चिमाल तिब्बत, भुटान, नेपाल र उत्तरपूर्वी भारतको दक्षिणी सिमानामा, विशेष गरी अरुणाचल प्रदेशमा पाइने अभिलेखहरु भेटिएको छ ।

वयस्क बिरुवाहरूमा, पातहरू ३ देखि ८ इन्च लम्बाइ र ३ इन्च चौडा हुन्छन् । फूलहरूको रङ सेतो देखि क्रिम, फिक्का पहेँलो, वा पहेँलो गुलाबीसम्म फरक फरक हुन्छ। फूलहरूमा मन्द कागतीको सुगन्ध आउने गर्दछ । यसको वास्नाले मात लाग्ने इलामका स्थानीयहरुले भन्ने गरेको अनुभव विज्ञ पराजुलीले सुनाए । चैत लागेसँगै हिमाली क्षेत्रका वन गुराँसका प्रजाति (चिमाल) ले रंगीन फुल्ने गरेको सुनेको भएपनि दामन क्षेत्रमा अन्य गुराँस फुलीसकेपछि अन्तिममा यो फुल्ने गरेको अध्यक्ष लामा बताउँछन् । ‘ केही वर्षदेखि मैले ख्याल गरिरहेको छु, स्थानीयहरुलाई यसबारेमा पत्तै नभएको लामाको भनाइ छ ।

सीमित संख्यामा रहेको चिमाल पछिल्लो समय संकटमा पर्दै गएकाले संरक्षण गर्नुपरेको जिल्ला वनस्पति कार्यालय मकवानपुरले जनाएको छ । चिमालको कटिङबाट पनि विरुवा उत्पादन गर्न सकिने पराजुलीले बताए । चिमालको फूल स्थानीयहरुले औषधिको रूपमा समेत प्रयोग गर्दै आएको पाइन्छ । गुराँस पूर्वी पहाडी क्षेत्रमा बढि पाइन्छ भने पश्चिम नेपालतर्फ क्रमशः कम हुँदै गएको भेटिन्छ । नेपालमा ३२ थरीका गुराँस पाइन्छन्। नेपालका ४३ जिल्लामा थरीथरीका गुराँस फुल्ने गरेको एक अध्ययनले देखाएको 

 

 

 

 

 

 

 

 

 

 
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...